खोला छ सिँचाइ छैन, मान्छे छन् काम छैनः ओली

Spread the love

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रसस्त खोलानाला भए पनि खेतीपातीका लागि सिँचाइको सुविधा नभएको बताएका छन्।

सोमबार राजधानीमा आयोजित ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ओलीले नेपालमा किसानका लागि सिँचाइ, युवाहरुका लागि रोजगारी नभएको बताए।

पुस्तकबारे चर्चा गर्दै उनले त्यसमा थुप्रै कुरा समेटिएको बताए। पुस्तक दुई किलोको कागजमा समेटिएको भन्दै त्यस पुस्तकमा धेरै तथ्य, विषय र विश्षलेषण समेटिएको बताए।

जलको सदुपयोग जमिनसँग जोडिएको उल्लेख गर्दै ओलीले नेपालको हावापानी र जलस्रोतको प्रचुर सम्भावना रहेको बताए। ‘खोला छन् सिँचाइ छैन, मान्छे छन् काम छैन, युवा छन् रोजगारी छैन,’ ओलीले भने।