बालुवाटारमा गभर्नर विरुद्ध प्रदर्शन गर्ने विद्यार्थीहरु पक्राउ !

Spread the love

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिएको छ। अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन्।

आइतबार बिहान काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्।