निहारिकाले करिश्मालाई फर्काइन् २१ हजार र छोराको चश्मा, पार्टी प्यालेसमा यस्तो सम्म भयो हेर्नेहरु नै भए दंग !

Spread the love

काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरलाई भेटेर २१ हजार रूपैयाँ फिर्ता गरेकी छन् । करिश्माले आफ्नो छोरालाई किनिदिएको चश्मा पनि उनले फिर्ता दिइन् ।

निहारिका गत असारमा पहिलोपटक अनशन बस्दा करिश्माले उनलाई २० हजार रुपैयाँ सहयोग दिएकी थिइन् । तर, दोस्रोपटकको अनशनमा भने करिश्माले आफूले गरेको सहयोगप्रति पछुतो व्यक्त गरेकी छन् । उनले निहारिकाका निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएकी थिइन् ।

करिश्माले आफ्नो अनुमतिविना तस्वीरहरू सार्वजनिक गरेकोमा निहारिका उनीसँग क्रोधित छिन् । आफ्नो गोपनियता उल्लंघन र चरित्रहत्या गरेको आरोपमा करिश्मामाथि उजुरीसमेत दिने उनको तयारी छ । उजुरी दिनुपूर्व उनले करिश्माबाट पाएको सहायता फिर्ता गरिदिएकी हुन् ।

करिश्माको पैसा फर्काउन निहारिका दुई वर्षको छोरा च्यापेर एक साथीसहित गोदावरीस्थित उनकै निवासमा पुगेकी थिइन् । तर, उनी पुग्दा करिश्मा घरमा थिइनन् । केहीबेर अघि मात्रै उनी तिज मनाउन चिटिक्क परेर नजिककैको पार्टी प्यालेसतिर हिँडेकी थिइन् ।

निवासको गेटमै पुगेपछि निहारिकालाई करिश्मा पार्टी प्यालेसमा गएको बताइदियो । त्यसपछि उनी पार्टी प्यालेसतिरै लागिन् । निहारिका आउँदा करिश्मा पार्टीमा रमाइरहेकी थिइन् । निहारिका आफूलाई पैसा फिर्ता गर्न आउन लागेको नेपाल प्रेसको समाचारबाट उनलाई थाहा भइसकेको थियो ।

निहारिकाले पार्टी प्यालेसको गेटबाट करिश्मालाई बोलाइदिन सन्देश पठाइन् । तर, करिश्माले उनलाई भेट्न चाहिनन् । पार्टीमा आएको कसैले निहारिकालाई चिनेर भित्र जान आग्रह गरिन् । निहारिका मानिनन् । ‘यो ठाउँ हामीजस्ताका लागि होइन’ भन्दै उनी छोरा च्यापेर बाहिर उभिइरहिन् । तर, निकैबेरसम्म पनि करिश्मा नआएपछि उनी भित्र पसिन् ।

निहारिकालाई भित्र पसेको देख्नासाथ करिश्मा फोनमा कुरा गरेझैं गर्दै बाहिर निस्किन खोजिन् । तर निहारिकाले उनलाई पछ्याइन् । उनले आफू पैसा फिर्ता गर्न आएको बताइन् ।

‘प्लीज तपाईं आफ्नो पैसा राख्नुस । म आफ्नो बच्चा पाल्न सक्छु,’ उनले भनिन् ।

करिश्माले सुरुमा पैसा लिन चाहिनन् । तनावमा देखिएकी उनले आनाकानी गर्दै भनिन्, ‘बहिनी तिमी यस्तो नगर । सत्यको बाटोमा हिँड ।’
यति भनेर उनी तर्किन खोजिन् । तर, निहारिकाले पछ्याइन् । उनले पैसा र चश्मा करिश्मालाई जबरजस्ती थमाउन खोजिन् ।

निहारिकाले दिने र करिश्माले नलिने क्रममा पैसा भूईंमा खस्यो र छरपस्ट भयो । त्यहीँ रहेकी अर्की महिलाले भूईंको पैसा र चश्मा टिपिन् र करिश्मालाई दिइन् । करिश्माले पैसा लिइन् र चश्मा चाहिँ निहारिकालाई फर्काउन खोजिन् । निहारिकाले मानिनन् । अन्ततः करिश्माले चश्मा पनि आफैंसित राखिन् ।

पैसा फिर्ता लिइसकेपछि करिश्माले भनिन्, ‘मैले मिहिनेत गरेर कमाएको पैसा हो । गलत ठाउँमा प्रयोग भएन । आइ एम भेरि ह्याप्पी । थ्यांक यू भेरि मच । मैले तिमीलाई अरु पनि धेरै सहयोग गरेको छु ।’

निहारिकाले आमा सोचेर करिश्माको सहयोग स्वीकारेको तर अब उनको दया नचाहिने बताइन् । त्यहाँबाट निस्केर नेपाल प्रेससँग कुरा गर्दै उनले करिश्मामाथि उजुरी हाल्ने बताएकी छन् ।

उनले भनिन्, ‘उहाँले मलाई २० हजार दिनुभएको थियो । अरु पनि केही खर्च गरिदिनुभएको थियो । त्यसैले मैले उहाँलाई २१ हजार फिर्ता गरिदिएको छु । अब कानूनी उपचारमा लाग्छु ।’

यो पनि :-

काठमाडौ । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन्।

कामनपाका मेयर शाहले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने काम गरिरहँदा काँग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया दिएका हुन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचनाहरु हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाए।

