काठमाडौं। सोमबार राती काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफ्नो अन भेरिफाइड फेसबुक पेजमा पोष्ट भएको आक्रामक स्टाटस केही बेरमै हटाएका छन् ।
बालेन भन्ने पेजमा उनले लेखेका थिए- काम गर्न देउ, डिस्टर्ब नगर। बालेनका बालेन नामका भेरिफाइड र अनभेरिफाइड दुई वटा फेसबुक पेज रहेका छन्। बालेनको उक्त स्टाटसलाई लिएर केहीबेरमै कमेन्टको वर्षा भएको थियो।
बालेन बजेटमा समेटिएका विषयलगायत विभिन्न कारणले पछिल्लो समय विवादमा तानिएका छन्।