काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाइ भेट्न खुमलटार पुगेका धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङलाई प्रचण्डले फुरुक्क पारेर फर्काएका छन्।
प्रचण्डलाई भेट्न आज उनको निवास पुगेका साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघालाई प्रचण्डले दुई युवाहरू सफल हुनुपर्ने भन्दै आफ्नो पूर्ण साथ रहने बताएपछि फुरुक्क परेर फर्किएका हुन् ।
तपाईंहरू दुबै युवा हुनुहुन्छ। एउटा राईको छोरा, अर्को लिम्बुको छोरा हुनुहुन्छ। जातीय मनोविज्ञान पनि मिलेको छ, प्रचण्डको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव मल्लले भने, तपाईंहरू सफल हुँदा धरानवासी र पूर्वका जनताले सुख पाउँछन्। धरान पुर्वको एउटा केन्द्र पनि हो। तपाईंहरूलाई सफल बनाउन हाम्रो साथ रहन्छ ।
यसअघि पनि आफूले साम्पाङकलाई लोकतन्त्रको फूलबारीमा फूलेको सुन्दर फूल भनेको स्मरण गर्दै प्रचण्डले साम्पाङको प्रशंसा गरेका थिए।