नेपाली समाज निकै परिवर्तनशील छ । इतिहास नै हेर्ने हो भनें पहिलेको नेपाल र अहिलेको नेपालमा धेरै भिन्नता छ । नेपालको इतिहासमा विभिन्न राजनैतिक आन्दोलन र नागरिक आन्दोलनले गर्दा नेपाली समाजलाई अध्ययन गर्न निकै जटिल देखिन्छ । तर जति जटिल देखिन्छ त्यति जटिल पनि छैन ।
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसको स्थापना भयो । २००७ फागुन ७ गते लगभग १०४ बर्षको राणा शासनलाई अन्त्य गरेर प्रजातन्त्रको स्थापना गरियो । प्रजातन्त्र नै त्यतिबेलाको ठूलो उपलब्धि थियो । जुन जनताको संघर्षको ठूलो प्राप्ति थियो ।
अब हामी आयौं माओवादीले नेतृत्व गरेको जनयुद्ध तर्फ । २०५२ माघ २२ गते तत्कालिन नेकपा संयुक्त जनमोर्चा नेपालको तर्फबाट बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र पेश गरे । २०५२ साल फागुन-१ गते नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात गरे । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा गरी माओवादीले जनयुद्धको थालनी गरे । जनयुद्धको उद्देश्य नै सामन्तवाद र पुँजीवादको अन्त्य थियो । राज्यसंस्थाले गर्दा आम जनतले भोग्नु परेको पीडालाई प्रतिनिधित्व गर्दै माओवादीले उक्त जनयुद्ध थालेका थियो ।
(२०५२ साल फागुन १ः नेकपा माओवादीद्वारा ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात । रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैङ्क कब्जा ।
फागुन ६ः नेकपा माओवादीका महामन्त्री क. प्रचण्डद्वारा एक प्रेस वक्तव्यमार्फत् ती कार्बाहीको जिम्मेवारी स्वीकार ।
फागुन १४ः गोरखामा प्रहरीद्वारा १४ वर्षीय दिलबहादुर रम्तेलको गोली हानी हत्या ।
फागुन १५ः रुकुमको पीपलमा छजना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या ।
२०५३ साल
असारः माओवादीको केन्द्रीय समितिको बैठकद्वारा ‘योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौँ १’ भन्ने मूल नारासहित जनयुद्धको विकासको दोस्रो योजना सुरु ।
वैशाख २४ः रुकुमको तकसेरामा प्रहरीविरुद्ध पहिलो सफल एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
पुस १९ः रामेछापको बेथानमा रहेको प्रहरी चौकी कब्जा । जनयुद्ध सुरुआतपछि प्रहरी चौकी कब्जाको यो पहिलो घटना । आक्रमणको क्रममा सो कार्बाहीका कमान्डर तीर्थ गौतम, महिला छापामार दिल माया योञ्जनसहित तीन छापामारको सहादत ।
२०५४ साल
असारः माओवादीको केसको बैठकले ‘छापामार युद्धलाई विकासको अर्को नयाँ उचाइमा उठाऔं !’ भन्ने मूल नारासहितको तेस्रो योजना पारित ।
भदौः तनहुँको कालिकाटारमा प्रहरी गस्ती माथि छापामारहरूद्वारा आक्रमण र हतियार कब्जा ।
माघ २२ः धादिङको खहरेमा एम्बुस । दुई राइफल र नेपाल बैंक लिमिटेडको बीस लाख रुपियाँ कब्जा ।
फागुन २४ः रोल्पाको कोर्चावाङ निम्रीमा प्रहरी विरुद्ध एम्बुस । दुई प्रहरीको मृत्यु र दुईवटा राइफल कब्जा ।
चैत ४ः गोरखाको सौरपानीमा एम्बुस । तीन प्रहरीको मृत्यु र एक राइफल कब्जा ।
२०५५ साल
वैशाख स् तत्कालीन नेपाली कांग्रेसको सरकारले ‘सबैलाई मार, सबै चीज जलाऊ र सबै चीज लूट’ को किलो शेरा टू नामक क्रूर अपरेसन सञ्चालन । प्रहरीद्वारा यो अपरेसनको क्रममा पाँचसय जनताको हत्या ।
