अब एक एक राज्य दोहन गर्नेलाई जेल हाल्छु र मेरोविरुद्ध भ्रम छर्नेहरूबारे खुलासा गर्छु : अर्थमन्त्री शर्मा

Spread the love

काठमाडौं।

अर्थमन्त्री जनार्दन शर्माले आफ्नोविरुद्ध झुटा प्रचार गर्नेहरूबारे खुलासा गर्ने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै शर्माले आफ्नोबारे भ्रामक कुरा लेख्नेहरूको स्वार्थ सार्वजनिक गर्ने बताएका हुन्।

‘यो देशमा लेख्नेहरूलाई छुट छ, स्वतन्त्रता छ। कुनै प्रमाण, तथ्य चाहिँदैन। जसलाई जे मन लाग्यो लेखे हुन्छ ! कतिपय लेख्नेहरूको बारेमा कुनै दिन म खुलासा गरौँला, किन लेखे त्यसको रहस्य के छ,’ बजेट निर्माण गर्दा करका दर हेरफेर गरेको आरोपबारे उनले भने। उक्त आरोप पुष्टि नभएपछि शर्मा पुनः अर्थ मन्त्रालय फर्किसकेका छन्।

सञ्चारगृहविरुद्ध मानहानिको मुद्दामा जाँदा राम्रो काम गर्नेहरू पनि आलोचित हुने भएकाले आफू तत्काल मुद्दामा नगएको पनि उनले प्रस्ट पारेका छन्। ‘यो देशमा सञ्चार क्षेत्रविरुद्ध मानहानीमा गयो भने यसले त ठिकै गरेको छ भन्नेहरू पनि विरुद्धमा जालान् कि भनेर नगएको हुँ,’ शर्माले भने, ‘मानहानिमा गएर पनि धेरै ठूलो हुने कुरा केही छैन।’

तथ्यहीन रूपमा केही समय भ्रम छरे पनि सत्य के हो भन्ने स्थापित हुने भएकाले आफू अदालती प्रक्रियामा नगएको शर्माको भनाइ छ। नगरिकता विधेयकका विषयमा शर्माले राष्ट्रपतिले संवैधानिक अधिकारभित्रै रहेर काम गर्ने बताए। विगतमा संवैधानिक अधिकारभित्र नै रहेर फिर्ता भएको उल्लेख गर्दै उनले अब पनि संविधानअनुसार नै हुने विश्वास व्यक्त गरे।

बाबुरामजी र म एकठाउँमा उभियौँ, अब कसैले रोकेर रोकिँदैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन् । अब एक ठाउँमा उभिन आफूहरुलाई कसैले रोक्न नसक्ने पनि प्रचण्डले बताए ।
‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब । अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु ।’ यद्यपि आजनै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए ।

‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ’, प्रचण्डले भने, ‘यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ ।’

उनले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने बताए । ‘एकता चुनावअघि सम्भव छैन । तर चुनावपछि चाहिँ नेकपा वा त्यसको पछाडि समाजवादी वा अरु केही हुनसक्छ’, प्रचण्डले भने । उनले निर्वाचन आयोगमा माओवादी र नेसपाले संयुक्त रुपमा पार्टी दर्ता गराएपछि बाबुरामलगायतसँग फेरि बैठक बसेर मिलेर जाने विषयमा गम्भीर छलफल भएको पनि बताए ।

कसरी सम्भव भयो प्रचण्ड–बाबुरामको पुनर्मिलन ?
साउन २० गते शुक्रबार नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको मोबाइलमा ‘नो कलर आईडी’ नम्बरबाट फोन आउँछ । त्यो फोन थियो– नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को ।

फोन उठाउने बित्तिकै शर्माले पाण्डेसँग आफ्नो प्रस्ताव सुनाउन थाल्छन् । ‘धेरै कोसिस गरियो, बाबुरामजीलाई मनाउनै सकिएन । उहाँले तपाईंको कुरा सुन्नुहुन्छ । मेरो एउटा प्रस्ताव छ, तपाईंले कन्भिन्स गर्ने प्रयास गर्नुहोला ।’

