लेखिका : सिता घिमिरे पौडेल (बेलायत)
2018 को लेखन भावनामा गहिरीदा,
प्यारी आमा ! हजुरकी भाग्यमानि छोरी को त्रर्फ बाट साष्टांग प्रणाम ! सात समुन्द्र पारी को विरानो शहर बाट ! आमा आज हजुर को मुख हेर्ने दिन अरे , सायद हजुर लाइ पनि थाहा छैन होला ! गाउमा घरधन्दा को रोमलो मा के पो समझिनु फुर्सद होलार ! आमा मलाइ यो दुनिया देखाउने हजुर लाइ सम्झिन मलाइ कुनै एक स्पेसल दिन को आवस्यक छैन र नसम्झेको कुनै पल छैन होला ,हरेक पल सम्झिनछु दिन दिनै सम्झिन्छु । तर पनि सम्झेर नि सन्झे जस्तो गर्न सकिन ! वाध्यता ले बिदेशमा छु रहर ले हैन आमा ।
नेपालका मेरा साथि हरु ले मलाइ कति भाग्य मानि होस ठुलै ठाउमा पुगिस भन्थे तर कति भाग्यमानी रहेछु भनेर गर्व गर्नु को साटो बेला बेला मा एकान्त मा धुरुधुरु रुने गर्छु ! हुन त नेपाल मा पनि गरे के छैन र भनेर advice दिने साथि हरु को कमी छैन यहा ! तर गरेर देखाउन सजिलो छैन ! आज हजुर को मुख हेर्ने दिन , समय ले साथ दियो भने video call गरेर हजुरको मुख हेरौला आज ! हरेक परिस्थिति संग जुध्दै हरेक चुनौति हरुको सामना गर्दै अर्काको देशमा अर्कै को भेष भुषा , अर्कैको भाषा मा जवर्जस्ती घुल्दै बस्नु परे पनि यो नेपालीमनआफ्ना कला संस्कृति र चाडवाड बिर्सिदैन आमा! सुखमा पनि र दुखमा पनि हजुर को सारै याद आउछ आमा ! साना तिना कुरा मा पनि किन किन चित्त दुखेर आउछ !
हिजो सानि छोरी स्कुल जादा लाउने जुत्ता फाट्यो मम्मी भनि त्यति बेला म हजुरलाइ सम्झे ! त्यो दिन , जुन दिन म स्कुल जादा मेरो चप्पल को तुना चुडेको थियो ।अनि हजुर साउबा को घरमा मेला जानु भाको थियो , त्यै बेला म चिच्याउदै बोलाउदै मकै बारीमा पुग्दा साउ बा ले गालि गरेका थिय । हामी गरीब भयर गाली गरेका होलान है आमा त्यति बेला ?
त्यो बेला दिन भरी मकै खनेर घर आउदा कति थकाइ लाग्थ्यो होला भनेर मैले एैले महसुस गर्छु आमा ! किनकि दिन भरि नाना भाति का काम गर्दा सारै थकाइ लाग्छ अनि बस्दा पनि एआमा ! उठ्दा पनि ए आमा भन्ने मरो बानि परेको छ आमा !
स्कुल बाट छोरा छोरी आउछन भोक लाग्यो मम्मी भन्दा हजुरको याद आउछ , त्यति बेला का भुटेका मकै र ठेका को मोही सम्झिन्छु आमा ! कान्छा ले त्यस्ता मकैका ठेला खान्न कुनि माम चाहिन्छ भनेर कति घुर्की लाउथ्यो दङ्ग्ल्याउ थ्यो,आज अस्ट्रेलिया को पिज्जा बर्गर नाक खुम्च्याउदै खान्छ रे अस्ति भन्दैथ्यो दिदी मलाइ त भुटेका मकै र मोही खान मन लाको छ रे हास्न मन लाग्यो आमा मलाइ तपाइको कान्छो छोरो भुटेको मकै खाने मन गरेछ भनेर ।
छोरा ले स्कुल बाट आयर मम्मि TV को रिमोर्ट खै भन्दा हजुर लाइ सम्झिन्छु आमा हामी ले हसिया खै आमा भन्ने गर्थ्यौ ,एेले मेरा छोरा छोरी ले रिमोर्ट खै मम्मी भन्छन ! यहा डिगा बाच्छा छैनन आमा , घास काट्नु पर्दैन अनि खेतमा जानु पर्दैन , यहा साउबा को मकै बारी छैन , घट्टा मा गहु पिसाउन जानु पर्दैन अनि तोरी पेल्न तल्लाफाट र मजुवा धाउनु पर्दैन , घरको कतै कुना मा कोदो पिस्ने जाँतो छैन , बारीका छेउको टुनिका दाउरा बोक्नु पर्दैन ति दाउरा वाल्ने अगेनो छैन आमा यहा ! तर पनि आमा बिहानै उठेर हिजो को बासी भात को पोको बोकेर रेल चड्नु पर्छ ज्यानको जोहो गर्न को लागि , त्यति बेला म हजुर लाइ सम्झिनछु , हजुर ले १० पटक उठाउदा रिसाउदै उठ्थे आज घडि को एकै आलर्म मा उठने गरछु किनकि एक सेकेन्ड ढिला भयो भने रेल छुटी हाल्छ हजुरलाइ ठगे जस्तो यहा ठगन पाइदैन आमा २ महिना पहिले पल्ला गाउ पिपल मुनि कि मेरी साथि नेपाल आको बेला मा हजुर लाइ भेटेकी थिइन रे हजुर त्यति बेला हासी हासी रुनु भएछ, म संग साथि ले भन्दै थिन उनलाइ देख्दा मलाइ देखे जस्तै भयो रे हजुरलाइ ! , म भएको देश बाट नेपाल गयका मान्छे हरु देख्दा हजुरले मेरो अस्याट मेटनु हुन्छरे ! हिजो बाटो काट्दै गर्दा झण्डै गाडी ले किचेन , त्यति बेला आमा हो भनेर चिच्च्याएछु ! त्यति बेला मैले सोचें पारी गाउकी मेरी साथि लाइ देखेर मेरो अस्याट मेटने मेरी आमा , यदि मैले भेट्न नपाइ यतै मरेंभने आफुलाइ कसरी सम्हालिनभनेर !
