संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रमे आलेले आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका छन् ।
आइतबार मन्त्रालयलमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री आफ्नो कार्यकालमा ९० प्रतिशत अंक ल्याउने गरी काम गरेको दाबी गरेका हुन् । उनले आफ्नो काममको मूल्यांकन जनताले गर्ने बताए ।
‘कसैले तपाईंको कामबाट कति ल्याउँछस? भनेर सोधे भने ९० प्रतिशत अंक ल्याएको ठानेको छु,’ पत्रकार सम्मेलनमा आलेले भने, ‘बाँकी जनताले मूल्याङ्कन गर्ने नै छन् ।’उनले आफू पक्रयामा भन्दा पनि एक्सनमा जोड दिने व्यक्ति भएको बताए ।
उनले मन्त्रालयमा २६३ दिन बितेको पत्तै नपाएको उनले बताए । मन्त्री बनेर काम गर्न दिइएकोमा आलेले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिए ।
काठमाडौँको मेयर लड्दा रविले मज्जैले सहयोग गरे र जिते बालेनले, के अब बालेनले सहयोग गर्लान् त रविलाई ? : हुन त यी दुबै जनाबीच प्रत्यक्ष भेटघाट र कुनै पुरानो सम्बन्ध छैन । तर पनि बालेनको पक्षमा माहोल बन्दै गएपछि रबिले बालेनको फोन अन्र्तबार्ता लिएका थिए । त्यतिमात्र हैन खुलेरै सामाजिक सञ्जालमा बालेनलाई सहयोग गर्न सबै समक्ष आव्हान समेत गरेका थिए ।
लामिछानेले आफ्नो पेशागत आचारसंहिताको सीमा नाघ्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको खुला पक्षपोषण गरेका थिए । सामाजिक सञ्जालमा स्टाटस नै लेखेर उनले कांग्रेस–एमालेबाहेकका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएर बालेन्द्रलाई मेयर जिताउन आह्वान गरेका थिए । तटस्थ रहने पत्रकारीताको धर्मलाई साइड लगाउँदै उनले सहयोग गरे ।
उनको आव्हानले बालेनलाई फाइदा त पुग्यो तर अब पत्रकारीता छोडेर राजनितीक मैदानमा होमिएका रबिलाई आउँदो चुनावमा बालेनको साथ र सहयोग कस्तो रहने भन्ने सबैको जिज्ञासा रहेको छ ।
हुन त रबिको पछि थुप्रै जनता रहेका छन् । उनी बालेन भन्दा धेरै अगाडी देखी नै लोकप्रिय रहेका छन् । तर आगामी चुनावमा मेयर बालेनको साथ रबिका लागि पक्कै पनि महत्वपुर्ण हुने कुरामा सबै भरोसाबादी रहेका छन् ।
रबि यतिबेला टेलिभिजनबाट राजीनामा दिएर राजनीतिक दल खोल्दै प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरिसकेका छन् । बालेन निकट स्रोतका अनुसार मेयरजस्तो सार्वजनिक ओहदामा रहेको व्यक्तिले हतारमा कुनै उम्मेदवारको पक्षमा बोलिहाल्न पनि नमिल्ने भएकोले उपयुक्त समयको पर्खाईमा रहेको बताईएको छ ।