काठमाडौं ।टेलिभिजन प्रस्तोता रवी लामिछानेले पूर्णकालीन राजनीति गर्ने भन्दै ग्यालेक्सी फोर के बाट बिदा लिएका छन् ।उनले बिहीबार आफू राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै असार ७ गते काठमाडौंको सभागृहमा भेला गरेर के गर्ने भन्नेबारेमा घोषणा गर्ने बताएका थिए ।
स्रोतले दिएको जानकारीअनुसार लामिछाने संसदको चुनाव लड्ने तयारीमा छन् । उनी कांग्रेस, राप्रपालगायतका दलसँगको संवादमा रहेको स्रोत बताउँछ ।
यसलाई पुष्टि गर्दै लामिछाने निकट रहेका पत्रकार दीपक बोहोराले भने, एमालेका केही नेतासँग छलफल चलिरहेको छ एमाले नै प्रवेश गर्ने हो कि
। नयाँ दल नै खोल्ने कि भन्नेमा पनि गृहकार्य भइरहेको छ ।”
उनले पनि ७ गते नै यसबारेमा जानकारी गराउने तयारी गरेका छन् । कांग्रेसका केही पदाधिकारी र राप्रपाका प्रमुख नेताहरुसँग लामिछानेले एकचरणको संवाद गरिसकेका छन् ।