जाँड खाएर मरेकाको शालिक बनेको छ, युद्धमा मरेकाहरुको नामै छैनः ओली

Spread the love

काठमाडौं ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सिध्याउन भनेर हिडेको माओवादी केन्द्रको नाममा केही भन्नु बाँकी नरहेको बताएका छन् ।पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले माओवादी केन्द्र कम्युनिष्ट सिध्याउन नेपाली कांग्रेसको पछि लागेको बताए ।

त्यस्तो माओवादीको के कुरा गर्ने ? स्वाँस्वाँ फवाँफवाँ गर्दै कांग्रेसलाई पछ्याएर हिडेको छ, ओलीले भने ।माओवादीले शहीद, घाइते र अपाङ्गहरु बिर्सिएको आरोप लगाए । महान जनयुद्ध भन्थ्यो, १७ हजार मरे । कति अंगभंग भए उनले भने, ‘युद्धमा होमिएका युवाहरु आज कहाँ छ, अपाङ्गहरु कहाँ छ ?

ओलीले नेताका आफन्त जाँड खाएर मरेपनि शालिक बनाइएको, तर युद्धमा मारिएकाहरुको नामै नभएको बताए । जाँड खाएर मरेकाहरुको शालिक बनाएको छ, युद्धमा परेकाहरुको शालिक बनाएको छ? ओलीले भने, ‘युद्धमा मरेकाहरुको नामै छैन । को थियो, कहाँ थियो ? त्यस्तो माओवादीको कुरा गर्ने ?

असार मसान्तमा सेनेटरी प्याड खरिद गरेपछि बेरुजु
नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राका लागि आर्थिक वर्षको अन्तिम असार ३० गते सेनिटरी प्याड खरिद गरेको पाइएको छ । वर्षभरिलाई आवश्यक पर्ने सेनिटर प्याड आर्थिक वर्षको अन्तिममा खरिद गर्दा छात्राहरूले प्रयोग गर्नबाट वञ्चित भएका हुन् ।

जसले गर्दा पालिकाले लिएको लक्षित उद्देश्य पूरा नभएको महालेखा परीक्षणले जनाएको छ । महिनावारीका समयमा नेपालगन्ज उपमहानगरका सामुदायिक विद्यालयका छात्राहरूले सेनिटरी प्याड प्रयोग गर्न नपाएको भन्दै असार ३० गते खरिद गरिएपछि महालेखा परीक्षकको कार्यालयले २० लाख ६ हजार १४ रुपैयाँ बेरुजु देखाएको छ ।

उपमहानरपालिकाले छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन जयमाता दी हाइजेनिक प्रोडक्ट प्रालिलाई प्रतिप्याकेट २१ दशमलव ७६ रुपैयाँका दरले ६६ हजार ४ सय १७ प्याकेटको १६ लाख ३३ हजार १ सय ४३ रुपैयाँ मूल्य अभिवृद्धि करसमेत गरी भुक्तानी दिएको देखिन्छ ।

तर, उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा खरिद गरी वितरण गर्न बाँकी रहेकाले भर्पाईसमेत पेस गर्न सकेको छैन । त्यस्तै, सेनिटरी प्याड इन्सिनेटर मेसिन खरिद गरेबापत स्मार्ट टेम इन्फोसिसलाई ३ लाख ७२ हजार ९ सय रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।

तर, इन्सिनेटर मेसिन कुन कुन विद्यालयलाई वितरण गरिएको भन्नेबारे उपमहानगरसँग कुनै अभिलेख छैन । महालेखा परीक्षकको कार्यालयले इन्सिनेटर मेसिन उपलब्ध गराएका विद्यालयको अभिलेख उपलब्ध गराउन सुझाव दिएको छ ।

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ५ बमोजिम उपलब्ध सेनिटरी प्याडको अभिलेख जिन्सी खातामा व्यवस्थित रूपले राखी विद्यालयका छात्राहरूको नाम स्पष्ट खुल्ने गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

त्यसैगरी कार्यक्रमको कार्यान्वयनको प्रगति विवरण मन्त्रालयले तोकेको ढाँचामा चौमासिक रूपमा विद्यालयले स्थानीय तहमा र स्थानीय तहले प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था रहेकामा लेखा परीक्षणको क्रममा कुनै पनि प्रगति विवरण देखिएको छैन ।

सामुदायिक विद्यालयलाई शैक्षिक सत्र सुरु भएपछि सेनिटरी प्याड उपलब्ध नराई आर्थिक वर्षको अन्तिममा उपमहानगरपालिकाले खरिद गर्दा उपलब्धि नदेखिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख रामबहादुर चन्दले सामुदायिक विद्यालयका छात्राका लागि सेनिटरी प्याड शिक्षा शाखाबाट खरिद गरिएको बताए ।