कुरा २०५९/६० तिरको हो। बर्षाको याम थियो एक डेढ् सय जनसेनाहरू लगभग त्यतीकै संख्यामा घाईतेहरूबोकेर आए। घाईतेमा महिला पुरूष सरी थिए। बोक्नेहरू पनि महिला पुरष बराबर थिए। पुरूष छापामारलेमहिला घाईते बोकेको स्वभाविक नै थियो तर महिला छापामारले आफू भन्दा ठूलो ज्यानको सहयोद्दाहरूलाईकाँधमा राईफल भीरेर डोकोमा बोकेको देखेर म अचम्ममा परेँ।
‘आमा हामीलाई केही पाथी मकै र गुन्द्रुक दिनुस्’ भनेर गुन्द्रुक सँग मकै भुटी खाए अनि बाटो लागे। जनयुद्दमा मेरो जन्मगाउँ निकै नै प्रभावित थियो। मुल बाटो बाट अली कोल्टो परेको गाउँ थियो सेना प्रहरीको त्यती बाक्लो उपस्थिती थिएन त्यसैले बिद्रोहीहरूले राम्रै प्रभाव जमाउन सकेको थियो। बाजेले बिद्रोहीलाई त्यती रूचाउँदैनथिए त्यसैले रिस मानी-मानी धान मकै दिन्थे।
मैले जति पल्ट पनि छापामारको हुल देखेँ त्यसमा लगभग आधा जती महिला छापामार हुन्थे। खै किन हो मैलेपुरूष छापामारहरूमा भन्दा महिला छापामरहरूमा बढी जोश, आक्रोश अनि उत्साह पाउँथे। पिएलएको बर्दी, काँधमा रातो फिता अनि निधारमा तारा अंकित टोपी हातमा थ्री नट थ्री राईफल उनीहरू साँच्चिकै सुन्दर अनिसु-सज्जित देखिन्थे। यस्तो भान हुन्थ्यो कि यिनीहरूको लक्ष्य साँच्चिकै उच्च छ। कुटो कोदालो चुलो चौकोघाँस दाउरा छोडेर बन्दुक बोकेर हिडेकी चेलीहरूलाई देखेर मनमा छुट्टै किसिमको तरंग पैदा हुन्थ्यो। कहीलेकाँही तिन/चार दिनको भोको आईपुग्थे जे छ मागेर खाएर बाटो लाग्थे। एकपटक एउटी छापामार दिदीलाईसोधेको थिएँ ‘तँपाईहरू युद्दमा मारिन पनि सक्नुहुन्छ। तँपाईहरूलाई के फाईदा बन्दुक बोकेर?’ हाँस्दै जवाफदिएकी थिईन् ‘हामीले हाम्रो लागी बन्दुक उठाएका होईनौँ। हाम्रो अघील्लो पुस्ताले यो व्यवस्था बिरूद्द लड्नेआँट गरेन त्यसैले हामीले दुख पायौँ। हामी आज लड्दैछौँ बाँचियो भने सँगै परिवर्तन देखौँला भोगौँला तर मरिएछ भने त्यो हाम्रो भावि पुस्ताको लागी हुनेछ। हामीले भोलीको लागी हाम्रो आज उत्सर्ग गरेका छौँ। यो दलाल शामन्तवादी पक्षपाती व्यवस्थालाई हामीले आज च्युत गर्न सफल भएछौँ भने भोली लैँगिक, भाषिक, जातिय सबै किसिमका बिभेद हटेर जानेछ। हामीलाई हाम्रो प्राण भन्दा प्यारो हाम्रो स्वतन्त्रता अनि मुक्ति हो।’ उनीहरूको यस्तो किसिमको अठोट र साहस देखेर लाग्थ्यो उनीहरू मेरै लागी लड्दैछन्। उनीहरू मेरै दाजुदिदीहरू हुन्।
जनयुद्द कै जगमा जनआन्दोलन भयो, शान्ति सम्झौता भयो। त्यसपछी देशमा ठूला ठूला परिवर्तन भए। अहिले केही थान जनयुद्दको नेतृत्व गलत निस्किए तर जनयुद्द लड्ने, जिवनदान दिने अनि बलिदानी दिनेहरू गलत थिएनन्। ति हामी भन्दा कयौँ गुणा बढी स्वतन्त्रता प्रेमी, साहसी अनि स्वाभिमानी थिए। मेरो अनुभवले त्यहीबुझेको छ।
