काठमाडौं :
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एमसीसी अनुमोदन गर्ने बेलामा नेपाली जनतामा यो पास भयो भने नेपालमा अमेरिकी सेना मार्च गर्नेछन् भन्ने हल्ला आएर पुष्टि हुन लागेको बताएका छन् ।
वास्तवमा एमसीसी पास गर्ने बेला भएको यस्तो हल्ला आएकाले मी सबै होसियार र सचेत बन्ने बेला आएको बताए ।
उनले आफ्नो राष्ट्रको स्वतन्त्रतालाई बचाऔं भन्दै मगलबार बसेको बैठकमा एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो भने नेपाल असंलग्न मुलुक नरहने, नेपालको एक चीन नीति उल्लंघन हुने, नेपाल अमेरिकी सेनाको चीन विरोधी अखडा बन्ने र क्रमशः नेपाल पनि युक्रेनको दिशामा जाने खतरा रहेको उनले बताए ।
अमेरिकी सेनाले नेपाली सेना समक्ष प्रस्ताव गरेको विवादित र आपत्तिजनक सम्झौता स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताबारे स्थायी कमिटिको बैठकमा छलफल हुनु पर्ने खनालको भनाइ छ ।