पिपलको रुखलाई यसरी पूजा गर्नुहोस् ? मिल्नेछ सफलता नै सफलता

Spread the love

पिपल भगवानकै यौटा स्वरुप भएको हिन्दु धार्मिक मान्यता छ , सत्ययुगमा राक्षस जालन्धरको अन्याय अत्याचार अन्त्य गर्न जालन्धरकि पत्नी वृन्दाको सत्य डगाउन भगवान बिष्णु स्वयं जालान्धर्कै रुप धारण गरि गएको र त्यो सत्य बृन्दाले थाहा पाएर भगवान विष्णुलाई श्राप दिएको कथन सुन्न पाइन्छ ,वृन्दाले घास ,झार पत्थर र विरुवा हुनु परोस भनि श्राप दिएकी थिइन् जसमा झार हुनु परोस भनेको मा तुलसी ,घास हुनु परोस भनेको मा कुश ,पत्थर हुनु परोस भनेको मा शालिग्राम र विरुवा हुनु परोस भनेको मा पिपल ।

।जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् । स्नानकार्य समाप्त भएपछि सफा सेतो कपडा लगाएर कुनै यस्तो ठाउँमा जानुहोस् जहाँ पिपल होस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् ।

जल चढाएपछि फूलप्रसाद चढाउनु होस् : धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्रमूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः कमसेकम १०८ पटक पढ्नु होस् यि उपायहरू अपनाउँदा घरमा सुख शान्ति आउँछ :ज्योतिषमा बताइएको छ कि पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि बढ्दै जान्छ ।

यदी कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय विस्तारै विस्तारै शुभ हुँदै जान्छ ।शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी ( मानिन्छ ।साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ । छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ । यो पनि :-

धेरै भन्दा धेरै धनसम्पति कमाउने चाहाना कसलाइ नहोला र?जसको लागि मानिसहरू कडा मेहेनत गर्न पछि हट्दैनन। तर लाखैा कोशिस गर्दा पनि हातमा पैसा टिक्दैन । समुद्र शास्त्रमा यो बताइएको छ कि केही खास चीज यदि गोजीमा राख्नाले धन सम्पति टिकाउ हुने गर्दछ। यी पाँच चीजहरू गोजीमा राख्नाले तपाइको गोजी कहिले खाली हुने छैन।

आफ्नो पर्स मा धनकी देवी माता लक्ष्मी को तस्बिर राख्नुहोस। माता लक्ष्मी को कृपाले तपाइको आफ्नो पर्स कहिले खाली हुने छैन। साथसाथै अन्य धन कमाउने कयौ मौका मिल्दछ। आफ्नो गोजीमा कमलको दाना अर्थात् कमलको बिजको दाना राख्नाले तपाइसग पोइसा को कमि कैले हुने छैन। माता लक्ष्मीको कृपा सधैं सधैं रहिरहने छ ।

पर्समा अक्षता राख्नाले पनि बडि भन्दा बडी फाइदा हुन्छ। भानिन्छ कि पर्समा थोरै चामल राख्नाले फजुल खर्च रोकिन्छ। गोजीमा श्रीयंत्र राख्नाले पैसा सग जोडिएका सबै काम कुराहरुमा फाइदा मिल्दछ। यसलाई सधै आफ्नो पर्स मा राख्नुहोस। पर्समा सानो ऐना राख्नाले पनि धनको बचत हुन्छ। तपाइको पैसा फजुलमा खर्च हुने छैन र साथै जागिरमा पनि बढुवा हुन्छ। यो पनि :-

सपना हामी सबैले देख्ने गर्दछौ । हरेक सपनाको आफ्नै-आफ्नै महत्व र अर्थ रहेको हुन्छ । यस्तै ज्योतिष शास्त्र अनुसार बिहान-बिहान देखिएको सपना सत्य साबित हुने गर्दछ । यदि तपाइले पनि बिहान सपनामा यस्ता चिजहरु देख्नुहुन्छ भने तपाइको लागी निकै नै शुभ साबित हुनसक्छ ।यदि कसैलाई सपनामा कमिला यता र उता गईरहेको देख्नुहुन्छ भने तपाईलाई छिट्टै नै धन प्राप्त हुनसक्ने योग बन्दछ ।

सपनामा कुनै मन्दिरको दर्शन गर्दै गरेको देख्नुहुन्छ भने यो निकै नै शुभ मानिन्छ । साथै यदि मन्दिरको साथ कलश पनि देख्नु भयो भने सम्झनुहोस् साक्षात माता लक्ष्मीले तपाइको घरमा वास गर्नेछिन् ।यदि तपाइले सपनामा नरिवल खाएको देख्नुहुन्छ भने छिट्टै नै तपाइको तिजोरी पैसाले भरिनेछ यदि सपनामा कुनै सानो बच्चा चल्दै गरेको देख्नुहुन्छ भने यो धन लाभको संकेत हो ।

यदि सपनामा गाईको साथ बाच्छाले दुध खाईरहेको देख्नुहुन्छ भने तपाइँसँग पैसाको अभाव हुने दिन सकिने भए भनेर बुझ्नुहोस् । यो सपनाले तपाइँलाई करोडपति बनाउन सक्छ यदि सपनामा तपाइँलाई कुकुरले टोकेको देख्नुहुन्छ भने तपाई छिट्टै धनी बन्ने योग बनिरहेको बुझ्नुहोस् ।ज्योति शास्त्र बाट साभार ।