‘देश भन्नु के नै रैछ चार किल्ला को माटो त्यै माटो नि त्यस्को मात्रै जो छन् टाठो बाठो’
प्रकाश सपुतको गितको शब्द निकै मिठो अनि मार्मिक छ। उनले द्रष्ट्याऊन खोजेको पाटो पनि जायज छ। हो जनयुद्दका नाईकेहरूमा बैचारिक रूपमा बिचलन आएकै हो। व्यवहारिक रूपमा लगभग जनयुद्दका सबै नेताहरू पतित भैसकेका छन्। कति त नैतिक रूपमा पतन भएर निमिट्यान्नै पनि बनिसकेका छन्। नेतृत्वको वेवास्ता र अपहेलनाको कारण कैयौँ सहिद, बेपत्ता अनि घाईतेहरूको बिचल्ली भएको पनि हामीले देखेका छौँ। पूर्वजनसेनाहरूको लागी छुट्टिएको रकम भ्रष्टाचार गरेको आरोप त आफ्नै सहपाटीहरूले नै लगाउने गरेका छन्।नेतृत्व पद र पैसामा यसरी लिप्त छन् कि हेर्दा पनि लाज् लाग्छ। तिनीहरू सर्वहाराहरूको पार्टीको नेता भनेर पत्याउन पनि निकै मूश्किल पर्छ। यी यावत बिषय र बिकृतीमा सपुत खरो उत्रिएका छन् र यी सबैमा उनी सँग मसहमत पनि छु। उनले औँल्याउन खोजेका प्राय सबै पाटाहरू जायज छन्। नेतृत्वलाई कलाको माध्यमबाट सवाल गरेर उनले नमिठो हुर्मत लिएका छन्। उनले उठाएको सवाल सहि समयमा थियो की गलत, उनी कुन कुराले प्रभावमा परेर यस्तो श्रृजना गरे त्यो छलफलको फरक पाटो होला। तर कुनै वाद, सिद्धान्त अनि पक्षलाईनहेरी जनयुद्दको प्रत्यक्ष भोगी भएको नाताले मलाई चित्त नबुझेको कुरा मात्र एउटै छ त्यो हो पुर्व छापामार युवतीलाई उनले वेश्याको रूपमा प्रस्तुत गर्नु। एउटा
योद्दाको आत्मसम्मानलाई यती सरल रूपमा लिएर चरित्र नैनँग्याउनु वान्छनिय हुँदै होईन। यो पाटोमा भने सपुत नमिठो चुकेका छन्।
शान्ति प्रक्रियामा आएपछी माओवादी नेतृत्व कसरी स्खलित् भए त्यो सबैले देखेकै कुरा हो। म बिद्रोही यामाओवादी केही नभए पनि मलाई तिनमा केही आशा भने थियो तर बिगत डेढ दशकको तिनको चर्तिकलाले तिनीप्रती निराशा बाहेक केही बचेको छैन। तिनकै चर्तिकलाको कारण धैरै पूर्व लडाकुहरूले सास्ती भोगेकाछन्। तर के सपुतले देखाए जस्तो वेश्या नै बन्न पर्ने स्थिती पनि आएको छ त? म यो कुरा किमार्थ मान्नसक्दिनँ। मैले देखेको छापामार चेली त्यती लाचार र कमजोर कदापी हुनै सक्दैन। भावी पुस्ताको मुक्तिको लागी धुलो कसिँगर बाट उठेर निरंकुश व्यवस्थालाई बन्दुक ताक्ने छापामार चेली त्यती निरीह होलिन् त? छाती ठोकेर भन्छु हुन सक्दैन। दलाल पुँजीवादी नश्लिय राज्यको बिरूद्दमा आगो ओकल्ने चेलीले एकछाकको लागी शरिर बेच्लिन् त? जसले तमाम दमन उत्पीडनमा परेकाहरूको लागी जिवन नै दाऊमा राखिन् तिनले आफ्नो पेट भर्न कै लागी अस्मिता बेच्लिन् त? जसले सदियौँ देखी खाईपेली आएको बिभेदकारी सत्तालाई पत्तासाफ पार्छु भनेर शिरमा कफन बाँधेर हिँडिन् तिनले प्राण बचाउन कै खातिर वेश्या