पछिल्लाे समय राजनीतिमा आशा र विश्वास गर्दै होमिने धेरै यूवाहरूमध्ये उनी पनि एक हुन् । उनै मिरालाई माओवादी केन्द्रले जिससमा लेजाने तयारी गरेको छ । मिरा भने केहि थाहा नभएको दावी गर्छिन् । भन्छिन्– राजनीति त विद्यालय तहबाट नै गर्दै आएको हो । तर, पार्टीको आन्तरिक तयाी के छ । थाहा भएन ।
उनी जिल्लाकै कान्छि जनप्रतिनिधि हुन् । जनज्याेती माध्यमिक विद्यालय, चिप्लेटीबाट विद्यालय तथा उच्च शिक्षा हासिल गरेकी उपरकाेटी स्नातक तहमा अध्ययन गर्दैछिन् ।
खुल्ला महिला सदस्यको उम्मेदवार बनेकी उपरकोटीले ६७१ मत बटुल्दै निर्वाचित भएकी हुन् । आफ्नो प्यानलको वडाअध्यक्ष पराजित भए पनि उपरकोटिले सर्वाधिक मत प्राप्त गरि बिजयी भएकी हुन ।
गाउँ समाजको विकास गर्न पछिल्लो समय यूवा पुस्तालाई मतदाताले रोजेको विश्वास गर्ने उनी समाजको विकास गर्न आतुर छिन् । राजनीतिकमा भर्खरै मात्रा औपचारिक रूपमा प्रवेश गरेकी उनी विद्यालय तहबाट नै राजनीतिमा चासो राख्दै आएकी थिइन् ।
अखिल (कान्तिकारी)को राजनीतिमा सक्रिय मिरा कलिलो उमेरमा नै जनप्रतिनिधिमा निर्वाचित भएकी हुन् ।
माओवादीले जिसस प्रमुख तथा उपप्रमुख कसलाई बनाउँछ जिल्ला तहका नेताहरूसमेत अन्याेलमा परेका छन् । जिल्लाका एघार स्थानीय तहमध्ये नौं पालिका प्रमुख र ६ उपप्रमुख जितेको माओवादीले जिसस बनाउने पूर्वतयारीसमेत गरेको थिएन ।
जिल्लामा गठबन्धन हुने संकेतवीच माओवादीले जिससको तयारीसमेत गरेको थिएन । जिसस बनाउन माओवादीलाई बहुमत पाएको छ।जिल्ला स्तरका नेताका अनुसार जिसस गठनमा अन्य दलसंग पनि कुराकानी भईरहेको दावी गरेको छ ।