नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धमा घाइते भएका लडाकुको उपचार अब एमालेले गर्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभमा घाइते तथा द्वन्द्व पीडितको वेवास्ता गरेको आरोप ओलीको छ। ‘प्रचण्ड गठबन्धनबाट प्रधानमन्त्री बन्ने लोभमा छन्।
तीन पटक प्रधानमन्त्री बन्नुपर्या छ। उनले घाइतेहरुको वेवास्ता गरेका छन्। गोली लागेका लडाकुहरु एमालेको केन्द्रीय कार्यालयमा आउनुस्। तपाइँहरुको उपचार एमालेले गर्छ,’ओलीले भने।
जनयुद्धका लडाकुको व्यवस्थापनमा भन्दा प्रचण्ड परिवारको व्यवस्थापनमा लागेको ओलीले बताए।‘प्रचण्डका सात पुस्ता वरपर हेर्नुस् त युरिया हालेजत्तिकै छन्।
तर लडाकु र योद्धाको के हालत छ। शान्तिप्रक्रियाका काम पीडितहरुलाई न्याय दिनेगरी टुंग्याइनुपर्छ। त्यो काम एमालेले गर्छ। प्रचण्डले गर्दैनन् रोक्छन्,’ ओलीले भने।
एसको जबाफमा प्रचण्डले घाइते अपांगको चिन्ता लिनु परदैन यसको जिम्मा र हेरचाह मै लिन्छु ओलीले मदन भण्डारीको हत्यारा खोजे नेपाली जनता खुसि हुने बतायको स्रोतले सुदेशन खबरलाई बतायो |
बेला बखत प्रचण्ड र ओलीको जुहारी राजनीतिक वृतमा निकै चर्चाको बिसय भन्ने गरेको छ |
विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले एकल अधिकार प्रयोग गर्न पनि केन्द्र सरकारले कानुन नबनाइदएिका कारण समस्या भएको बताएका छन ।
प्रदेशको अधिकार प्रयोग गर्न पनि संघीय सरकारको अनुमति लिनुपरेको उनको गुनासो रहेको छ ।बुधवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेश प्रहरी लगायतका एकल अधिकार प्रयोग गर्न पनि केन्द्र सरकारले कानुन नबनाइदएिका कारण समस्या भएको बताएका हुन् ।
‘प्रदेश प्रहरी साँच्चिकै एकल छ । यसपालि प्रहरी भवन बनाउने भनेर राखेको, आचारसंहिता पनि लागू भइसक्यो तर स्वीकृति माथिबाट चाहिने भएर रोकिएको छ’ उनले भने, ‘‘अर्को कुरा काम तल दिने तर माथि हुँदा बजेट आफैं राख्ने रु यसरी कसरी विकास गर्न सकिन्छ रु’
संघीय सरकारले काम प्रदेशमा दिएको जस्तो गर्ने तर बजेट हस्तान्तरण गर्न आनाकानी गरिरहेको उनको भनाइ छ ।
मुख्यमन्त्री राईले खरिदार लगायतका कर्मचारीको सरुवामा समेत मन्त्रीको हस्तक्षेप हुने कुरा सिद्धान्ततः गलत नभएको दाबी गरे । राजनीतिलाई सहयोग गर्नको लागि नै कर्मचारी संगठन जन्मिएको उल्लेख गर्दै मुख्यमन्त्री राईले यो स्वभाविक प्रक्रिया भएको जिकिर गरे ।
‘तल्लो तहको खरिदार लगायतका कर्मचारीको सरुवामा समेत मन्त्रीको हस्तक्षेप भन्ने कुरा आएको छ, ‘यो कुनै नौलो कुरा होइन, कर्मचारी भनेको स्थायी सरकार हो भन्ने हो भने यसमा फरक होला नत्र सिद्धान्ततः भन्ने हो भने यसमा कुनै गल्ती छैन’ उनले भने ।