बन्लिन् त? अहँ म त्यो कल्पना पनि गर्न सक्दिनँ। सपुत जस्ता शरहको पाँचतले घरको कोठामा फ्यान मुनि बसेर कला पस्किनेलाई के थाहा असली छापामार चेली को थिए भनेर। तिनलाई के थाहा ति चेलीलाई आफ्नो अस्मिता कति प्यारो थियो भनेर। सफा सुग्घर लाएर मिठो मसिनो खाएर दशक पछी समिक्षा गरियो भने असली छापामार स्पिरिट्को कल्पना पनि गर्नसकिँदैन। तिनको आत्मा, तिनको साहस, तिनको त्याग अनि बलिदानको समिक्षा असलीरूपमा तर्जुमा नै गर्ने होभने गाउँका भिर पहरा कुना कन्दरा पुग्नु पर्छ त्यो पनि डेढ् दशक अघीको।
सर्जकलाई उसको क्षमता र योग्यता अनुरूप सृजना गर्ने छुट् हुन्छ। अव त देशमा निरंकुशता हटेर वाक् स्वतन्त्रता आएको छ। सर्जकको सृजनाको स्वतन्त्रतामा अंकुश लगाईनु हुँदैन। यदी त्यो भयो भने निषेधको परम्परा सुरूहुन्छ अनि अन्त्यमा त्यसले फेरी निरंकुशता नै निम्त्याउँछ। त्यसैले वाक् स्वतन्त्रताको रक्षाको खातिर बोल्नै पर्छ।हिजो पशुपती शर्माको गित ‘लुट्न सके लुट्’ भन्ने गित बिवादमा तानियो। त्यो गितमा त्यती धेरै बिरोध गर्न पर्नेगरि केही पनि थिएन। शब्दहरूले कुनै व्यक्ति,दल वा संस्थालाई तोकेर केही भनेको थिएन। त्यो गितको त्रुटीभनेको कम्युनिष्ट पार्टीको झण्डा देखाईएको थियो, त्यती सच्याएर अघी बढ्नु पर्ने थियो सच्चियो अघी बढ्यो।सुपतको गितमा पनि केही त्रुटी छन् जसलाई उनले सच्याउन जरूरी छ।
राष्ट्रिय स्तरको कलाकार भएर कुनै एक राजनैतिक दललाई लक्षित गरी गित सृजना गर्नु अली अपाच्य हुन्छनै। कसैबाट प्रभावित या परिचालित पो हो कि भन्ने आशंका र आरोप लाग्नु पनि स्वभाविक नै हो। कलाकारले कलाको सम्प्रेषण गर्दा कसैको भावनामा चोट नपुगोस् कसैको आत्मसम्मानमा ठेस् नलागोस् भनि सँधै सजकहुनु पर्छ। व्यंग्यहरू प्राय लाण्क्षणिक रूपमा प्रहार गरिन्छ। त्यो स्तरमा कला पस्किने क्षमता सपुतमा देखिएन।हो देशमा गणतन्त्र छ, वाक् स्वतन्त्रता छ त्यसको प्रयोग गरे सपुतले। तर के वाक् स्वतन्त्रताको चाहीँ कुनै दायरार परिधी नै हुँदैन त? त्यो त अवश्य पनि होईन होला। सर्जकले सृजना गर्नु पहिले आफ्नो दायराहरू बनाउनु पर्छजसले कसैको भावनाको सिमा ननागोस्, जसले कसैको आत्मासम्मानको बाँध नकाटोस्। भिडियो हेरिन्जेलसम्म सपुतले कुनै पनि सिमा र दायरालाई ख्याल गरेको पाईँदैन।
निरंकुश राजतन्त्रको बिरूद्दमा जनयुद्द छेडियो। दश बर्ष चलेको ससस्त्र द्वन्दमा रेकर्डमा आए अनुसार सत्र हजारमारिए अनगिन्ती बेपत्ता भए भने हज्जारौँ अंग भंग भए(हिसाब गरियो भने धेरै निस्किएला)। त्यही जनयुद्दकोजगमा जनआन्दोलन, आदिवासी जनजाती आन्दोलन, मधेश आन्दोलन भए। त्यसको फलस्वरूप देशमासंघियता, गणतन्त्र, धर्मनिरपेक्षता आयो। महिला, दलित, उत्पिडित, जनजाती, सिमान्तकृत