काठमाडौं, २ चैत – जापानको राजधानी टोक्यो बुधाबार शक्तिशाली भूकम्प गएको छ ।
बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ । राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ ।
भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ ।
यो पनि : स्थानीयले बनाए सेभेन साइजको खेलमैदान : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका स्थानीयले खेल मैदान निर्माण गरेका छन् । खेलकुदको विकासका लागि स्थानीयले आपसमा सहयोग जुटाएर बाम्राङको कट्टीमा सेभेन साइजको परशुराज राई बहुउद्देश्यीय खेल मैदान निर्माण गरेका हुन् ।
स्थानीय कट्टी प्राकृतिक सामुदायिक वन उपभोक्ता समिति, रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका स्थानीयको सहयोगमा संकलन भएको दुई लाख ५२ हजारको खर्चमा खेल मैदान निर्माण गरिएको हो ।
भूतपूर्व बेलायती सेना परशुराज राईको परिवारले निःशुल्क उपलब्ध गराएको १२ रोपनी जग्गामा ६० मिटर लम्बाई र ३० मिटर चौडाइ भएको खेलमैदान निर्माण गरिएको हो । सहयोग जुटाउँदै क्रमशः नाइन साइजको बनाउने गरी खेतीयोग्य जग्गामा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि थप जग्गा आवश्यक परे राई परिवारले पुनः उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । निःशुल्क जग्गा उपलब्ध गराएकै कारण खेलमैदानको नाम परशुराज राई बहुउद्देश्यीय राखिएको हो । स्काभेटर प्रयोग गरेर चार दिनमा सेभेन साइजको खेलमैदान बनाइएको हो ।
स्थानीय अजम्बरी युवा समिति, हाल हङकङ निवासी तेजप्रकाश राई, बाम्राङ युवा क्लबका अध्यक्ष कृतमान राई लगायतको अगुवाइमा कट्टीमा खेलमैदान निर्माण सुरु गरिएको हो । खेलमैदानका लागि निःशुल्क जग्गा उपलब्ध गराउने परशुराज राईको परिवार तथा आर्थिक सहयोग गर्ने दातालाई बुधबार सम्मान गरिएको छ ।