लोकल रक्सीसँग सितन खान नपाउदा ओलीको मिर्गौला फेल भयो : मुख्यमन्त्री राई

Spread the love

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथी छुद्र टिप्पणी गरेका छन्। मंगलबार नेकपा एकीकृत प्रदेश १ कमिटीले गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीको मिर्गौला लोकल ठर्रा (स्थानीयस्तरमा उत्पादित कोदोको रक्सी) पिएर फेल भएको छुद्र टिप्पणी गरेका हुन् ।

कुनै बेला एमालेमै रहेका नेता राधाकृष्ण मैनालीलाई उद्धृत गर्दै मुख्यमन्त्री राईले ‘लोकल रक्सी’सँग सितन र खाना नखाएका कारण पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको मिर्गौला फेल टिप्पणी गरेका हुन्।

‘केपी ओलीको मिर्गौला किन फेल भो भनेदेखि, हामी जेलबाट निस्किसकेपछि हामीसँग राम्रो जातको रक्सी खान पैसा थिएन। राम्रो होटलमा गएर खाने पैसा पनि थिएन। हामी पाटनका गल्लीका छाप्रे होटलमा गएर सस्तो जातको ठर्रा नामक रक्सी खान्थ्यौँ।’

मैनालीको भनाइ उद्धृत गर्दै राईले भने, ‘त्यस अवस्थामा मासु र तरकारी खाने पैसासमेत हामीसँग थिएन। हामी रक्सी मात्रै खान्थ्यौँ। त्यो रक्सीको असरस्वरूप केपी ओलीको मिर्गौला फेल भएको हो भनेर राधाकृष्ण मैनालीले भन्नु भएको छ।’

वैचारिक नेताको परिचय पनि बताएका मुख्यमन्त्री राईले मैनालीको भनाइलाई अझै कार्यकर्तामाझ राखे। ‘म अलिकति बलियो बाङ्गो भएकाले, मैले चाहिँ पचाए। ऊ चाहिँ ज्यानमा पनि अलि रोगी बिरामी, बच्चामा पनि खान नपाएको भनेर राधाकृष्णले भन्नु भएको थियो’, राईले अझै थपे, ‘तर म आज यस्तो तर त्यस्तो मान्छेको अर्बौंको सम्पति, काठमाडौंमै दुई चारवटा घर। अनि अर्बौंको बैँक ब्यालेन्स र विदेशी बैंकमा पैसा कसरी आउँछ ?’

यो पनि पढ्नुहोस
स्थानीय निर्वाचन परिणामले नेपालका प्रमुख दलहरुमध्ये मुख्य दुई वाम दल एमाले र माओवादीमा गम्भीर छटपटी भइरहेको छ। निर्वाचन परिणामले एमालेलाई गहिरो धक्का दिएका कारण विशादमा डुवेजस्तो प्रतित हुँदैछ।

माओवादीले गत निर्वाचनको भन्दा केही तहमा बढी जित निकाले पनि सन्निकट संघीय निर्वाचनले उसलाई चर्कै बेचैन बनाएको प्रचण्डको दौडधुपले स्पष्ट गरेको छ । स्थानीय निर्वाचनबाट पहिलो दल बनेको र आगामी संघीय निर्वाचनबाट पनि त्यही हैसियत कायम गर्ने मनसुवा पालेको कांग्रेस दुइ वाम दलका क्रियाकलापबाट अत्तालिनु अस्वभाविक होइन ।

तर पनिे नेकाको बलियो आशा के छ भने आगामी चुनाव पनि हालै सम्पन्न स्थानीय चुनावकै जस्तो निरन्तरता हुनेछ, त्यसो भएमा प्रचण्डको कुनै बेलाको चर्चित भनाई ‘ढाडमा टेकेर टाउकोमा हान्ने‘ नीति अनुसार देउवाले प्रचण्डको ढाडमा टेकेर ओलीलाई हिर्काउन सफल हुनेछन् । ओलीले पाएको चोटबाट प्रचण्डले सन्तोष लिनुपर्ने वाध्यता नेपाली अग्रगामी राजनीतिको दुःखद विडम्वना हो ।

त्यसैगरी ओलीले प्रचण्डको ‘पत्तासाफ‘मा विजयी ठान्ने जस्तो दुर्दान्त राजनीतिक जमिनले नेपालकै भूसतह अरुकसैका लागि दुरुपयोग हुने खतरा त उत्पन्न भएको छै्रन भन्नेतर्फ विभिन्न विषयका बेत्ताहरुले अध्ययन गर्न थालिसकेको हुनु पर्दछ । यो बेग्लै छलफलको विषय हो ।

स्थानीय निर्वाचनमा देखिएको विचित्र गठबन्धनको गलफत्तीले र वाम दलको विश्रृंखलताले फगत कांग्रेसलाई बलियो बनाउने एकमात्र उद्धेश्य पूरा गरेको तथ्य कुनै कोणबाट पनि खण्डन हुनसक्दैन । तलतिर कांग्रेस बलियो भइरहँदा माथितिर आगामी राजनीतिक परिदृश्य कस्तो होला भनेर आंकलन शुरु हुनु अस्वभाविक होइन ।