गृहमन्त्रीलाई ब’न्दुक चलाउने अधिकार भयो भन्दैमा ब’न्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए। यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाई थियो।

नेता विश्वकर्माले भने, ‘हामी आज बजारमा के–के देख्दै छौ त ? भत्काउँदै हिँडनु भएको छ नि हैन, मेयर साव। हाम्रो सिष्टमले भनेको त्यो हो त ? त्यसको कानुनी प्रक्रिया छैन ? अव भोलीदेखि सबै मेयरहरुले भत्काउँदै हिँडने हो भने त। गृह मन्त्रीलाई ब’न्दुक चलाउने अधिकार छ।

स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ। तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले ब’न्दुक बोकेर हिँडनु भयोभने के हुन्छ ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर संचालन गर्छौै ? हामीले छलफलयता केन्द्रित नगरेको हो कि ?

हामीले अराजक गतिविधिलाई बढावा दिईरहेका छौं। त्यसलाई विधि अनुसार चलाउनु पर्छ। गल्ती गर्नेलाई पत्र काटे भयो। उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भईहाल्यो। यतातिर ध्यान दिन जरुरी छ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भएपनि आतंकित बनाउने काम गरेको गुनासो समेत गर्नु भयो। उनले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउने तर्क समेत गरे।

१० भदौ, काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ । एकैचरणमा हुन लागेको चुनावका लागि हाल भएका जनशक्तिबाट मात्रै सुरक्षा व्यवस्थापन पर्याप्त नहुने निष्कर्षसहित सरकारले ठूलो संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्नका लागि अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । नेपाल प्रहरीले ३० वैशाखमा भएको निर्वाचनका लागि नै १ लाख १९ हजार म्यादी प्रहरी चाहिने प्रस्ताव गरेको थियो । त्यसबेला एक लाख म्यादी प्रहरी मात्रै भर्ना गर्न स्वीकृति दिएको थियो ।

संघीय र प्रादेशिक निर्वाचन हुने बेलासम्म चाहिँ ५ लाख बढी नयाँ मतदाता थपिएको अवस्थामा म्यादी प्रहरीको संख्या बढाइएको हो ।

मतदान केन्द्र र मतदान स्थलको संख्या पनि बढेकाले म्यादी प्रहरीको संख्या बढेको हो’ ती अधिकारीले भने, ‘यसपालि सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दीहरुले पनि समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था भएकाले थप जनशक्तिको आवश्यक थियो ।’

प्रहरीका अनुसार म्यादी प्रहरी भर्ना मापदण्ड तयार गरेर हरेक जिल्लाबाट दर्खास्त लिइनेछ । प्रहरी प्रधान कार्यालय नक्सालले ६ असोजबाट म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ । भर्ना छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइनेछ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहनेछन् ।

यसरी छानिएका म्यादी प्रहरीले म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीषा पास गरेर भर्ना पाउनेछन् । म्यादी प्रहरीलाई नियुक्ति दिएको दिनदेखि ५० दिनसम्म काममा लगाइन्छ भने तलब र सेवासुविधा प्रहरी जवान सरह हुन्छ ।

नेपाल प्रहरीको दरबन्दी ७९ हजार हो । तर नियमित कार्यालय ड्यूटीबाहेक ६२ हजारभन्दा कम जनशक्ति मात्रै निर्वाचन सुरक्षामा खटिनसक्छन् । विगतमा कारागारमा कार्यरत सुरक्षाकर्मीहरुलाई पनि चुनावमा खटाउने गरिएको थियो । अब उनीहरु त्यहीँ हुने निर्वाचनको सुरक्षार्थ खटिनुपर्ने भएको छ ।

गृह मन्त्रालयले बनाएको निर्वाचन सुरक्षा कार्यविधि अनुसार मतपेटिकाको सुरक्षामा नेपाल प्रहरीको टोली खटिन्छ, त्यसपछिको घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहन्छन् । मतदान स्थलको सुरक्षाका लागि बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना खटिन्छन् ।

स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

म्यादी प्रहरी भर्नामा स्थानीय निर्वाचनमा खटिएकालाई नै प्राथमिकता दिने प्रहरीको तयारी छ । म्यादी प्रहरी छनौटसम्बन्धी मापदण्ड–२०८९ बनाएर छनौट प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

उनका अनुसार त्यसबाहेक स्थानीय निर्वाचनमा खटिएकालाई नै प्राथमिकता दिने प्रहरीको तयारी छ । म्यादी प्रहरी छनौटसम्बन्धी मापदण्ड–२०८९ बनाएर छनौट प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।

उनका अनुसार त्यसबाहेक पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिएर भर्ना गरिनेछ । म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।

मापदण्डको विस्तृत खाका प्रहरी प्रधान कार्यालय नक्सालले बनाउनेछ । तर म्यादी प्रहरी भर्नाको तेस्रो प्राथमिकतामा पूर्व वनरक्षक र सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा पनि सहभागी भएकाहरु पर्नेछन् । तर उनीहरुले शारीरिक परीक्षणमा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपी पेश गर्नुपर्ने प्रहरीले जनाएको छ ।

विभिन्न छिमेकी मुलुकको सुरक्षा निकायमा काम गरेर सेवा निवृत्त भएका सुरक्षाकर्मीलाई पनि प्राथमिकता दिइनेछ । यसरी नियुक्त भएका म्यादी प्रहरीलाई छिमेकी जिल्लामा खटाइने प्रहरीले जनाएको छ ।