नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा बेहोस भएर ढलेका छन् ।अल्मुताइरी खेल चलिरहेको समायमा बेहोस भएका हुन् । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत घरेलु टोली कुवेतविरुद्धको जारी खेल दौरानका क्रममा अलमुताइरी मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेका छन् ।
मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगेको छ । उनलाई अचेत अवस्थामा अस्पताल लगिएको हो ।