फागुन-२३, काठमाडौं । आज बसेको नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिले केन्द्रिय सदस्य संख्या थप गरेको छ । त्यस थप संख्यामा खोप बहादुर कंडेलको नाम पनि प्रस्तावित केन्द्रिय सदस्यमा अटाउन सफल भएको छ । कंडेल लामोसमय देखि सामाजिक रुपान्तरणको लागि मूलधारको राजनीति गर्दै आएका व्यक्ती हुन् । उनी राजनीति र समाजको बारेमा निकै गहिरो अध्यन गर्ने व्यक्ती पनि हुन् । उनका राजनीति र समाज सम्बन्धका लेख रचनाहरु जनादेश साप्ताहिक पत्रीका लगायत अन्य पत्रीकाहरुमा प्रकाशित पनि छन् ।