बालेन साह र हर्क साम्पाङको फेसबुक वार विस्तारै कुल डाउन हुँदै ,

Spread the love

दुई दिन देखी सामाजिक संजालमा जुहारी खेलिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको फेसबुक वार विस्तारै कूल डाउन हुँदै गएको छ ।

दुई दिन सम्म लगातार बालेन विरुद्ध स्टाटस वार चलाएका धरानका मेयर हर्क साम्पाङ विस्तारै शान्त भएका छन् उनले केहि बेर अघि मात्रै अब झगडा नगरौं मिलौं भनेर स्टाटस लेखेका छन् । साम्पाङले ठुला ठुला गफ लाउने होइन साना साना काम गरौं एक अर्काको विरोधमा होइन मिलेर अघि बढौं भनेर लेखेका छन् ।

बढिनै आलोचना हुन थाले पछि साम्पाङ हच्किएका छन् । यता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि शान्त हुँदै गएका छन् । हर्कको स्टाटसमा बालेनले कमेन्ट गरे पछि सुरु भएको फेसबुक वार अब भने सेटल हुने बाटोमा गएको छ ।

बालेनले पनि भर्खरै स्टाटस लेख्दै काठमाडौंको फाहोर व्यवस्थापनमा चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् । बालेनले सिधै हर्क साम्पाङको नाम नलिए पनि उनको स्टाटसको आसय हर्क तिरै लक्षित देखिन्थ्यो । यसरी सबैतिरबाट चासो व्यक्त हुन राम्रो भएको भन्दै भन्दै बालेनले आभार व्यक्त गरेका छन् ।

बालेनले निकै फराकिलो पन देखाएर स्टाटस लेखेका छन् उनले काठमाडौं देशकै राजधानी भएकाले यहाँ हुने राम्रा र नराम्रा कामले देशैभरी प्रभाव पर्ने कुरामा सचेत रहेको भन्दै फोहोर व्यवस्थापनमा देखिएको सबैको चासोलाई सकारात्मक र सरहानिय रहेको भनेका छन् ।

त्यत्तिमा मात्रै नरोकिएका बालेनले यसरी चासो राखिदिएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै चासो राखिदिन पनि अनुरोध गरेका छन् ।

बालेनलले अब काठमाडौ लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन भन्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।आफ्नो सामाजिक संजाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लेखेको स्टाटस यस्तो छ,

आज २८७ फोहोर गाडी फोहोर बञ्चरे पुगेका छन् । यसमा साथ, सहयोग दिने सबैलाई धन्यवाद छ अब काठमाडौं लाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि हट्ने छैन ।काठमाण्डौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौं ।

यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सहानीय मानेका छौं। यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहन्छ । तपाईहरुको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि हामी आभारी छौं।

बालेन र हर्कको दुई फरक फरक स्टाटसले उनीहरु विचको फेसवुक वार अब सकिएको अनुमान गरिएको छ । दुवैका समर्थकहरुले अब यो विषयलाई यहि अन्त्य गर्न अनुरोध पनि गरेका छन्।

बालेनले एउटा स्टाटसमा कमेन्ट गरे पछि विच्कीएका हर्कले दुई दिन सम्म लगातार फेसबुकमा बालेन विरुद्ध स्टाटसको बर्षा गराएका थिए ।

दुई स्वतन्त्रहरु एक आपसमा भिडे पछि देशभरका उनीहरुका समर्थकहरु निराश भएका थिए । बालेन र हर्कको जुहारीले स्वतन्त्रहरु प्रतिको दृष्टिकोणनै नराम्रो भएको भन्दै चिन्ता पनि समर्थकहरुले व्यक्त गरेका थिए ।

दुई दिन बालेन र हर्ककै चर्चाले सामाजिक संजाल रंगिएको थियो । दुई जनाले राजनितिक दलका कार्यकर्तालाई भने गजबको मसाल दिएका थिए।