जब बेहुलाले बेहुलीलाई छाडेर भागेपछि सडकमै कुदाकुद, भिडियो बन्यो भाइरल (भिडियो)

Spread the love

काठमाडौं ।

विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ । यो प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।

भारतको बिहारको नवादा जिल्लास्थित महुली गाउँकी गुड्डी कुमारीको विवाह महकार गाउँका सन्दीप कुमारसँग हुँदैथियो । पहिला दुवै जना फोनमा कुराकानी गर्थे । बिहीवार केटीलाई हेर्न केटा गाउँमै पुगे ।गाउँलेले केटालाई देखेपछि तत्कालै विवाह गर्न खोजियो । शुरूमा केटा विवाहका लागि तयार थिएनन् तर पछि राजी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गाउँलेले विवाह गर्न दबाब दिएपछि ‘नवादा सिभिल कोर्टमा विवाह गर्ने निधो भयो ।

बेहुला–बेहुली दुवै अदालत पुगेका थिए। अदालतमा वकिलले बेहुलालाई कागजमा हस्ताक्षर गर्न भनेपछि उनी कलम नै फालेर भागे । बेहुला भागेपछि बेहुली पनि पछिपछि भागेकी थिइन् । सडकमा दौडधूप देखिएको थियो । सबै मिलेर सन्दीपलाई छोपेर प्रहरीको जिम्मा लगाइएको थियो । प्रहरीको रोहबरमा मन्दिरमा दुवैको विवाह गरिएको छ ।

पत्नीको महत्व कति हुन्छ भन्ने झल्काउन रामायणमा एउटा रोचक प्रसंग छ । रामले जीवनमा सीताबाहेक कसैसँग विवाह गरेनन् । सीतालाई जंगलमा छाडेपछि भएको अश्वमेध यज्ञ पत्नीको अभावमा पूरा हुन नसक्ने भएका कारण रामले सीताको प्रतिमा बनाएर यज्ञ पूरा गरे ।

महाभारत कालसम्म आइपुग्दा चार वणाश्रमको व्यवस्था भइसकेको देखिन्छ । महाभारतको आदिपर्वमा आश्रमधर्म र पतिव्रतधर्मको विषयमा उल्लेख गरिएको पाइन्छ । शिक्षा ग्रहण गर्न गुरुकुल जाने र २५ वर्षको उमेरसम्म त्यहाँ बसेर ब्रहृमचर्य पालन गरी विद्या लिने काम सम्पन्न भइसकेपछि गृहस्थाश्रममा प्रवेश गर्नका निमित्त धार्मिक विधिअनुसार विवाह गर्ने चलन चल्यो । विवाहलाई एउटा अनिवार्य संस्कार बनाइयो । दुई आत्माको पवित्र बन्धनका रूपमा लिन थालियो । अविवाहित मानिस अधुरो हुने मानिन थालियो ।

पछिपछि विविध व्यापार र बन्दोबस्तीबाट अकूत सम्पत्ति जम्मा हुन थालेपछि एउटा पुरुषले धेरै पत्नी राख्ने चलन विकसित हुन थाल्यो । सम्पत्तिकै अवस्था हेरेर बहुपत्नी तथा बहुपतिजस्ता चलनसमेत सुरु हुन थाल्यो । समयको आवश्यकता अनुसार एउटी पत्नीसँग धार्मिक विवाह गर्ने, सम्पत्तिको हकदार धर्मपत्नीका सन्तानको मात्र हुने आदिजस्ता अनेकौं नियम थपिन थाल्यो ।