भदौ स् नेकपा माओवादीको केन्द्रीय समितिको चौथो विस्तारित बैठक सम्पन्न । ‘आधार इलाका निर्माणको दिशामा अघि बढौँ १’ भने मूल नारा तय ।
कात्तिक १० स् छापामारहरूले सल्यानको झिम्पे टावर सुरक्षार्थ रहेको प्रहरी चौकी कब्जा । पूर्वमा काभ्रेको फलाँटेमा दिउँसै प्रहरी चौकी कब्जा । सोही दिन पर्साको निर्मलवस्ती र धनुषाको ललियामा रहेका चौकीहरू कब्जा ।
पुस १८ स् २०५३ पुस १९ गतेको बेथान कार्बाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडाँडा चौकी छापामारद्वारा सम्पूर्ण हतियारसहित कब्जा ।
सोही घटनाको सचित्र समाचार प्रकाशन गरेवापत पुरानो सत्ताद्वारा जनादेश कार्यालयमा आक्रमण । कम्प्युटरलगायत प्रेस सामग्रीमाथि लुटपाट, कार्यालय तालाबन्दी र जनादेशका तत्कालीन सल्लाहकार शक्ति लम्सालसहित सहकर्मीहरू गिरफ्तार ।
फागुन १९ स् दाङको चिराघाट प्रहरी चौकी कब्जा ।
चैत ५ स् काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।
२०५६ साल
वैशाख १९ः रोल्पाको जेलवाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।
जेठ ६ः नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा, जनादेशका प्रबन्ध सम्पादक मिलन नेपाली, पूर्वका छापामार प्लाटुन कमान्डर नवीन गौतम र कमला शर्मालगायतलाई गिरफ्तार गरी बेपत्ता । त्यसबेलादेखि पुरानो सत्ताले नागरिक बेपत्ता पार्न सुरु गर्यो र आजसम्म पाँच हजार बढी बेपत्ता रहेको अवस्था ।
जेठ ३१ स् जाजरकोट लहँमा रहेको दङ्गा बेसक्याम्प कब्जा ।
भदौ २३ स् नेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्ले ‘क। वासु’ को गोरखामा गिरफ्तारपछि हत्या ।
असोज ५ स् रुकुमको महतमा रहेको दङ्गा बेसक्याम्प कब्जा । छापामारद्वारा डीएसपी ठूले राई कब्जा ।
फागुन ६ः रोल्पाको घर्तीगाउँ दङ्गा इप्रका कब्जा । यसपछि प्रहरीहरू केन्द्रीकृत । चैत २१ः रुकुमको तकसेरामा रहेको दङ्गा इप्रका कब्जा ।
चैत अन्त्यः गोरखाको हर्मी प्रहरी चौकी कब्जा ।
२०५७ साल
असार १९ः जाजरकोटको पाँचकटिया दङ्गा इप्रका कब्जा ।
भदौ ७ः नवलपरासीको धवाडी इप्रका कब्जा ।
भदौ १४ः झापा महवारी इप्रका कब्जा ।
असोज ८ः पहिलो पटक सदरमुकाममाथि आक्रमण । डोल्पा सदरमुकाम दुनैका सम्पूर्ण प्रहरी चौकीहरू र बैङ्क कब्जा ।
असोज १०ः लमजुङको भोर्लेटारमा इलाका प्रहरी कब्जा ।
कात्तिक २०ः रामेछापको दोरम्बा प्रहरी चौकी कब्जा ।
पुस ५ः नेपालको इतिहासमा पहिलोपल्ट जिल्ला जनसरकारको घोषणा । पूर्णबहादुर घर्ती रुकुम जिल्ला जनसरकार प्रमुख ।
फागुनः नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न । प्रचण्डपथ पारित । अध्यक्षमा प्रचण्ड निर्वा््िचत । दक्षिण एसियाली फेडेरेसनको अवधारणा पारित । ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ !’ भन्ने मूल नारा तय ।
चैत १७ः गोरखाका ६ महिला बन्दीहरूद्वारा जेलब्रेक ।
चैत १९ः रुकुमको रुकुमकोटमा रहेको दङ्गाको क्याम्प, दैलेखको नौमुलेमा रहेको प्रहरी क्याम्प र दोलखाको मैनापोखरीमा रहेको इप्रका कब्जा ।
२०५८ साल
जेठ ८ः ओखलढुङ्गाको खानीभञ्याङ इप्रका कब्जा ।
