८ जेठ काठमाडौ । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा निर्वाचित भए लगतै मेयर विवश चिन्तनले सामाजिक सुरक्षा भत्ता बापत पाउने पैसा अब घर घर गएर वितरण गर्ने निर्णय गरेका छन ।
जनताले उक्त पैसा पाउनको लागि धेरै नै सास्ति पाउने गरेकाले यस्तो कार्यलाई सहज बनाउन आफूले यस्तो निर्णय गरेको बताए । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैकसॅंग सम्वनय गरेर रकम वितरणलाई प्रभावकारी बनाईने बताए ।
विवश चिन्तनले अझै यस्ता थुप्रै प्रभावकारी र जनतालाई सहज हुने कार्य गर्दै जाने प्रतिबद्धता पनि जायर गर्नु भयो ।