काठमाडौं।
माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले अभिनेता राजेश हमाललाई काठमाडौको मेयर ताक्नु अघि राजनीति सिकेर आउन आग्रह गरेकी छन ।
क्रान्तिकारी एक नम्बर प्रदेश समितिद्वारा बिहिबार सुनसरीको धरानमा आयोजित कार्यक्रलाई सम्बोधन गर्ने क्रममा नेतृ सिंहले नेपाली सिने क्षेत्रमा महानायकको उपाधि पाएका नायक हमाललाई राजनीति सिक्न माओवादीमा आउन सुझाव दिएकी हुन ।
‘राजेश हमाल मेरा मनपर्ने कलाकार हुन । नेपाली कला क्षेत्रमा उनको नाम प्रति म पनि सम्मान ब्यक्त गर्छु । तर तपाइले देखिराख्नुभएको छ । एउटा कमेडियनले आफ्नो लोकप्रियतालाई प्रयोग गरेर मुलुकको नेतृत्त्व गर्दा युक्रेनको कुटनितीले कसरि हावा खाइरहेको छ ।’
‘राजनितिक अनुभव नभएका एउटा कलाकारलाई अति विश्वास गरेर रातारात सत्तामा पुर्याउँदा युक्रेनि जनताले कसरि बरवादीको सामना गर्नु परिरहेको छ रुु उनको प्रन थियो । नेतृ सिंहको थप प्रश्न थियो ‘काठमाडौंको मेयर
लड्ने ? त्यो पनि प्रतिगमनकारी केपी वलिको पार्टीबाट टिकट लिएर ? यो त दुई-दुईपटक जननिर्वाचित संसदको ह’त्या गर्ने वलि राजनितीलाई ‘सपोर्ट’ गरेको ठहरिन्न र हमालजी ?’ परिवर्तनको पक्षधर राजनिती गर्न सुझाउँदै उनले भनिन ‘राजनिती गर्ने नै भए आउनुस अलिकति तयारि सहित अग्रगमन र परिवर्तनको पक्षमा रहेका शक्तिसँग मिलेर सहकार्य गरौं । नत्र फरक क्षेत्रबाट राजनितीमा आएका रबिन्द्र मिश्रको असफल राजनितीले पुष्टी गरिसकेको छ ।
कार्यक्रम एक नम्वर प्रदेशभरिका नेता कार्यकर्ताहरुबीच संगठन, पार्टी र आगामी चुनाव सम्बद्ध विविध बिषय केन्द्रित प्रशिक्षणकार्यक्रमलाई बिध्यार्थी नेताहरु दिपेश पुन महेन्द्र भट्टराई लगायतले सम्बोधन गरेको अखिल (क्रान्तिकारी) नेता जिसस नेउपानेले जानकारी दिए ।