शर्माले पाण्डेसँग दुई पार्टीबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एकता गरेर अघि बढ्ने प्रस्ताव राख्छन् । ‘चुनावको मुखमा पार्टीको नाम फेर्ने, चुनाव चिह्न फेर्ने प्रक्रिया अप्ठ्यारो हुन्छ । त्यसैले चुनावसम्म दुई पार्टीबीच एकता गरेर जाऔँ । बरु चुनावपछि समाजवादी केन्द्र बनाउने मिति नै घोषणा गरेर लिखित सहमति गरौँ,’ शर्माले आफ्नो प्रस्ताव सुनाउँछन् ।

शर्माको प्रस्ताव सुनेपछि पाण्डेले डा. बाबुराम भट्टराईलाई फोन गरेर एउटा प्रस्ताव आएको कुरा सुनाउँछन् र भेट्ने समय माग्छन् । त्यही दिन नै पाण्डेले भट्टराईलाई भेटेर शर्माबाट आएको प्रस्ताव राख्छन् ।

तर भट्टराई भने सो प्रस्ताव प्रति सकारात्मक हुँदैनन् । ‘यो त आत्मसमर्पण नै हुन्छ,’ प्रस्तावप्रति भट्टराईको पहिलो प्रतिक्रिया थियो । पाण्डेले फेरि भट्टराईलाई सुझाव दिन्छन्, ‘यो त सुरुवाती प्रस्ताव हो । यसमा अझै छलफल गर्न सकिन्छ । तपाईं सम्बन्ध नै राख्दिनँ भन्नुहुन्छ भने च्याप्टर यहीँ क्लोज गरौँ । हैन भने फेरि एकपटक छलफल गरौँ ।’

यति भनेपछि पाण्डेले शर्मालाई फोन गरेर भेटघाटको समय मिलाउँछन् । तर, त्यतिबेलासम्म शर्मा एउटा कार्यक्रमका लागि पातलेवन पुगिसकेका हुन्छन् ।शर्माले भट्टराईलाई त्यहीँ बस्ने गरी आउन प्रस्ताव गर्छन् । तर, भोलिपल्ट पार्टीको केन्द्रीय कमिटी बैठक भएकाले भट्टराईले कलङ्की आसपास भेट्न आग्रह गर्छन् । कुरा बाझिएपछि पाण्डेले दुवैको मध्यविन्दु हुने भन्दै चन्द्रागिरिमा भेट्ने तय गर्छन् ।

साँझ ७ बजे भट्टराई, पाण्डे र शर्मा चन्द्रागिरि पुग्छन् । भेटमा शर्माले बाबुरामसँग ‘तपाईं र प्रचण्ड एक ठाउँमा उभिनुभयो भने कार्यकर्तामा एक खालको उत्साह जाग्ने र यसले विचारको साथ साथै सांगठनिक रूपमा पनि राम्रो हुने र समाजवादी आन्दोलनलाई सही ढंगबाट अगाडि बढाउन सकिने’ कुरा राख्छन् ।

जवाफमा बाबुरामले भन्छन्, ‘माओवादबाटै अब अघि बढ्न सकिँदैन भन्ने हामी सबै सहमत छौँ । त्यसो भए फेरि माओवादीमा आएर समाजवादी केन्द्रतिर जानु घुमाउरो बाटो हुन्छ । बरु एकता संयोजन समिति बनाऔँ । कार्यगत एकता गरेर चुनावमा जाऔँ । चुनावपछि सकिन्छ भने माधव नेपालहरूलाई पनि ल्याऔँ । उहाँहरूलाई ल्याउन सकिँदैन भने पनि नाम परिवर्तन गर्ने दिन एकता घोषणा गरौँ ।’

यता शर्माले भने तत्काल एकता घोषणा गरौँ भनेर भट्टराईलाई मनाउन खोजिरहन्छन् । करिब डेढ घण्टाको छलफल सकारात्मक रूपमा अघि बढे पनि ठोस निर्णय नभई टुङ्गिन्छ ।

