काठमाडौं । पछिल्लो समय देश दुनियामा रहेका नेपालीको ध्यान खिचेका काठमाडौं महानगरको मतपरिणाममा निरन्तर अग्रता लिइरहेका स्वतन्त्र उम्मेवार बालेन साहमाथि कहिले पूर्वराजा ज्ञानेन्द्र भएको आरोप त कहिले हिन्दु धर्म प्रचारक लगायतको आरोप लाग्दै आएको छ । तर यसैबीच, बालेन साह पूर्व माओवादी भएको तथ्य प्रकाशमा आएको छ ।
उनी संघीय राजधानीको मेयर बन्ने सम्भावना ह्वात्तै बढेपछि बालेनबारे अनेकन रहस्य खुल्दै गएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएर राजनीतिक रुपमा चर्चामा अएका ¥यापर एवं इन्जिनियर बालेन साह (बालेन्द्र)को पृष्ठमूमि राजनीतिक भएको खुलेको छ ।
साह इन्जिनियरिङ अध्ययनका शिलसिलामा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा कार्यरत रहेको खुलेको हो । बालेन २०६६ सालमा अखिल क्रन्तिकारी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको हवाइटहाउस इन्जिनियरिङ क्याम्पस इकाइका सदस्य थिए ।
केही वर्ष (क्रान्तिकारी)मा सक्रिय साह इन्जिजियरिङ अध्ययन सकिएपछि भने राजनीतिकभन्दा सामाजिक गतिविधिमा केन्द्रित हुन थालेका थिए । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा साह प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितभन्दा दोब्बर मतले अघि छन् ।
साढे ४२ हजार मत गनिसक्दा स्थापितभन्दा बालेन ८०४० मतले अगाडि छन् । बालेनले १६६४७ मत ल्याउँदा केशव स्थापितले ८६०७ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ७७६७ मत ल्याएकी छन् ।