काठमाडौं ।
“मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग के विकल्प छ र?” तेहरानकी एकल महिला नेदा भन्छिन्। दिनमा उनी केशविन्यासको काम गर्छिन् तर हातमुख जोड्ने मेलो गर्न राति उनी यौ’नकर्मीका रूपमा देह’व्या’पार ग’र्न बा’ध्य भएको बताउँछिन्। “म यस्तो देशमा छु जहाँ महिलालाई सम्मान गरिँदैन, अर्थतन्त्र खस्किँदो छ र सबै कुराको मूल्य दिनदिनै बढिरहेको छ,” उनी भन्छिन्।
“म एकल आमा हुँ। मैले मेरो छोराको हेरचाह गर्नुपर्छ। यौ’नक’र्मले राम्रो कमाइ हुन्छ। म अहिले सहरमा एउटा सानो घर किन्न खोज्दैछु।” “यो मेरो जीवनको दुःखद सत्य हो। म आफ्नो आत्मा बेचिरहेकी छु। तर गैरसरकारी संस्था र अध्ययनकर्ताहरूको प्रतिवेदनले वे’श्यावृत्तिका लागेका मानिसहरूको सङ्ख्या लगातार वृ’द्धि भएको देखाउँछ।
इरानको कट्टर धार्मिक शासनले लामो समयदेखि आधिकारिक रूपमा इरानमा यौ’नक’र्मी रहेको अस्वीकार गर्छ। त्यहाँका निकायहरूले वे’श्यावृत्तिलाई युवाहरूलाई बिगार्न बनाइएको पश्चिमा योजना भएको आरोप लगाउँछन्, बेइमान पुरुषका लागि पनि महिलालाई दोषी देखाउँछन्। ला’गुप’दार्थ दु’र्व्य’सनी महिलाहरूको उपचार गर्ने अफ्ताब सोसाइटीले सन् २०१९ मा तेहरानमा मात्रै १०,००० महिला यौ’नक’र्मी रहेको हुनसक्ने र तीमध्ये ३५ प्रतिशत विवाहित भएको बताएको छ।
तेहरान विश्वविद्यालयका प्राध्यापक अमिर मोहमद हारिचीले त्यो सङ्ख्या दोबर हुनसक्ने बताए। इरानमा महिलाका लागि जागिरको कम अवसर र लै’ङ्गिक असमानताका कारण गरिबीको रेखामुनि रहेका धेरै महिलाहरू पैसाका लागि श’री’र बे’च्न बा’ध्य भएका छन् तर यो काममा ठूला जोखिम छन्। “पुरुषहरूलाई इरानमा वे’श्या’वृत्ति गैरकानुनी भएको थाहा छ र यसका लागि महिलाहरूलाई गम्भीर सजाय भएको कारण उनीहरूले फाइदा लिन्छन्,” तेहरानको एक विश्वविद्यालमा अध्ययनरत छात्रा मेहनाज भन्छिन्।
“म शरीर सुम्पिँदा पैसा नदिइएको घटना मसँग धेरै पटक भएको छ। म केही गर्न सक्दिनँ।”कहिलेकाहीँ वे’श्यावृ’त्तिमा सं’ल’ग्न हुने मेहनाज अन्य काम गरेर तेहरानमा बाँच्न गा’ह्रो हुने बताउँछिन्। वे’श्यावृत्ति वृद्धिको एक प्रमुख कारण रहेको महँगी बढ्नुमा अमेरिकाले इरानमाथि परमाणु कार्यक्रमका लागि लगाएको आर्थिक प्रतिबन्ध हो। गत वर्षयता इरानमा मुद्रास्फीति दर ४८.९ प्रतिशत छ। बेरोजगारी बढेको छ र जागिर खाने धेरैका लागि तलब अपुग्दो छ।
यसबीचमा इरानका प्रमुख सहरहरूमा २० देखि ३५ वर्षका पुरुष यौ’नक’र्मीको सङ्ख्या पनि बढेको छ। त्यस्ता एक पुरुष २८ वर्षे कामयार सुपरमार्केटमा क्याशिअर छन्। उनी गत वर्षसम्म बाबुआमासँग बस्थे र खर्चका लागि बुबाको भर पर्थे।
अहिले उनको तेहरानमा अपार्टमेन्ट छ र उनी चाँडै नै बिदेसिने विचारमा
छन्। “म सामाजिक सञ्जालमार्फत् आफ्ना ग्राहक भेट्छु,” उनी भन्छन्। “यी महिलाहरू सामान्यतया ३० देखि ५० वर्षका हुन्छन्। मेरी एउटी ग्राहक ५४ वर्षकी थिइन्। उनीहरूले मलाई राम्रो व्यवहार गर्छन्, राम्रो पैसा दिन्छन् र म उनीहरूकै स्थानमा रात बिताउँछु। र म धेरै ग्राहक भेटिरहेको छु।” बीबीसी बाट
कामयार इन्जिनियर हुन् तर त्यो काममा आफ्नो भविष्य देख्दैनन्। “म सधैँ इन्जिनियर बन्न चाहन्थेँ। तर मलाई त्यो रूपमा यहाँ जागिर नै छैन,” उनी भन्छन्। “राम्रो जागिर नभएकै कारण मैले प्रेमिकासँग बिहे गर्न पाइनँ। म अहिले जे गरिरहेको छु त्यसप्रति गर्व गर्न सक्दिनँ। हुर्किरहँदा मैले पैसाका लागि नचिनेको मान्छेसँग सुत्छु भनेर सपनामा पनि सोचेको थिइनँ।” “म लज्जित छु र यसले मेरो जीवन धान्छ। म यस्तो देशमा छु जहाँ भविष्य सोच्दा दुःख मात्रै देखिन्छ।”