झापाबाटै हार्ने निश्चित भएपछि आफैँले भर्खरको बाच्छो भन्दै हेपेका राजेन्द्र लिङ्देनसँग तालमेल गर्दै ओली !

Spread the love

नेकपा एमालेले एक्लै चुनावमा जाने भनेपनि उसले भने सत्तारुढ गठबन्धनबाहिरका दलहरुसँग तालमेल गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पत्ता’साफ हुने भएपछि एमालेले राप्रपासँग तालमेल गर्ने लगभग निश्चित भएको हो ।

सत्ता गठबन्धनको सामना गर्न एमाले र राप्रपा निश्चित ठाउँमा तालमेल गर्न तयार भएका हुन् । केपी ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वैशाखी लिन लागेका हुन् ।

एक वर्षअघिसम्म लिङ्देनलाई ओलीले भर्खरको बाच्छो हिँड्न जान्दैन बुरुक बुरुक उफ्रिन्छ भनेर हेप्ने गर्थे । अहिले झापाबाटै हार्ने निश्चित भएपछि ओलीलाई लिङ्देन अपरिहार्य भएका हुन् ।

स्थानीय निर्वाचनमै एमाले र राप्रपाबीच तालमेलको चर्चा चलेको थियो । १७ चैत ०७८ मा एमाले अध्यक्ष केपी ओली र राप्रपा महामन्त्री धवलशमशेर राणाबीच नेपालगन्जको स्नेहा होटेलमा चुनावी सहकार्यकै विषयमा करिब दुई घन्टा लामो रात्रिकालीन छलफल भएको थियो ।

तर त्यसबेला एमालेले राप्रपासँग तालेमल गरेन । बर लिङ्देनबाट अलग्गिएर गएका कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गर्न ओली तयार भए । यद्यपि, परिणाममा यसले दुवैलाई पार्टीलाई फाइदा पुर्‍याएन ।

स्थानीय तहको चुनावमा लिएको निर्णयबाट घाटा भएको ओली–लिङ्देन दुवैले महसुस गरेका छन् । त्यसैले यसपटक एकै जिल्लावासी रहेका लिङ्देन र ओली तालमेलका गर्न तयार देखिएका हुन् ।

सम्बन्धित क्षेत्रमा जित सुनिश्चितताका लागि पनि उनीहरूले तालमेल गर्नुपर्ने बाध्यता छ । अघिल्ला चुनावको अंकगणित हेर्दा दुवैलाई आगामी चुनाव जित्न एक–अर्कोको सहयोग चाहिएको छ ।

गत २७ साउनमा राप्रपा अध्यक्ष लिङ्देन भक्तपुर बालकोटस्थित ओलीनिवासमा पुग्दा पनि एक–अर्काको आवश्यकताबारे छलफल गरेका थिए । ०७४ को निर्वाचनमा जसरी एक–अर्कालाई जिताउन दुवैले आ–आफ्नो निर्वाचन क्षेत्रमा सहकार्य गरेका थिए, त्यही सहकार्यको ‘मोडालिटी’लाई यसपालि बृहत्तर बनाउनुपर्नेमा उनीहरू अहिले लगभग सहमत भएका छन् ।

एमालेको साथ पाएको अवस्थामा प्रत्यक्षतर्फ कम्तीमा पाँच सिट जित्ने, समानुपातिकमा थ्रेसहोल्ड कटाउने र संसदमा राष्ट्रिय मान्यताप्राप्त दलको मान्यता पाउने राप्रपाको विश्लेषण छ ।

राप्रपा झापामा अध्यक्ष राजेन्द्र लिङ्देन, रुपन्देहीमा दीपक बोहरा, बाँकेमा धवलशमशेर राणा, सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणा, नुवाकोटमा प्रकाशचन्द्र लोहनी, चितवनमा विक्रम पाण्डे, म्याग्दीमा जगत गौचन, जुम्लामा ज्ञानेन्द्र शाही, दैलेखमा कुन्ती शाहीलगायतलाई जिताउन एमालेसँग तालमेल गर्न तयार भएको छ ।

एमाले पनि झापामा अध्यक्ष केपी ओली, रुपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाललगायतको क्षेत्रमा तालमेल गर्न सकारात्मक भएको छ । एमालेको अग्रता र राप्रपाको बलियो प्रभाव रहेको क्षेत्रमा तालमेल गर्न चाहेको छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा ओली झापा क्षेत्र नम्बर ५ र लिङ्देन क्षेत्र नम्बर ३ बाट उठेका थिए । ओलीको निर्वाचन क्षेत्रमा राप्रापाको राम्रो पकड छ ।