काठमाडौँ । भारतीय सुन्दरी नायिका सोनाक्षी सिन्हाले आफुमाथि लगाएको ठगीको आरोप गतल भएको दाबी गरेकी छिन् ।
३७ लाख रुपैयाँ ठगी गरेको विषयमा समाचारहरु भाइरल बने लगत्तै सोनाक्षीले उक्त खबरको खण्डन गर्दै सबै समाचार गलत भएको बताएकी हुन् । सोनाक्षीले ति खबरहरुको खण्डन गर्दै भनेकी छिन् ‘मलाई पक्राउ पूर्जी जारी गरेको बारे मिडियामा अफवाह फैलाइँदै छ ।
यस सम्बन्धमा अहिलेसम्म कुनै प्रमाणीकरण गरिएको छैन। यो गलत हो र मेरो छविलाई दुर्व्यवहार र कलंकित गर्ने प्रयास गरिएको हो। यस विषयमा आफ्नो धारणा राख्दै सोनाक्षीले मरो प्रतिष्ठामा आँच पुर्याउने काम भैरहेको छ । मेरा नाम लिएर पब्लिसिटी गरेर पैसा लुट्ने प्रयास भैइरहेको छ ।
यो मुद्दा अहिले मुरादाबाद अदालतमा चलिरहेको छ र इलाहाबाद उच्च अदालतले यसमा रोक लगाएको छ। अदालतले यो व्यक्तिलाई कडा कारबाही गर्नेछ। भनेकी छिन् । सोनाक्षीविरुद्ध फेब्रुअरी २०१९ मा एफआईआर दर्ता भएको बताइए पनि सोनाक्षीले भने अहिलेसम्म आधारिक रुपमा जानकारी नपाएको उल्लेख गरेकी छिन् ।