नौं लाख बत्तिलाई छोएर दर्शन गर्नुहोस्,शेयर गर्नुहोस् मिल्छ ठुलो सफलता

Spread the love

प्राय सबै हिन्दुंहरुको घरमा तुलसीको मठ राखिएकै हुन्छ । तर तुलसीको मठ राख्दा कुन दिशाामा राख्ने भन्ने थाहा नहुँदा घरमा त्यसले नकारात्मक फल पनि दिएको हुनसक्छ ।वास्तु अनुसार तुलसीको बिरुवा भूलेर पनि दक्षिण दिशामा रोप्नु हुँदैन । पूर्वी दिशा तथा एकान्त ठाउँमा तुलसी रोप्नु वास्तु अनुसार सबैभन्दा उत्तम मानिन्छ।घरमा तुलसीको बिरुवा छ भने यसले समस्या आउनु अगाडिनै सचेत गराउँछ । यदि तपाईको घरमा विपत्ति आउँदै छ भने घरमा रहेको तुलसीको बिरुवा सुक्न थाल्छ या रंग परिवर्तन भएजस्तो देखिन्छ यदि तपाईमा ग्रहको कुनै अशुभ प्रभाव पर्नेवाला छ भने तुलसीको रंग परिवर्तन हुन थाल्दछ ।

सबै ग्रहको शुभ र अशुभ प्रभाव पुर्याउने काम बुध ग्रहले गर्दछ। उसको प्रभाव हरेक रंगमा हुन्छ । त्यसैले तपाईमा कुनै विपत्ति आउने वाला छ भने तुलसीको विरुवा सुक्दछ भने शुभ प्रभाव भएमा तुलसी हरियो हराभरा हुने गर्दछ।तुलसीका चमत्कारिक उपाय: यदि तपाईका सन्तान तपाईले भनेको मान्दैनन् भने तुलसीको बिरुवा पुर्वी दिशामा रोप्नु पर्दछ । सोही तुलसीका ३ पात कुनैपनि तरिकाले खुवाएमा चमत्कारिक बद्लाव देखिन्छ। जसका कारण तपाईका सन्तान तपाईले भनेको मान्न थाल्दछन् । ध्यान दिनुहोस् मंगलबार र आईतबार भने तुलसीको पात टिप्नु राम्रो हुँदैन।

छोरीको विवाह हुन कठिन भएको छ भने विवाहयोग्य छोरीलाई दैनिक रुपमा तुलसीको विरुवामा जल चढाएर ५ पटकमा परिक्रमा गरेमा यो समस्या टाढा हुने गर्दछ । श्रद्धा एवं विश्वासका साथ यो उपाय अपनाउनाले तुलसीको कृपा प्राप्त हुने र शिघ्र विवाह सम्पन हुने विश्वास रहँदै आएको छ।कारोबारमा मन्दी लागेको छ भने तुलसीको बिरुवा पश्चिम दिशामा राख्नु पर्दछ । सोही तुलसीको बिरुवामा प्रत्येक दिन बिहान गाईको काँचो दुध मिठाई चढाउने गरेमा व्यापार चम्किन थाल्दछ ।घरमा कुनै प्रकारको वास्तु दोषबाट ग्रसित छ भने तुलसीको बिरुवा रोपेर पञ्चामृत चढाउँदै दैनिक रुपमा पूजाआजा गर्दा वास्तुदोष हटेर जान्छ । यो पनि :-

पृष्ठभूमि : पौराणिक कथन अनुसार ४ सय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पति भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ ।

परिचय:दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. ६ राउत बेसीस्थित तादी नदी परिसरमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व:विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको पुस महिनामा धान्य पूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ ।

पौराणिक मान्यताहरु:यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ । ‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भन्ने विश्वास रहेको छ ।

दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढा-टाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् । छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ ।

पर्यटन प्रर्वद्धन:सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचार-प्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।

पर्यटकीय सम्भावना:धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ । दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवद्र्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन रहने बुद्धिजिवीहरुको विश्वास छ ।