काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् । बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् ।
बालेनले नैतिकताको आधारमा तत्काल राजीनामा दिएर अबिलम्ब उपचुनाव हुनुपर्ने समेत बताएका छन । उनले ट्वीट गर्दै राजीनामा मागेका हुन् ।मुकुन्दे बालेन साहका कटु आलोचक हुन् । उनले बालेनले महानगरपालिकामा खासै काम गर्न नसक्ने ठोकुवा गर्दै आएका छन् ।
त्यस्तै उता प्रतिनिधसभामा नेकपा एमालेका सांसद कृष्ण बहादुर राईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई एमालेले पूर्णरुपले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकको सून्य समयमा बोल्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन् ।
‘भर्खर निर्वाचित भएर आएको बालेन शाहलाई म भन्न चाहन्छु– हिजो विद्या सुन्दर शाक्यलाई असहयोग गर्ने उपप्रमुख जस्तै आज उपप्रमुखको रुपमा विजय हासिल गर्नुभएको सुनिता डंगोलले तपाईलाई असहयोग गर्नेछैन,’ राईले भने, ‘तपाईँलाई हामी पूर्ण रुपले सहयोग गर्न चाहन्छौं । तर बालेन शाहले संयता अपनाएर अगाडि बढ्न जरुरी छ ।’
फोहोर मैलाले काठमाडौं वासीलाई अत्यन्तै अफ्ठेरो पारेको उनले बताए । काठमाडौंको फोहोर नउठ्दा सिंगो देशलाई प्रभावित बनेको उनले जनाए । ‘मैले यस विषयमा प्रधानमन्त्रीको मात्र ध्यानाकर्षण गरेको छैन, गठबन्धनको ध्यानाकर्षण गरेको छु,’ उनले भने ।