जेठ १९ः दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनास ।
जेठ २०ः माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड ।
जेठ २२ः ज्ञानेन्द्रद्वारा आफैँलाई राजा घोषणा ।
असार २५ः लमजुङको विचौर प्रहरी चौकी कब्जा ।
असार २८ः रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा । शाहीसेनाको परिचालन प्रयास । असार ३०ः रामेछापको धोवीडाँडा प्रहरी चौकी कब्जा ।
साउन ६ः तेह्रथुमको पोक्लावाङस्थित प्रहरी चौकी कब्जा ।
“आफूले भनेकी युवतीसँग विवाह गर्न नपाएको झोक र नसा सेवन गरेको अवस्थामा राजपरिवारका सदस्यहरूलाई मारी आफूले पनि आत्महत्या गरेक
साउन ७ः बाजुरा पाण्डुसेनमा रहेको प्रहरी चौकी कब्जा ।
साउन ४ः माओवादीविरुद्ध सेना परिचालनको विवादका कारण गिरिजा सरकारको पतन । देउवा सरकार गठन ।
साउन ८ः पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा । त्यसको लगत्तै माओवादीद्वारा युद्ध विरामको सकारात्मक प्रत्युत्तर ।
साउन १२ः कृष्णबहादुर महराको नेतृत्वमा अग्नि सापकोटा र टोपबहादुर रायमाझी रहेको तीन सदस्यीय माओवादीका वार्ता टोली कीर्तिपुरमा सार्वजनिक । १४ गते पहिलो चरणको वार्ता गोदावरीमा । २८÷२९ गते दोस्रो चरणको वार्ता बर्दियाको ठाकुरद्वारमा ।
साउन ३१ः विभिन्न राजनीतिक दल र माओवादी बिच भारतको सिलगुडीमा वार्ता ।
कात्तिक २८ः तेस्रो चरणको वार्ता पुनः गोदावरीमा सम्पन्न ।
मङ्सिर ६ः माओवादी अध्यक्षद्वारा पुरानो सत्ताले वार्ता र अग्रगामी राजनीतिक निकासको ढोका बन्द गरेको जनाउँदै सचेत रहन जनसमुदायमा आग्रह ।
मङ्सिर ८ः जनमुक्ति सेना, नेपालको घोषणा, सर्वोच्च कमान्डर प्रचण्ड । सोही दिन संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपालको घोषणा । बाबुराम भट्टराईको नेतृत्वमा ४१ सदस्यीय समिति सार्वजनिक ।
मङ्सिर ८ः जनसेनाद्वारा दाङको सदरमुकाम घोराही, स्याङ्जाको सदरमुकाम पुतली बजार कब्जा ।
मङ्सिर १०ः पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडिओसहित १३७ शाही सुरक्षाकर्मीको मृत्यु ।
मङ्सिर ११ः देउवा सरकारद्वारा सङ्कटकालको घोषणा । शाहीसेनाको औपचारिक परिचालन । शाही सुरक्षाकर्मीले जनादेश साप्ताहिक र जनदिशा दैनिकका कार्यालयमा रेड गरी ११ जना पत्रकार गिरफ्तार ।
मङ्सिर १२ः शाहीसेनाद्वारा भीषण अपरेसन सुरु । जताततै गिरफ्तारी, धरपकड, हत्या र राज्य आतङ्क ।
मङ्सिर २२ः शाहीसेना र प्रहरीको हत्या, गिरफ्तारी र राज्य आतङ्कविरुद्ध नेकपा माओवादीद्वारा नेपाल बन्द ।
फागुन ४( जनसेनाद्वारा अछाम सदरमुकाम र साँफेबगर एयरपोर्ट कब्जा । भिडन्तमा ५५ शाहीसेना र १५० प्रहरीको मृत्यु ।
२०५९ साल
वैशाख १९ः रोल्पाको लिस्ने लेकमा शाहीसेनासँग जनसेनाको दिउँसै भिडन्त । जनसेनाद्वारा बलियो अमेरिकी फोर्टि््िफकेसनसहित बनाइएको गाम संयुक्त शाही सुरक्षा बेसक्याम्प कब्जा ।
जेठ ८ः मुख्यतः माओवादीविरुद्ध लगाइएको सङ्कटकाल लम्ब्याउन असफल हुने देखेपछि देउवाद्वारा मध्यरातमा संसद विघटन । मध्यावधि निर्वाचनका लागि कात्तिक २७ तिथि निर्धारण ।
जेठ १३ः जेठ ६ गते गिरफ्तार गरिएका जनादेशका पूर्वसम्पादक कृष्ण सेन ‘इच्छुक’ को हिरासतमै कुटीकुटी हत्या ।
