कालो हरिण प्रकरणमा सलमान खानलाई ठूलो राहत, उनको याचिकामाथि अब उच्च अदालतमा सुनुवाइ हुने

Spread the love

कालो हरिण शिकार प्रकरणमा बलिउडका दिग्गज अभिनेता सलमान खानलाई ठूलो राहत मिलेको छ । सोमबार, राजस्थान उच्च अदालतले कालो हरिण शिकार प्रकरणमा सुपरस्टार सलमान खानको ट्रान्सफर याचिकालाई अनुमति दिएको हो । सलमानको याचिकामा सुनुवाई गर्दै राजस्थान हाईकोर्टले तल्लो अदालतमा चलिरहेका सबै मुद्दा सँगै सुनुवाइ गर्न राजी भएको छ ।

अब यससँग सम्बन्धित सबै विषयमा उच्च अदालतमा सुनुवाइ हुनेछ । सलमान खानले हाईकोर्टमा ट्रान्सफर पिटिशन दायर गरेका थिए । राजस्थान उच्च अदालतले मार्च २१ मा सलमानको ट्रान्सफर याचिकामा सुनुवाई गर्दै यसलाई स्वीकार गरेको छ। उच्च अदालतले सलमान खानलाई बारम्बार अदालत आउन नपर्ने भन्दै अब सबै मुद्दाको सुनुवाइ उच्च अदालतमा एकसाथ हुने निर्णय गरेको छ ।

उल्लेखनीय छ, बलिउड सुपरस्टार सलमान खान हिरण शिकार मुद्दामा जमानतमा छुटेका छन्। यसअघि सलमान खानका वकिलले हिरण शिकार प्रकरणसँग सम्बन्धित सबै अपीलहरू उच्च अदालतमा स्थानान्तरण गर्न याचिका दायर गरेका थिए, जसमाथि उच्च अदालतमा लगातार सुनुवाइ चलिरहेको थियो। उच्च अदालतमा सरकारी वकिलको तर्फबाट जवाफ पेश गर्न अदालतसँग समय मागेपछि अदालतले मार्च २१ गते सुनुवाइका लागि तोकेको हो ।

सन् १९९८ मा सलमान खान जोधपुर नजिकैको एउटा गाउँमा दुईवटा कालो हरिणको शिकार गरेको आरोपमा पक्राउ परेका थिए । सलमान खान त्यतिबेला सुरज बडजात्याको फिल्म ‘हम साथ–साथ हैं’ को सुटिङको सिलसिलामा जोधपुरमा थिए । सलमान विरुद्ध हतियार ऐन अन्तर्गत मुद्दा पनि दर्ता गरिएको थियो। कालो हरिण शिकार मुद्दामा मातहत अदालतले अभिनेतालाई ५ वर्षको जेल सजाय सुनाएको छ भने अवैध हातहतियार मुद्दामा उनले सफाइ पाएका छन्