२६ केन्द्रीय नेतामाथि रविन्द्र मिश्रको कारबाही कायरताको पराकाष्ठा !

Spread the love

काठमाडौं, ४ चैत-पार्टी अध्यक्ष रविन्द्र मिश्रपक्षले वरिष्ठ नेताहरू सहित २६ जना केन्द्रीय सदस्यहरूलाई गरेको कारबाही कारयताको परकाष्ठा भएको मिलन पाण्डेपक्षले टिप्पणी गरेको छ।

मिश्रले पार्टीबाट निष्काशन गरेका विवेकशील साझाका संयोजक पाण्डे पक्षले पार्टीमा विधान विपरीत गठन गरिएको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीका वरिष्ठ नेताहरूसहित २६ जना केन्द्रीय सदस्यहरूलाई कारबाही गरिएको समाचारहरूप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।

उक्त पक्षले आज एक विज्ञप्ति जारी गर्दै पटक पटक स्थगित गरिएको महाधिवेशन टारेर पार्टीका सदस्यहरूको ध्यान विकेन्द्रित गराउन रचिएको अर्को षडयन्त्र भएको जनाएको हो । पार्टीकै सदस्यहरूबाट अस्वीकृत हुने डरले पटक पटक महाधिवेशन र आन्तरिक लोकतन्त्रबाट भागेर अहिले सर्वोच्चमा अदालत विचाराधीन मुद्दामा पराजित हुने भयले आत्तिएर यस्ता मनगढन्ते निर्णय गर्नु कायरताको पराकाष्ठता भएको पाण्डे पक्षले जनाएको छ ।

पार्टीको आधिकारिकता विवाद अदालतमा विचाराधीन रहेको बेला पार्टीका प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, एक जना संस्थापक पुकार बम, प्रदेश संसदीय दलका नेता रमेश पौड्याल लगायत केन्द्रीय सदस्यहरु जिम्मेवारीबाट हटाइनुलाई आफूहरुले रवीन्द्र मिश्रको तानाशाही प्रवृत्तिको निरन्तरता र उनको लोकतन्त्र, विधि तथा सामान्य राजनीतिक इमानप्रतिको समेत अनास्थाको रूपमा लिएका लिएको विज्ञप्तिमा जनाइएको छ ।

‘आफू पार्टीको विचार र विधान विपरीत उल्टो बाटो हिँड्ने र पार्टीभित्र विधिको वकालत गर्ने नेताहरूलाई ‘लेभी नतिरेको’ जस्ता हाँस्यास्पद कारण देखाएर पार्टीबाट लखेट्नुले पुनः रवीन्द्र मिश्रको राजसंस्था मोह र लोकतन्त्र प्रतिको अनास्था तथा नेतृत्वशैलीको असक्षमता छताछुल्ल भएको छ’ उक्त पक्षले भनेको छ ।

आफ्नै विचार समूहका केही सुधारवादी, समालोचक नेताहरूको फरक मतलाई समेत असहिष्णु तरिकाले अपमान गरेबाट राप्रपासँग आफ्नो सम्भावित एकतामा जान सहज वातावारण बनाउने रवीन्द्र मिश्रको चाहना स्पष्ट हुने उक्तपक्षको दाबी छ ।