असार २ः माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या । भारतीय शासकद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा ।
असार २८ः भारतीय शासकले दिल्लीबाट असार २७ गते गिरफ्तार गरिएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्रीसहित चारजनालाई व्यापक विरोधका बाबजुद पहिलोपटक औपचारिक सुपुर्दगी ।
भदौ २३ः अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा ।
असोज १७ः संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती ।
असोज १८ः ज्ञानेन्द्रद्वारा देउवा सरकार पतन । कार्यकारिणी अधिकार कब्जा ।
कात्तिक २८ः कर्णाली अञ्चल सदरमुकाम जुम्ला खलङ्गा कब्जा ।
मङ्सिर १८ः लाहानमा रहेको इप्रका र बैङ्क कब्जा ।
माघ १२ः सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ मारिए ।
माघ १५ः माओवादी र पुरानो सत्ताद्वारा युद्धविरामको घोषणा ।
माघ १८ः बाबुराम भट्टराईको नेतृत्वमा रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ र मातृका यादव रहेको पाँच सदस्यीय माओवादी वार्ता टोलीको घोषणा ।
माघ २९ः युद्धविराम आचार संहिता जारी ।
चैत १५ः वार्ता टोली सार्वजनिक । राजधानीमा पत्रकार सम्मेलन ।
चैत २०ः काठमाडौँमा विशाल आमसभा । वार्ता टोलीका सदस्यहरूद्वारा सम्बोधन ।
२०६० साल
वैशाख १४ः दोस्रो युद्धविरामको पहिलो चरणको वार्ता काठमाडौँको शङ्कर होटलमा । २७ गते सोही ठाउँमा दोस्रो चरणको वार्ता ।
साउन ३२ः पुरानो सत्ता र नेकपा माओवादीबीच तेस्रो चरणको वार्ता दाङ हापुरेमा । सोही दिन रामेछापको दोरममा शाहीसेनाद्वारा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङसहित २० जना माओवादी कार्यकर्ता र एक स्थानीयको हत्या एवम् शाहीसेनालाई ब्यारेकबाट पाँच किमिभन्दा बाहिर ननिस्कन भएको सहमतिलाई तोडिएकाले वार्ता प्रभावित ।
भदौ १०ः नेकपा माओवादीद्वारा युद्धविराम र वार्ता भङ्गको घोषणा । देशव्यापी प्रतिरोध कार्बाही सुरु । काठमाडौँमा जनसेनाद्वारा शाहीसेनाको कर्नेल किरण बस्नेतको सफाया ।
कात्तिक १०ः जनसेनाले गोरखा च्याङ्लीमा थापेको एम्बुसमा परी प्रहरी एसपी सूर्यकुमार श्रेष्ठसहित चारको मृत्यु ।
कात्तिक ११ः पोखरा नजिकैको डाँडानाकामा रहेको संयुक्त चेकपोस्ट कब्जा ।
कात्तिक १६ः पर्साको पल्वा मिलनचोकमा एम्बुसमा १० शाही सुरक्षाकर्मीको मृत्यु ।
कात्तिक २१ः नेकपा माओवादीका अध्यक्षद्वारा एक विशेष सन्देशमार्फत् रेडियो जनगणतन्त्र नेपालको उद्घाटन ।
कात्तिक २९ः त्रिभुवन राजपथ खण्डमा जनसेनाले थापेको एम्बुसमा परी शाहीसेनाको ब्रिगेडियर सागरबहादुर पाण्डेको मृत्यु ।
मङ्सिरः नेकपा माओवादी र एमालेबीच भारतको लखनउमा वार्ता ।
पुस २ः जनसेनाद्वारा कपिलवस्तुको धानखोलामा थापेको एम्बुस लेफ्टिनेन्टसहित १० शाही सुरक्षाकर्मीको मृत्यु ।
पुस २५ः सन्तोष बुढा मगरको अध्यक्षतामा मगरात स्वायत्त गणतन्त्र जनसरकार ७५ हजार जनताबीच थवाङमा घोषणा ।
माघ २ः तामाङ स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्षमा हितबहादुर तामाङ ।
माघ ५ः खड्गबहादुर विकको अध्यक्षतामा भेरी–कर्णाली स्वायत्त गणतन्त्र, जनसरकारको घोषणा ।
