बालेन भर्सेस् हर्क साम्पाङ, स्टाट्स मै पर्यो यस्तो लफडा !

Spread the love

काठमाडौं – नेपाली राजनीतिमा बालेन र हर्क साम्पाङ एक आश लाग्दा नेता हुन् । स्वतन्त्र उठेर जित हाँसिल पारेका मेयर हुन् । तर जित हाँसिल पारेपछी धरानमा हर्क साम्पाङले कमाल गरेर देखाएका छन् भने यता बालेन भने माख्खो मार्न सकेका छैनन् ।

फोहोर व्यवस्थापनको कुरामा अल्झेका बालेनलाई यतिबेला असफल मेयरको ट्याक लागेको छ । निर्वाचन अघिका बालेन र अहिलेका बालेन निकै फरक छ । र, यतिबेला जताततै मेयर बालेनको कटाक्ष र आलोचना मात्रै भईरहेको छ ।

हर्क साम्पाङ काठमाडौं आएर फर्किएपछि फेसबुकमा एउटा स्टाट्स हालेकन छन् । उक्त स्टाट्सका बालेनको रिप्लाई पनि आएको छ ः–

याे पनि ः

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको एक स्टाटसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लज्जित हुनेगरी स्टाटस लेखेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको मथिङ्गल हल्लाउनेगरी बालेनले एक स्टाटस लेखेका हुन् । प्रचण्डका लागि केपी ओलीका भन्दा झन् कडा बनेर निस्किएका छन् बालेन ।

बालेनको स्टाटसपछि उनको समर्थनमा सामाजिक सञ्जालमा व्यपाक प्रतिक्रिया आएका छन् । बालेनले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा प्रचण्डको कडा शब्दमा आलोचना गरेका छन् । हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् ।

यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ । यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत हुन् ।

बालेनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’

यस्तै यता काठमाडौं महानगरपालिकाका मेयर बालेनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा छलफल गरेका छन् ।

छलफलमा उनले धादिङको धुनवेशी नगरपालिकाका सत्तारुढ गठबन्धन दलकै स्थानीय नेताले फोहोर व्यवस्थापन रोक्न माग गर्दै विज्ञप्ति जारी गरेकामा प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । बालेनले सत्तारुढ दलले असहयोग गरेको भन्दै समाधानको पहल गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

बालेनको सचिवालय अनुसार मेयर साहले बञ्चरेडाँडामा जाने सडक तत्काल बनाउन प्रधामन्त्रीले पहल गरिदिनुपर्ने पनि बताएका थिए । ‘भेटमा मेयरले बाटो निर्माणको विषयलाई प्राथमिकता दिएर फोहोर व्यवस्थापनमा संघीय सरकारको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।

छलफलपछि प्रधामन्त्रीज्यूले सहयोग गर्न तयार रहेको जवाफ दिनुभएको छ, उहाँले सकरात्मक उर्जा सहित सबै खालको सहयोग गर्न तयार छु भन्नुभएको छ,’ बालेनको सचिवालयका एक सदस्यले भने । सत्तारुढ दलका स्थानीय कार्यकर्ता नै फोहोर व्यवस्थापनमा अवरोध गर्दै सडकमा आएपछि बालेनले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।