यहा कसैले कसैलाइ दया गर्दैनन, सबै आफ्नो मतलव मा हिड्छन यहा आफनो कोहि हुदैन आमा पैसा भय दुनिया पाइन्छ तर हजुर को माया पाउने केहि चिज छैन यहाँ संगि साथि भेटिन्छन , कोहि लामो समय टिक्छन कोहि आफ्नो स्वार्थ नपुग्दा सम्म लिसो लायझै लाउछन पुगे पछि बिस्तारै एैजरु ले खाय जसरी आदा मारेर हराउछन यस्तै छ आमा यहाको स्वार्थी दुनिया ! इन्टरनेटले संसारलाइ एक मुठि बनाएको छ संसारका कुनै पनि कुना बाट एकै चोटी कुरा गर्न मिलछ तर आफ्नो मान्छे भेट्न मिल्ने प्रविधि बनाउन सकेन यसैमा दुख लाग्छ |
साथिले फेसबुक मा मलाइ देखाइ दिदा हजुर ले १२०० मोडल को ठोक्रे मोमाइल देखाउदै भन्नु भयो रे लौन नानी यसमा पनि फेसबुक हाल्देउ अनि त म पनि दिन दिनै हेर्न पाउछु , सुन्दा मलाइ रुन मन लाग्यो आमा ! बिचरा हाम्री आमा कत्ति सोझी भनेर । फोटा खिच्ने मोवाइल पठाइदिदा मलाइ आउदैन नातिनिले चलाउछे भनेर मान्नु भएन अब कसरी १२०० मोडल फोन मा फेसवुक हाल्नु!
आगन को छेउ को मेवा पाकेर पहेलै भाथ्यो रे खाने मान्छे छैन नानि अब यो मेवा कस्ले खावस नानि भन्नु भो रे हजुर ले तर आमा मैले खान नपाय पनि वरपर बाडी दिनु बाटोमा हिड्ने साना केटा केटी लाइ दिनु अनि मैले खाएको समझिनु आमा ! खेतमा पानि लाउने कुलो को बाध भत्केको छ रे ठुलो भाइ ले भन्दैथ्यो दिदी आमा लाइ बाधमा नजानु भनेर सम्झाउनु न बरु खेत बाझै रहोस बाटो अफ्ठेरो छ मैले भनेर मान्नु हुन्न की हजुरले भनिनु है भन्थ्यो साच्चै आमा कुलाको बाधमा नजानु है खेत बाझो नराखने भय कसैलाइ पैसा दिएर पठाउनु तर एक्लै बाध मा नजानु है !
आमा पहिला पहिला बुढापाका आसीर्बाद पुगेर होला हजुरका छोरा छोरी ले डाँडा काँडा ढाके ,देश बिदेश पुगे तर दुखको कुरो हजुर लाइएक्लै हुनु पर्यो ! दिदी बहिनी पनि आफ्नै कर्म घरमा व्यस्त छन रे छोरी लाइ जन्मघर त केहि पलको लागि मात्र रहेछ। आमा हजुरको बुढेस काल को सहारा बन्ने त अर्कै को किस्मत मा रहेछ बुहारी लाइ म जस्तै सम्झिनु मलाइ जस्तै माया गर्नु ,अनि उसले हजुरको सेवा गर्ने छ आमा म पनि यतै गर्दैछु । ल त आमा हजुर संगका गनथन त जिवन भरि सकिदैनन तर पनि के गर्नु यताको घडिले बिहानको ८ बजायो अब आज रेल चढ्न ढिला भयो बाकि गनथन फेरि गरौला । आज माता तिर्थ औंसी को हजुर लगाएत समपुर्ण आमा हरु मा नमन |