माघ १५ः सेती–महाकाली स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । अध्यक्ष लेखराज भट्ट निर्वा््िचत । सोही दिन रामचरण चौधरीको अध्यक्षतामा थारुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा ।
माघ १६ः तमुवान स्वायत्त गणतन्त्र जनसरकार घोषणा । प्रमुखमा देव गुरुङ ।
माघ १९ः किरात स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । गोपाल खम्बु प्रमुख ।
माघ १०ः मधेस स्वायत्त गणतन्त्र जनसरकारको घोषणा । प्रमुखमा मातृका यादव ।
माघः भारत सरकारद्वारा माओवादी नेताहरू मातृका यादव र सुरेश आले मगरलाई गिरफ्तार गरी नेपाल सुपुदर्गी ।
फागुन १९ः जनसेनाद्वारा भोजपुर सदरमुकाममाथि आक्रमण । टावरको सैन्य क्याम्प कब्जा ।
चैत ७ः जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घन्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृत्यु ।
चैत १३ः नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज क। किरण भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार ।
चैत २२ः धनुषाको यदुकुवा प्रहरी चौकी कब्जा ।
चैत २५ः पशुपतिनगर इप्रका कब्जा ।
२०६१ साल
वैशाख ३१ः माओवादी केस तथा मङ्गलसेन प्रथम ब्रिगेडका कमान्डर नेप बहादुर केसी ‘परिवर्तन’को आन्तरिक दुर्घटनामा सहादत ।
जेठ ६ः डोटीको घन्टेश्वरमा जनसेना–शाहीसेना भिडन्त । डेढ दर्जन शाहीसेनाको मृत्यु ।
असार ३ः अखिल ९क्रान्तिकारी० द्वारा शिक्षण हडतालसहित विविध सशक्त सङ्घर्ष गरेर शाहीसत्तासँग सङ्गठनमाथिको आतङ्ककारीको आरोप फिर्ता गराउन सफल ।
साउन÷भदौ( माओवादीको केन्द्रीय समितिद्वारा ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौँ ! वैदेशिक हस्तक्षेपका विरुद्ध व्यापक तयारी गरौँ ! भन्ने मूल नारासहितको प्रत्याक्रमणको योजना पारित ।
भदौ २०ः माओवादी केसद्वय शेरमान कुँवर र मोहनचन्द्र गौतमको सिरहामा हत्या ।
मङ्सिर १ः जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाहीसेनाको एक ट्रक हतियार कब्जा । उक्त भिडन्तको भिडियो नेपाल वान टेलिभिजनले प्रशारण गरेपछि ठूलो खैलाबैला । सोही दिन धनुषाको महेन्द्रनगर इप्रका कब्जा ।
मङ्सिर २ः बाँकेको खैरीखोलामा धरापमा परी ८ शाही सुरक्षाकर्मीको मृत्यु । सबै हतियार कब्जा ।
मङ्सिर ५ः कैलालीको पण्डोनमा जनसेनाद्वारा शाहीसेनाको कथित रेन्जर बटालियनमाथि हमला, १९ को सफाया । ६ थान एमः १६ सहितका हतियार कब्जा ।
मङ्सिर ५ः नुवागाउँ–थवाङ–चुनवाङ सहिद मोटर बाटो खन्ने अभियान उद्घाटन ।
पुस ३ः काठमाडौँको साँखु इप्रका जनसेनाद्वारा कब्जा ।
पुस ७ः कर्णाली चिसापानीमा शाहीसेनामाथि भीषण हमला गरी १५ शाहीसेनाको सफाया ।
पुस १७ः धनकुटाको सेउतीखोलामा जनसेनाको एम्बुस, २० शाही सुरक्षाकर्मीको मृत्यु ।
माघ १९ः ज्ञानेन्द्रद्वारा देउवा सरकार हटाएर आफ्नो अध्यक्षतामा सरकार गठन । शाही ‘कू’ विरुद्ध माओवदी अध्यक्षको अपिल ।
माघ २०(२२ः शाही ‘कू’ विरुद्ध तीन दिने नेपाल बन्द ।
फागुन १ः माओवादीका अध्यक्षद्वारा देशभरिका जनगणतन्त्र रेडियोमार्फत् पहिलोपल्ट श्रव्य सम्बोधन ।
