काठमाडौं, १२ असार । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा घोषणा गर्ने क्रममा रोएकी छन्। यसअघि पर्यटन मन्त्री प्रेम आलेको राजीनामा आइसकेको छ।
मन्त्रालयमा आइतवार साँझ आयोजित पत्रकार सम्मेलनका क्रममा उनी पटक पटक भावुक भइन्।
एकीकृत समाजवादी पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि उनले पटक पटक रोक्ने प्रयास गरेकी थिइन्।
उनी आइतवार अपरान्ह सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनअघि राजीनामा पत्र बुझाउन बालुवाटार पुगेकी थिइन् ।
पटक पटक भावुक भएकी उनले टिस्यु पेपरले आँसु पुछ्दै आफूलाई सहज बनाउने प्रयास गरेकी थिइन्।
भावुक भएपछि माहोल सम्हाल्दै उनी घरी घरी हाँसेकी पनि थिइन्। उनी भावुक हुँदै गर्दा मन्त्रालयका सचिवले उनको प्रशंसामा शब्द खर्चिएका थिए।
तर उनको त्यो आँसु के कारणले आएको हो भने ठम्याउन भएको छ। कतिले त्यो आँसु नाटकको लागि देखाएको भनेर जनताले कमेन्ट गरेका छन्। आफ्नो मंत्री पदमा रहंदा झाँक्रीले कुनै स्मरण गर्न लाइक नरहेको जना गुनासो छ।