३ दिनपछि हर्कलाई बालेनको जवाफः ‘ढिलो आयो तर बोल्ड आयो’

Spread the love

काठमाडौं । जबसम्म फोहोर उठ्दैन, म व्यंग्य गरिरहन्छु। , ‘जुन दिनसम्म काठमाडौंको फोहोर सोहोरिँदैन, सहर सफा हुँदैन। त्यसैले धरानले मात्र होइन, चारैतिरबाट प्रहार गर्नुपर्छ अनि बल्ल काम हुन्छ।’ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुक्रबार भिडियोमार्फत काठमाडौं महानगरपालिकाका मेयर र सरोकारवालाई हरु लक्षित गरेर दिएको अभिव्यक्ती हो यो । साम्पाङले काठमाडौंको फोहोरलाई लिएर निरन्तर स्टाटस समेत लेखिरहेका छन् ।

जसले जे भनेपनि धरानका मेयरको अभिव्यक्तीले धेरै दबाब परेको छ र काठमाडौंको फोहोरमा तिब्र गतिमा काम हुन थालेको खबर बाहिरिएको छ । काठमाडौंको फोहोर धरानका मेयरका स्टाटस र अभिव्यक्तीपछि रफ्तारमा उठिरहेको छ ।बालेनलाई पनि हर्कको सामाजिक सञ्जालको निरन्तरको प्रहारपछि ठूलो उर्जा मिलेको बुझ्न सकिन्छ । बालेन आलोचकलाई कामबाट जवाफ दिने छवि बनाउदै आएका छन् । यसैबीच, फोहोरमा पनि यही छवि प्रकट गरेका हुनसक्ने बुझिएको छ ।

यसैबीच, बालेनले हर्कलाई इंगित गर्दै आज शुक्र्रबार राती एउटा स्टाटस लेखेका छन् । उनको स्टाटसलाई धेरैले हर्कको रिप्लाई अर्थात हर्कलाई पथ्थरको जवाफ फुलबाट भन्दै प्रतिक्रिया दिएका छन् । केहीले बालेनले हर्कलाई ढिलो तर बोल्ड जवाफ दिएका प्रतिक्रिया दिएका छन् ।

आज २८७ फोहोर बोकेका गाडी बञ्चरेडाँडा पुगेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने उल्लेख गरेका छन् ।‘काठमाडौं देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ । यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ‘ उनले भनेका छन् ।

यस किसिमको चासो र खबरदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारीहरु लागि आफूहरु आभारी रहेको शाहको भनाइ छ । बालेनले स्टाटससँगै फोहोर बोक्ने गाडीहरुको तस्वीर पनि सार्वजनिक गरेका छन् ।