धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई जनताका बास्तविक प्रतिनिधि हुन् । उनी जनतासँग हुन्छन, जनताकै घरमा खान्छन्, जनताकै सेवामा केन्द्रीत हुन्छन् ।
नेपालको संविधानले स्थनीय तहका जनप्रतिनिधिहरुको व्यवहार, आनीबानी र कामगर्ने तौरतरीका यस्तो होस् भन्ने मर्म बोलेको छ । बास्तविक जनताको प्रतिनिधि भएपछि देश विदेशबाट उनलाई सानो सानो गर्दै ठूलो सहयोग प्राप्त भएको छ ।
अन्य सहरभन्दा धरान सहर सफा र सुदर सहरका रुपमा परिचित छ । त्यही सहरलाई झन सुन्दर बनाउन सामाजिक अभियान्त इशा गुरुङले नगरपालिकाका लागि ठूला डस्वीन सहयोग गर्ने भएकी छन् ।
पूर्वसचिव भीम उपाध्यायका अनुसार गुरुङले धरानका मेयर साम्पाङलाई सडक फोहार व्यवस्थापन अभियानमा सहयोग गर्न १ लाख रुपैयाँ बराबरको ३० वटा ठूलो डस्टबिन उपलब्ध गराउने भएकी हुन् ।
यसले धरानका मेयर साम्पाङलाई धरान सफा अभियानका लागि ठूलो सहयोग पुग्नेछ । यसअघि मेगा बैंक नेपाल लिमिटेडले पनि डस्वीन सहयोग गरेको थियो ।
नगरपालिकाले ३० वटा डस्वीन किन्नका लागि ठूलो पापड पेल्न पर्छ । खरिद ऐन, नियमावलीले यस्ता डस्वीन किन्न ६ महिना लगाइदिन्छ । त्यसकारण यसरी निजी क्षेत्रबाट आउने सहयोगलाई साम्पाङले बहुमुल्य उपहारका रुपमा ग्रहण गर्ने गरेका छन् ।