हर्क साम्पाङलाई चुनौती दिँदै बालेनले यस्तो काम गरेर देखाइदिए, हर्कले खाए तीन छक्क !

Spread the love

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जनप्रतिनिधिहरूको बैठक सकिएको छ। आज दिउँसो २ बजे ककनीमा सुरु भएको उक्त बैठक आज साँझ ७ बजे सकिएको हो ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल र नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ३ बुँदे सहमति भएको छ ।

फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति पछि फोहोरको अवरोध अन्त्य भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । ‘अब भोलिदेखि फोहोर व्यवस्थापन सहज हुने आशा गरेका छौं’ उनले भने ।

यसअघि फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धादिङको धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका ३ नेतामाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तर सो विज्ञप्तिलाई पनि आन्दोलनकै हिस्सा मानेर कारबाही अघि नबढाउने सहमति भएको धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए ।

तर सहमति कार्यान्वयनमा आशंका रहेको उनी बताउँछन् । ‘यस्तो वार्ता पटक पटक गरेका छौं । ३ वटै जिल्लाका सीडीओसाबहरुसँग संयुक्त वैठक भएकोले धोका हुँदै भन्ने आश गरेपनि कार्यान्वयनमा भने पूर्ण रुपमा विश्वस्त हुनसक्ने अवस्था छैन’ उनले भने ।

बैठक करिब छ घण्टा चलेको थियो । बैठकले विगतमा भएका निर्णयहरुलाई कडाइसाथ कार्यान्वयन गर्नेबारे छलफल भएको थियो। सिडिओ रिजालका अनुसार निर्णय गर्ने तर कार्यान्वयन नगर्ने यसअघिका गल्ती दोहोरिन नदिने सहमति भएको छ।

‘पहिले भएको निर्णयहरू कार्यान्वयन नभएको भन्दै फोहोरको समस्या बेलाबेलामा बल्झिरहेको छ। अब ती निर्णयहरू कडाइका साथ कार्यान्वयनमा जान्छन्’ उनले भने।

फोहोर लैजाने बाटोमा धुलो रोक्ने काम गर्ने, पानी छम्कने र फोहोर फाल्ने ठाउँमा औषधी छम्कने काम गर्ने निर्णय भएको छ। फोहोर बिसर्जन भएको विन्दूमा माटोले राम्रोसँग पुर्ने कुरा भएको छ। यस्तै तीन÷तीन दिनमा प्लास्टिक, त्यसमाथि माटो, माटोमाथि फोहोर नगन्हाउने बनाउन चुना लगायतका केमिकलहरू छर्कने सहमतिलाई कडाइका साथ पालना गर्ने निर्णय भएको उनले बताए।

‘फोहोर बोक्ने गाडीहरूले लिच्चड चुहाउँदै र फोहोर खसाल्दै हिँड्ने गरेको गुनासो आएको छ। त्यस्तो गर्ने कडाइका साथ रोक लगाउने कुरा भएको छ। यसका साथै फोहोरलाई गाडीमा राम्रोसँग छोपेर मात्रै उक्त स्थानमा लैजाने भएको छ’ उनले भने ‘यसका साथै प्रहरीले पक्रिएका मानिसलाई छोड्ने र घाइतेलाई काठमाडौं महानगरले नै उपचार गर्ने निर्णय समेत भएको छ।

छलफलमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनवेशी नगरपालिका र ककनी गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीय नेता सहभागी थिए ।