विवाहेत्तर सम्बन्धका कारण धेरैका घरमा समस्या आएका छन् । आफ्नो परिवारसंग सन्तोष नभएर अर्कालाई ता क्दा एक पुरुषको ज्यान गएको छ ।
श्रीमान नभएको बेलामा अर्का पुरुषलाई घरमै बोलाएर रोमान्स गरेकै बेलामा श्रीमान आइपुगेपछि भा ग्ने क्रममा पाँचौं तलाबाट हाम फाल्दा पुरुषको ज्यान गएको छ
यो घ’टना भारतको दिल्लीको हो ।दक्षिणी दिल्लीको टिग्री क्षेत्रमा रहेको जेजे कोलोनीमा बसोबास गर्दै आएका ती पुरुषलाई आ’पत्तिजनक अवस्थामा ती महिलाका श्रीमानले भेटेका थिए ।
ढोकामा चुकुल लगाउन समेत विर्सिएर उनीहरु एक अर्कामा लि प्त हुँदै थिए । त्यही बेलामा श्रीमान आएको पनि थाहा पाएनन् ,जब श्रीमानलाई ढोकामा देखे ति पुरुष हतार हतार भा ग्ने क्रममा भवनको पाचौं तल्लाबाट हाम फाले । उनलाई घा’इते अवस्थामा अस्पताल लगिएको थियो ।
तर अस्पतालमा लगिएपनि उनको ज्यान भने जोगिएन । श्रीमानले रंगेहात देखेपछि देह त्या’ग गर्ने प्रयास गरेकी श्रीमती भने जोगाइएको छ ।ति महिलालाई श्रीमान र उनका प्रेमीले बचाएका थिए । श्रीमान घर बाहिर गएको मौकामा अर्का पुरुषलाई घरमै बोलाउँदा यस्तो अवस्था आएको हो ।
यो पनि पढ्नुहोस् :-
देउताको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेच्ने पक्राउ
नयाँ दिल्ली : उत्तर प्रदेशको सम्भलमा हिन्दू देवताहरूको तस्बिर भएको पत्रिकामा कुखुराको मासु बेचेको र प्रहरी टोलीमाथि आ क्रमण गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ।
केही मानिसहरुले आइतबार तालिब हुसैन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू देवी-देवताको तस्बिरसहित अखबारमा बेरिएको कुखुरा बिक्री गरिरहेको उजुरी गरेका थिए। प्रहरी टोली पसलमा पुगेपछि तालिब हुसैनले उनीहरूमाथि छुरी प्रहार गरेका थिए।
तालिब हुसैनलाई आईपीसीको धारा १५३-ए, २९५-ए र ३०७ अन्तर्गत मुद्दा लगाइएको छ। यस विषयमा अनुसन्धान भइरहेको सम्भल प्रहरीले जनाएको छ। बीबीसी
लमजुङको पहिरोले मनाङ यात्रा सकस
मनाङ, २१ असार (रासस) :हिमाली जिल्ला मनाङको यात्रा सकस बनेको छ । अविरल वर्षापछि बेसीँसहर–चामे सडकखण्डमा लमजुङतर्फको भागमा पहिरो खस्दा यात्रा सकस बनेको छ । अधिकांश स्थानमा वर्षा लागेपछि सडक ठाउँ–ठाउँमा पहिराका कारण अवरुद्ध हुँदै आउने गर्दछ । सडक सञ्जालले जोडिएको १० वर्षसम्म पनि यस सडकको सहज यात्रा गर्न सक्ने अवस्था छैन ।
ठेकेदार कम्पनीले सडकलाई व्यवस्थित बनाउन नसक्दा मनाङ आवतजावत मात्र नभई विकास निर्माणमा समेत असर परेको छ । सोही मार्गमार्फत जिल्लामा खाद्यान्न, पूर्वाधार विकासका सामग्री ढुवानी हुने गर्दछ । समय–समयमा पहिरा खस्दा आवतजावत नै बन्द हुने गरेको छ ।
केही समययतादेखि वर्षाका कारण लमजुङको बेँसीसहर नगरपालिकास्थित खरखरे, मस्र्याङ्दी गाउँपालिकास्थित अर्खले, च्याम्चे, स्याङगे, सिरचौरलगायतका ठाउँमा पहिराका कारण सवारी आवगमनमा समस्या भएको छ । मनाङवासीले यही मार्ग हुँदै खाद्यान्नलगायत विकास निर्माणका लागि पूर्वाधारका सामग्री ओसरपसार गर्नुपर्ने हुन्छ । समयमा सामग्री पु¥याउन नसक्दा विकास निर्माणका काममा ढिलाइ हुने ठेकेदार कम्पनी क्याराभान कन्सल्टेन्सीका सबइञ्जीनियर नारायण लामाले बताउनुभयो । प्राकृतिक विपद्ले मनाङको विकास र पुनःनिर्माणको काम पाए पनि बाढपहिरो र हिमपातले गर्दा समयमा पूरा गर्न नसकिएको उहाँ बताउनुहुन्छ ।
वर्षामा बाढी–पहिरो, हिउँदमा हिमपातले गर्दा जिल्लाको विकास निर्माण तथा खाद्यान्न ढुवानीमा समस्या भएको छ । कहिले हिमपात त कहिले बाढीपहिराको बाहनाले निर्माणमा ढिलाइ गर्ने गरेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो । “प्राकृतिक भू–बनोट पनि विकट छ । ठेकेदार कम्पनीलाई बाहना बनाउने आधार बनेको छ । यो बाहनालाई समाधान गर्न लागिरेहका छौँ । सडक निर्माणको कामलाई दबाब दिँदै समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको दायरामा ल्याउने प्रयासमा छौँ”, उहाँले भन्नुभयो ।
लमजुङ सदरमुकामबाट मनाङको सिमानासम्म कूल ३५ किलोमिटर लमजुङतर्फ यस सडकमा मात्रै करिब ३५ ठाउँमा पहिरो खसेको अवस्था छ । बर्सेनि यो समस्याले मनाङवासीका साथै पैदलयात्री पर्यटकलाई आवतजावतमा कठिनाइ भएको स्थानीय बताउँछन् । सहज तवरबाट यात्रा गर्न कहिले पनि नपाउने हो कि भन्ने मनाङवासीको चिन्ताको विषय बनेको छ ।
हुन त मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडकको स्तरोन्नति एवं कालोपत्र गर्ने केही स्थानमा भएको छ । तर पनि सहज भने हालसम्म पनि बनाउन सकिएको छैन । क्याराभानले विसं २०७२ देखि पाएको ठेक्का हालसम्म पनि पूरा गर्न सकेको छैन ।
बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्नका लागि पहिलो चरणको कार्य हालसम्म सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सडक चौडाइ गर्ने, पर्खाल उठाउने, कटिङ गर्ने, कल्भर्ट बनाउने, नाली बनाउनेलगायतका काम भइरहेको छ । पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र मान्छे हिँड्ने एक मिटरको सडक चौडाइ हुनेछ । बस्ती भएको ठाउँमा भने दुईतर्फी नै नाली बन्ने र बस्ती नभएको ठाउँमा एकतर्फमात्रै नाली निर्माण हुने भएको छ ।