पेट पाल्नका लागि ट्याक्सी चलाउँछन् पूर्व अर्थमन्त्री

Spread the love

एजेन्सी । भनिन्छ जीवन संघर्ष हो । बाँच्नका लागि अनेक किसिमका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । यस्तै संघर्षहरुको अगाँलो हुन् खालिद पाएन्दा । खालिद अफगानिस्तानका पूर्वअर्थमन्त्री हुन् । मुलुकको अर्बौं बजेटको व्यवस्थापन गर्ने खालिद अहिले पेट भर्नका लागि ट्याक्सी ड्राइभर बनेका छन् ।

अफगाानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि खालिदको जीवनमा एकाएक नयाँ मोड आयो । उनी राष्ट्रपति असरफ गनी जस्तै देश छाडेर हिँडे । उनको अवस्था गनीको जस्तो छैन । उनी अमेरिकाको वासिङटन डीसीमा ट्याक्सी चलाएर आफ्नो गुजारा गरिरहेका छन् ।

वासिङटन पोष्टसँगको कुराकानीमा खालिद भन्छन् ‘अघिल्लो दुुई दिनमा मैले ५० ट्रिप्स पुरा गर्नु छ । यसको बदलामा मलाई ९५ डलर बोनस प्राप्त हुन्छ । घरमा पत्नी र चार छोराछोरी छन् । केही बचत थियो । त्यसबाट पनि काम चलिरहेको छ । मेरो देश अफगानिस्तानमा अवस्था अत्यन्त खराब छ । महामारी पनि थियो नै, अब सुख्खा पर्न थालेको छ । विश्वले सबै प्रतिबन्ध लगाई दिएको छ ।

अर्थतन्त्र ध्वस्त भइसकेको छ र तालिबाननले महिलाको जिन्दगी खराब बनाइ दिएका छन् । जो बाइडेनले अफगानिस्तानमा तालिबानको कब्जाको टुक्रा त्यहाँको सरकारमै फोडिदिएका छन् । अमेरिकी राष्ट्रपतिले भनेका थिए,‘हामीले अफगानिस्तान सरकारलाई प्रत्येक चिज उपलव्ध गराएका थियौ । उनीहरुले आफ्नो भविष्य राम्रो बनाउनु भनेर प्रत्येक मौका दियौँ ।’

खालिद भन्छन्,‘मेरो जिन्दगीको एक हिस्सा अफगानिस्तानमा बित्यो । अब म अमेरिकामा छु । साँचो भनौं भने अब म कतैको भइन । आफ्नो देश फर्कन सक्दिन र यहाँको पनि कुनै निश्चितता छैन । आज मलाई ४ डलर टिप्स प्राप्त भयो ।’ खालिदका अनुसार उनले तालिबानको कब्जाको केही दिन पहिले अफगानिस्तानको अर्थ मन्त्रीको पदबाट राजीनामा दिएका थिए । लेबनानको एक कम्पनीको भुक्तानी भएको थिएन र यसैका कारण राष्ट्रपति गनी उनीसँग रिसाएको उनले बताए । उनले आपूmलाई धेरै झुट सुनाएको पनि बताए ।

उनले परिवार अगस्टको पहिलो सातामै अफगानिस्तानबाट अमेरिका पुगेका थिए । उनी पनि १५ अगस्ट पहिले वासिङटन पुगेका थिए । खालिन्दा भन्छन्,‘विश्वले हामीलाई २० वर्ष दियो । सबै प्रकारको सहयोग ग-यो । दुर्भाग्यवश हामी असफल भयौँ । भ्रष्टाचारका कारण हाम्रो व्यवस्था ताशको पत्ता जस्तै बिग्रियो । सत्यता यो हो कि हामीले आफ्नो जनतालाई धोका दियौँ । मन्त्रीहरुलाई तालिबानले देश कब्जा गर्छन् भन्ने थाहा थियो । उनी ह्वाट्सएपमा देश छोड्ने सन्देश आदान–प्रदान गरिरहेका थिए ।’