मनु ब्राजाकीकै शैलीमा ‘तिम्रो लोग्ने र म’ लेख्नुपर्ने कुनै कारण थियो ?
स्(त्यो कथा मैले आफू किशोरी हुँदा पहिलो पटक पढेकी थिएँ। कथाको पात्र अर्काकी श्रीमतीसँग हाकाहाकी बेडसम्म पुगेको कुरा पढ्दा मेरा कान रातापीरा भएका थिए। लो’ग्नेमानिस कति सजिलै यस्ता कुरा लेख्न सक्छन्, स्वास्नीमानिसले यस्तो लेख्न सक्लान्रु कसले लेख्ला यस्तो कुरा भन्ने लागेको थियो।
तैपनि मैले नेपाली साहित्यमा स्नातक गर्ने बेलासम्म त्यस्तो कुरा कसैले लेखेनन्। अरुले कहिले लेख्छन् भनेर कुरेर बस्ने कि आफैले लेख्नेरु भन्ने प्रश्न मनमा आयो। त्यसपछि आफैंले लेख्न थालें।
यति विवाद र प्र’शंसा होला भन्ने लागेको थियो ? त्यो कथा २०६८ सालको मधुपर्कमा प्रकाशित भयो। छापिनुअघि यति धेरै प्रतिक्रिया आउला भन्नेचाहिँ लागेको थिएन। नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया बढी पाएँ। स्वयं मनु ब्राजाकीले– ‘म’हिलाले महिलाका पक्षबाट कसैले यो कथा लेखोस् भन्ने चाहेको थिएँ, तपाईंले लेख्नुभयो।
तपाईंलाई धन्यवाद र बधाई छ।’ भन्नुभयो। लोग्नेमान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नीमान्छेले अर्काको लोग्ने फकाउन किन मिल्दैनरु चर्चामा आउन पुरानै कुरा दोहोर्याएर लेखेको भनेर केहीले आलोचना नगरेका होइनन् तर ती कुरालाई मैले गौण मानेकी छु।
धेरैजसो महिला आर्थिक रूपमा परनिर्भर छन् त्यसको असर उनीहरूको यौ’निक स्वतन्त्रतामा पनि परेको छ। उनीहरू लोग्नेमानिसको इच्छा र इसारामा यौ’न कर्म गर्नुपर्ने बाध्यतामा छन्। मेरो विचारमा आर्थिक रूपमा सक्षम नहुन्जेल महिलाहरूको यौ’निक स्वतन्त्रता कुण्ठित नै हुन्छ।
कसरी लेखक हुनुभयो ? मेरो बुवा चितवन शिखरवास आफैंमा त्यो बेलाको प्रसिद्ध कवि हुनुहुन्थ्यो। उहाँका पाँचवटा पुस्तक प्रकाशित छन्। उहाँ राजा महेन्द्रको हातबाट स्वर्ण पदक र भारतीय दूतावासबाट पुरस्कृत हुनुभएको थियो। उहाँ हिन्दीमा धेरै लेख्ने भएकाले पनि नेपालमा भन्दा भारतमा परिचित हुनुहुन्थ्यो। यद्यपि मेरो लेखनमा उहाँको खासै योगदान छैन।एजेन्सी