लगायतका थुप्रैलेअधिकारहरू पाए। देशमा मानव अधिकार देखी वाक् स्वतन्त्रताको ग्यारेन्टी भयो। भलै देशले चाहे जस्तो प्रगतीगर्न सकेको छैन किनकी हाम्रो देशको ताला चाबी बोक्नेहरू भ्रष्ट, पूँजीवादी अनि दलाल निस्किए। जनयुद्द कै नाईकेहरू पनि भ्रष्ट र दलाल निस्किए। जनयुद्द र जनआन्दोलन सहित त्यस पछिका मुद्दाहरू प्राय सबै बन्धकी राखिए। कती मुद्दाहरू त सदाका लागी तिलान्जली नै गरिए। तर त्यसो भन्दैमा देशमा परिवर्न नआएको भने अवश्य होईन।
जनयुद्द जनआन्दोलनले नै स्थापीत अधिकारलाई
टेकेर सपुत जस्ता सिमित अधिकारमा बाँधिएका कथित ‘अछुत’ जातबाट उक्सिएर आज राष्ट्रिय स्तरको कलाकार बन्ने अवसर पाएका छन्। के सपुतले सोचेका छन् राजतन्त्रमा बाँचेर महाराजको नाकमुनी मौसुफको महान गाथा यही लयमा गाएका भए अनि यही तस्विरमा देखाएका भए के हुने थियो? के सपुतले सुनेका छैनन् बिसे नगर्चीको कथा?
ल एकछिनलाई छौडौँ पार्टी र वादको कुरा। छातीमा हात राखेर सोचौँ, हिजो जसको बलिदानले आज यो स्वतन्त्रता पाए तिनकै त्याग र बलिदानलाई यो तस्विरमा उतार्नु पहिले उनीहरूको बारेमा सोच्नु पर्ने थियो। सपुतजस्ता जातकै कारण सदियौँ दलिएका अनि पिल्सिएकाहरूको लागी मर्न तयार ति छापामार चेलीहरूलाई नँग्याउनु अघी सोच्नुपर्ने थियो। तमाम सर्वहारा दलित उत्पिडितको मुक्तिको लागी अन्तिम जुक्ति क्रान्ति गर्न घरपरिवार जिन्दगी समर्पण गरेर मृत्य सँग हात मिलाउन तयार भएकी क्रान्तिकारीलाई बेश्या बनाउनु पहिले बुझ्नपर्ने थियो कि ति क्रान्तिकारी छापामार चेली बरू काटिन तयार हुन्छिन् तर शरिर बेच्दिनन्। अफसोच, सपुतले नत क्रान्तिलाई बुझेछन् न त क्रान्तिकारीलाई। न त उनले जनयुद्दलाई चिनेछन् न त जनयुद्द लड्ने योद्दालाई।भावनालाई भिउजमा अनि भिउजलाई पैसामा बदल्ने व्यग्रतामा आफ्नै स्वतन्त्रताका दाताहरूका त्यागलाई पनिबेच्न भ्याएछन्।
मेरो बिचारमा जव सर्जकले आत्मा बेचेर कुनै लाभको लागी सृजना तयार गर्छ त्यसले उसको कलाको हत्या त गर्छ नै साथ साथै उसले दर्शक स्रोताको कुनै न कुनै खेमाको मनमा चोट पुर्याउँछ नै। जव सर्जकले पब्लिक सेन्टिमेन्ट मेजोरीटी हेरेर सृजना तयार गर्छ भने त्यो सर्जक होईन व्यापारी बन्छ, ईमोसनको व्यापारी। असली सर्जकले छातीमा हात राखेर कुनै वाद, सिद्धान्त या तन्त्रलाई पक्षपात नगरी भाव ओकल्छ। तव पो बन्छ इतिहास बोक्ने सृजना!
क्रान्ति हामीले सोचे जती सजिलो छैन। सपुतले देखाए जती हलुका त छँदै छैन। क्रान्तिको दोस्रो बाटो हो बिरगती त्यसको सिधा अर्थ मृत्यु। जानी जानी मृत्यु रोजेर छातीमा गोली थाप्न तयार ति क्रान्तिकारीहरूको सम्मानको खातिर पनि हामी त्यो दृष्य जायज छ नभनौँ!
– भुवन अक्कीम्हांग राई