युद्धको बहानामा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गरिएको प्रति आपत्ति

Spread the love

अभियानले आज उपभोक्ता दिवसका अवसरमा बुझाएको पाँचबुँदे ध्यानाकर्षण पत्रमा रुस-युक्रेन युद्ध र त्यसले पारेको असरले डलर र पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुँदा विश्व नै महँगीको चपेटामा परेको उल्लेख गरिएको छ।

अभियानका जिल्ला अध्यक्ष मोहनकाजीको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा बजारमा अस्वाभाविकरुपमा मूल्यवृद्धि गरिएकाले आम जनगुनासोलाई मध्यनजर गर्दै सरकारी अनुगमन संयन्त्रलाई परिचालन गरेर महँगी नियन्त्रण र बजारलाई स्वच्छ बनाउन अनुरोध गरिएको छ। पत्रमा उपभोग्य वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य राख्ने व्यवस्था कार्यान्वयन गराउन र त्यसो नगर्नेलाई कानुनी कारबाही गर्नसमेत माग गरिएको छ।

अधिकांश व्यवसायीले इस्टिमेट बिल प्रयोग गर्दै आएका र त्यसमा बिक्रेता, वस्तु, मात्रा र दररेट उल्लेख नभएकाले अविलम्ब बन्द गराउन माग गरिएको छ। प्रमुख जिल्ला अधिकारी छवि रिजालले ध्यानाकर्षण पत्र बुझ्दै स्थानीय तहले बजार अनुगमनमा ध्यान नदिइरहेको बेला अभियानले सुरु गरेको कामलाई प्रशासनको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।