हामीले जनता बिर्सियौं,पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं: कृष्णबहादुर महरा

Spread the love

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी चयन गर्न धौ धौ परेको बताएका छन् ।प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले माओवादी पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी व्यवस्थापनमा समस्या परेको बताए ।

हामीले जनता बिर्सियौं । सहर ताक्न थाल्यौं । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौं । हामीलाई अहिले पदमात्रै चाहिएको छ । त्यसैले पदाधिकारी छान्न हामीलाई धौ धौ भइरहेको छ, महराले भने ।

उनले पार्टी बिग्रिएको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै पार्टी सुधारका लागि सबैले पहल गर्नुपर्ने बताए ।नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै उनले भने, ‘विद्रोहका नाममा बन्दुक बोक्ने बेला यो होइन । अहिले कलम चलाउने बेला हो ।

यो पनि पढ्नुहोस
स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।