शर्मा हिँडेपछि पाण्डेले भट्टराईलाई सुझाव दिन्छन्, ‘तपाईंसँग अब दुई–तीन वटा बाटोमात्र छ । एउटा भनेको तपाईं वैकल्पिक शक्तिमात्र भनेर हिँड्नुपर्‍यो । जो–जो तपाईंसँग बस्छन्, बस्छन् । नसक्ने छाडेर हिँड्छन् । तर जसको लागि तपाईंले वैकल्पिक राजनीति भनिरहनुभएको छ, उनीहरू तपाईंसँग हात मिलाउन आउँदैनन् । जति गरे पनि तपाईंलाई वैकल्पिक मान्दैनन् । अर्को भनेको ‘कम्प्रमाइज’को बाटोमा जानुपर्छ । यसमा एमालेसँग विचार वा कुनै पनि हिसाबले कुरा मिल्दैन । मिल्ने भनेको कि जसपासँग हो कि त माओवादीसँग हो । उपेन्द्रजीसँग नमिलेर भर्खरै छुट्टिएका छौँ । अब मिल्ने भनेको स्वतः माओवादीसँगै हो । सक्नुहुन्छ भने प्रचण्डजीलाई तपाईंको मोडलमा मनाउन खोज्नुहोस् । हैन भने बीचको बाटो खोजौँ ।’

अझै पनि बाबुराम माओवादीमै फर्कन भने तयार थिएनन् ।त्यो दिनको छलफलपछि भोलिपल्ट भट्टराई र पाण्डेले शर्माको प्रस्तावबारे गंगा श्रेष्ठसँग छलफल गर्छन् । छलफलमा तीन नेताले चुनावअघि एकता नै भन्दा पनि एकता समायोजन समिति बनाएर कार्यगत एकता गर्ने गरी जाने सहमति गर्छन् । र, माओवादी अध्यक्ष प्रचण्ड जापानबाट फर्केपछि ठोस कुरा गर्ने निर्णय गर्छन् ।

प्रचण्ड जापानबाट फर्किने दिन साउन २५ गते नेताहरू फेरि साझा धारणा बनाउन जुट्छन् । बैठकमा नेसपाबाट भट्टराई, श्रेष्ठ र पाण्डे, माओवादीबाट शर्मा सहभागी हुन्छन् । त्यो छलफल पनि चुनाव अघि एकता कि चुनाव पछि एकता गर्ने विषयमै रुमलिन्छ ।

साँझ प्रचण्ड जापानबाट फर्किएपछि दुई पार्टीबीच छलफल गर्ने मिति तय हुन्छ । त्यसपछि हात्तीवनमा भएको भेटमा प्रचण्ड र भट्टराईसहित अन्य नेता पनि सहभागी हुन्छन् । तर सो छलफल बिना निष्कर्ष सकिन्छ ।

यसरी धेरै जना बसेर छलफल गर्नेभन्दा पनि दुई अध्यक्ष ‘वान टू वान’ बसेर पहिला छलफल गर्न नेताहरूले दुई अध्यक्षलाई सुझाव दिन्छन् । त्यसै अनुरूप भोलिपल्ट खुमलटारमा प्रचण्ड र भट्टराईमात्र छलफलमा जुट्छन् ।

छलफलमा प्रचण्डले सुरुमै भट्टराईलाई प्रस्ताव राख्छन्, ‘मैले पनि एमालेसँग एकता गरेर एउटा प्रयास गरेँ । तपाईंले पनि वैकल्पिक शक्ति भनेर एउटा अभ्यास गर्नु भयो । दुवै असफल भइयो । अब पाठ सिकेर नयाँ तरिकाले सँगै अगाडि बढौँ । अहिले चुनाव चिह्न र घोषणापत्र एउटै बनाएर जाऔँ । चुनावपछि नाम परिवर्तन गरौँला, समाजवादी बाटोमा लागौँला ।’

प्रचण्डले नै यसरी प्रस्ताव गरेपछि भट्टराई पनि त्यो कुरामा सहमत हुन्छन् । अनि भावुक हुँदै हात मिलाएर त्यहाँबाट छुट्टिन्छन् ।योसँगै २०७२ साल असोज ९ गते माओवादी पार्टी छाडेका बाबुराम भट्टराई पुनः हँसिया–हथौडा चुनाव चिह्न लिएर लड्न सहमत भएका छन् । एउटै चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ता गर्नका लागि दुई दलले आज निर्वाचन आयोगमा निवेदन दिएका छन् ।