बारा । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ ।
बढी मतपत्र फेला परेपछि पुनस: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रर्दशन गरेका छन् ।
फतुवा विजयपुर नगरपालिका-३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांक भन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।
निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ ।
नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका छन् । नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाँउमा पुन: मतदान गर्नुपर्ने माग राखेका छन् ।
पुन: मतदानको माग गर्दै एमाले र माओवादीका मतगणना स्थालमा रहेका प्रतिनिधिहरू निस्केको माओवादीका मेयरका उम्मेदवार तिमल्सिनाले बताएका छन् ।