प्रचण्डले मेरो खुट्टा नतानेको भए आज हाम्रो देश सिंगापुर भईसकथियो : केपी ओलि

Spread the love

काठमाण्डाै ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रचण्डले अाफ्नाे खुट्टा नतानेको भए आज देश सिंगापुरकाे जस्तै बिकासकाे लयमा जाने दावी गरेका छन् ।।

अाेलीले भने म बिकास र समृद्धीकाे नारा बाेकेर हिडिकाे प्रचण्डहरुले देखि सहेनन् र शेरवहादुर बाेक्न गए त्यसकारणकाे याे अबस्था भएकाे अाेलीकाे भनाइृ रहेकाे थियाे ।

जनार्दन शर्माकाे तथ्य बाहिर आउँछ भनेर मन्त्रालयकाे सीसीटीभी फुटेज नै गायब पारियाे : ओली
काठमाण्डाै । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदहरूले नै समितिलाई कल डिटेल हेर्न नदिएको जिकिरसमेत गर्नुभयो ।

साउन १५ (खिर खाने दिन) को अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायब गरिएको दाबीसमेत गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ तर हेर्न नपाइने ।’

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ सङ्केत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताउनुभयो ।

‘संसद्‌बाट पारित व्याख्यात्मक टिप्पणी एमसीसीको अभिन्न अंग भइसकेको छ’
काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद्‌बाट पारित भएको एमसीसीमाथिको व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले स्वीकार गरेको बताएका छन् । उनले संसद्‌बाट व्याख्यात्मक टिप्पणीसँगै एमसीसी पारित भएको २ घण्टाभित्रै अमेरिकाले स्वागत गरेकाले शंका नगर्न आग्रह गरे ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री शर्माले जेनेभा कन्भेन्सन र संयुक्त राष्ट्रसंघका व्यवस्थामा पनि सन्धी गर्दा व्याख्यात्मक टिप्पणीको व्यवस्था रहेकाले एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गर्ला कि भनेर आशंका नगर्न सांसदहरूलाई आग्रह गरेका थिए ।

‘एमसीसीको बारेमा यस सम्मानित सदनले पास गरेको हो । व्याख्यात्मक टिप्पणीसहित पास गरेको हो । झन्डै ९ बजेको थियो हामीले यहाँबाट व्याख्यात्मक टिप्पणीसहित पास गर्दा र पौने ११ बजे अमेरिकाले स्टेटमेन्ट जारी गरेर स्वागत गरेको छ ।

उसको सन्धिमा व्याख्यात्मक टिप्पणीसहित पास गरेर पठाउँदा स्वागत गर्छ कसैले ? आपत्ति गर्थ्यो होला, पहिलो कुरा तत्काल स्वागत गरेको छ,’ उनले भने, ‘भियना कन्भेन्सनल ल अफ ट्रिटी, १९६९ को दफा ३४ अनुसार र अन्तर्राष्ट्रिय गाइडलाइन छ । संयुक्त राष्ट्रसंघको गाइडलाइन २०११ छ । जसले द्वीपक्षीय सन्धिमा व्याख्यात्मक टिप्पणी हुन्छ भनेको छ । अर्को पक्षले स्वीकार गरेमा अभिन्न अंग बन्छ भनेको छ । हाम्रो सन्धि कार्यान्वयन गर्ने कार्यविधि छ । त्यसले पनि ब्याख्यात्मक घोषणा गर्न सकिनेछ भनेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको गरेपछि त्यसमा कुनै आशंका नरहेको व्यवस्था अनुरोध गर्न चाहन्छु ।’

संसद्‌बाट एमसीसीलाई व्याख्यात्मक घोषणासहित पारित गर्ने क्रममा शर्माको पनि भूमिका रहेको बताइएको छ । एमसीसी पारित भएपछि उनी मन्त्री भएका थिए ।

एसपीपीबारे संसदमा एकै स्वर : शक्ति राष्ट्रको सामरिक स्वार्थ स्वीकारिँदैन
१ असार, काठमाडौं । अमेरिकी सैन्य रणनीति अन्तर्गत रहेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर हुन लागेको चर्चामाथि प्रतिनिधिसभामा विरोध भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले एसपीपीको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै त्यसमा समर्थन नगर्न सुझावसमेत दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा एसपीपीमा हस्ताक्षर गर्न लागेको र त्यसको लागि अमेरिकाले दबाब दिएको भन्दै सार्वजनिक रूपमा समेत सरकारमाथि खबरदारी भइरहेको छ । यही सन्दर्भमा सांसदहरूले पनि सरकारलाई शक्ति राष्ट्रको सामरिक स्वार्थ जोडिएको विषय नस्वीकार्न प्रष्ट सन्देश दिएका हुन् ।

सरकारलाई खबरदारी गर्दै सांसदहरूले संसदमा अनेक कोणबाट एसपीपीको व्याख्या र विश्लेषणात्मक धारणा राखे । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदहरूले यस विषयमाथि प्रधानमन्त्री देउवाको धारणा माग गरे ।