चैत २०(३०ः माओवादीद्वारा एघार दिने देशव्यापी आमहड्ताल ।
२०६२ वैशाख
वैशाख २६ः जनमुक्ति सेनाद्वारा सिरहाको बन्दीपुरमा रहेको सेनाको ब्यारेक, मिर्चैयाको सशस्त्रको ब्यारेकमा आक्रमण ।
जेठ २७ः काभ्रेको नार्केमा शाहीसेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आक्रमण । दुबै आक्रमणमा २२ शाही सुरक्षाकर्मीको मृत्यु ।असार ८ः जनसेनाद्वारा भोजपुरको पान्धारेमा शाहीसेनामाथि आक्रमण । ८ शाहीसेनाको मृत्यु ।
असार ११ः जनसेनाद्वारा अर्घाखाँचीको खनदहमा शाहीसेनामाथि आक्रमण । लेफ्टिनेन्टसहित १९ शाहीसेनाको मृत्यु ।
साउन २३ः कालिकोटको पिलीमा रहेको शाही सैन्यक्याम्प सम्पूर्ण हतियारसहित कब्जा ।असोज १८ः नेकपा माओवादीद्वारा एकपक्षीय युद्धविरामको घोषणा ।
मङ्सिर ७ः सातदल र माओवादीबीच भएको १२ बुँदे समझदारी सार्वजनिक ।
मङ्सिर १३ः माओवादीद्वारा केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक । प्रत्याक्रमणको दोस्रो योजना ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ फौजी कार्यनीतिको घोषणा ।
मङ्सिर १४ः शाहीसेनाद्वारा हेलिकोप्टरबाट हानेको गोली लागेर डिभिजन कमान्डर किमबहादुर थापा ‘क। सुनिल’ को सहादत ।
मङ्सिर १७ः माओवादीद्वारा एक पक्षीय युद्धविराममा एक महिना थप ।
पुस १८ः माओवादीद्वारा युद्धविराम भङ्गको घोषणा । देशभरि प्रतिरोध सुरु ।
माघ १ः जनसेनाद्वारा राजधानीका थानकोट र दधिकोट इप्रकाहरू कब्जा ।
माघ ८ः पश्चिम सैन्यकमान्डद्वारा पाल्पा सदरमुकाम तानसेन कब्जा ।
माघ २६ः माओवादी र सात दलकोे बहिष्कारका कारण कथित नगर निर्वाचन पूर्णतः ध्वस्त ।
माघ २७ः जनसेनाको पश्चिम सैन्य कमान्डद्वारा रूपन्देहीको सुनवलमा शाहीसेनाका पाँच ट्रक फोर्समाथि आक्रमण । २५ शाहीसेनाको मृत्यु । भारी मात्रामा हतियार कब्जा ।
चैत २४ः सात दल(माओवादी संयुक्त शान्तिपूर्ण आन्दोलन सुरु ।
२०६३ साल
वैशाख ११ः व्यापक जनसहभागिताबाट शान्तिपूर्ण संयुक्त जनआन्दोलन सफल, राजाद्वारा आन्दोलनकारी सात दलका माग स्वीकार गरी विघटित प्रतिनिधिसभाको पुनस्र्थापना ।
जेठ ४ः पुनस्र्था््िपत प्रतिनिधिसभाको बैठकद्वारा संविधानसभाको निर्वाचन गराउने घोषणा ।
जेठ १२ः नेपाल सरकार तथा माओवादी पक्षका नेताबीच पहिलो शीर्षस्थ वार्ताद्वारा २५ बुँदे युद्धविराम आचार संहिता जारी ।
असार २ः नेपाल सरकार, सात दल र माओवादीबीच शिखर वार्ता, आफ्नो लामो भूमिगत जीवनबाट माओवादी अध्यक्ष सार्वजनिक, आठबुँदे सहमति ।
साउन २४ः गते सरकार–माओवादीद्वारा संयुक्त राष्ट्र सङ्घलाई संयुक्त रूपमा एकै बेहोराको पत्र प्रेषित ।
कात्तिक २२ः सात दल माओवादीबीच ऐतिहासिक शिखर वार्ता, ६ बुँदे शान्ति सहमति, राजसंस्थाको निर्णय संविधान सभाको पहिलो बैठकले गर्ने निर्णय ।
मङ्सिर ५ः सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता, एघार बर्से माओवादी जनयुद्धको समाप्तिको घोषणा । प्रचण्डको यो निर्णय पार्टीगत वा संस्थागत नभएको भनी पार्टी््िभत्रै आलोचना ।
माघ १ः नेपालको अन्तरिम संविधान जारी, संविधानसभाको चुनाव गर्ने अठोट ।
चैत १८ः नेकपा माओवादीसहितको अन्तरिम सरकार गठन )
स्रोत ;- विभिन्न सामाजिक संजाल