२ वर्षपछि छिट्टै भेटौला भन्दै, पल लाई गायिका समिक्षा अधिकारीको भावुक स्टाटस2 वर्षपछि छिट्टै भेटौला भन्दै, पल लाई गायिका समिक्षा अधिकारीको भावुक स्टाटस
गायिका समिक्षा अधिकारीले हिजो भएको जिल्ला अदालतको फैसला पछि पल शाहलाई 2 वर्ष जेल हुने भएपछि ट्विटर औटा स्टाटस् पोस्ट गरेको छन् ।
गायिका समिक्षा अधिकारीले नयाँ गीत ‘हाँसेर’ लिएर बजारमा आएकी हुन्। गीतमा गायनमा तेजेस रेग्मी रेग्मी र सुवास खत्रीले साथ दिएका छन्। सुजन सुजित खत्रीले लेखेको गीतमा लय सिर्जना पनि गीतकारकै रहेको छ
गीतमा संगीत संयोजन भने कृष्ण विश्वकर्माले गरेका छन्। भिडियोमा शर्मिला अधिकारी, दिव्या न्यौपाने, निशान जिसी, सन्तोष घिमिरे, मिलन कँडेल, प्रवीण काफले र सन्तोष गैरेले अभिनय गरेका छन्।
किरण चैसिरको छायाँकन रहेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन भने विशाल घिमिरेले गरेका छन्।
यो पनि :-
काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको चर्चा चुलिएको छ । बालेनको चर्चा चुलिरहदा उपमेयर सुनिता डंगोल भनि बालेनको तुलनामा छायामा परेकी देखिन्छिन् । उपमेयर सुनिताले पनि आफ्रूले चुनाव प्रचारका बेला गरेका वाचाहरु धमाधम पूरा गर्न थालेकी छन् । केही दिनअघि बालेनले १०० दिने प्रगति सार्वजनिक गरेका थिए । उनको प्रगति विवरणले नयाँ आशा जगाएको बताइएको छ ।
यसैबीच, काठमाडौं महानगरपालिकाकी उपमयेर सुनिता डंगोलले पनि स्वेतपत्र जारी गरेकी छन् । सुनिताले आफ्नो सय दिनको कामको स्वेतपत्र जारी गरेकी छन्। डंगोलले जारी गरेको स्वेतपत्रमा सय दिनमा गरिएका १५ वटा काम र थालनी गरिएका १० वटा योजना उल्लेख छन्। उनले गरेका कामहरुलाई लिएर सामाजिक सञ्जालमा चौतर्फी वाहीवाही भएको छ । मेयर र उपमेयर हातमा हात मिलाएर अघि बढ्न सुझाव समेत आएका छन् ।
उनले यो सय दिनमा आफूले २ सय ४४ वटा पुराना विवादको न्यायिक सुनुवाइ गरी ११ वटा विवाद किनारा लगाएको उल्लेख गरेकी छन्। साथै फोहोर व्यवस्थापनमा सकारात्मक पहल गरेको जनाएकी छन्।
’पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालीन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ,’ जारी स्वेतपत्रमा भनिएको छ, ’दीर्घकालीन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायत पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरूका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालीन फोहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरू अघि बढाएका छौं।’
यस्तै, वडास्तरीय महिला सेल गठन, राजस्व परामर्श समितिको गठन, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयासदेखि शिक्षा क्षेत्रमा सुधारका कामहरू भएको कुरा उल्लेख गरिएको छ।
’हिंसा अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा महिला सेल गठन गर्ने पहिलो निर्णय गरेका थियौं,’ डंगोलले भनिन्, ’सोही बमोजिम सबै वडामा गठन महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरूका लागि आवश्यक सहयोग गर्नेछ।’
यस्तै, यो सय दिनमा महानगरभित्रका विभिन्न संघसंस्था, समुदाय, गुठीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भई प्रत्यक्ष अन्तर्क्रिरया गर्ने, सुझाव लिने र समस्या बुझ्ने कार्य गरिएको उपमेयर डंगोलले जनाएकी छन्। साथै आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गरेको उनले बताएकी छन्। योबीचमा विभिन्न शारीरिक अपांङ्गता भएका ५ सय ७२ जना नागरिकलाई परिचय पत्र वितरण गरिएको स्वेतपत्रमा उल्लेख छ।
यस्तै, थालनी गरिएका योजना अन्तर्गत दरबार हाइस्कुल र कन्या माविलाई राष्ट्रियस्तरको नमुना विद्यालयको रूपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ।
साथै घरजग्गा बहालमा लिनेदिने व्यक्तिहरूकाबीच हुने विवादलाई समाधन गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जुमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको उल्लेख गरिएको छ।
उपमयेर डंगोलले आगामी दिनमा पनि सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएकी छन्। मेरो क्षेत्राधिकार भित्र परेका एक सय दिनमा सम्पन्न भइसकेका र थालनी गरेका केही सकारात्मक कार्यहरु ः
१) पूरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई भएको र ५१ वटा विवादको किनारा: नेपालको संविधानको भाग १७ धारा २१७ बमोजिम प्रत्येक पालिकामा एक न्यायिक समिति रहने व्यवस्था छ । नगरसभावाट न्यायिक समितिका दुई जना सदस्यहरु निर्वाचित भएपछि मेरो संयोजकत्वमा स्थानीय विवाद निरुपण गर्न न्यायिक समिति सक्रिय भैसकेको छ । संविधानले दिएको अधिकार अनुसार न्यायिक समितिको संयोजकको जिम्मेवारीमा रहेर मैले कार्यभार सम्हालेको १ सय दिनमा पेशी भएका मुद्धामा सुनुवाइको माध्ययमबाट विवाद निरुपण गर्ने प्रक्रिया अन्तर्रगत हालसम्म पुरानो २४४ वटा विवादमा न्यायिक सुनुवाई गरी ५१ वटा विवाद किनारा लागेको छ ।
२) फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल: महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरे डाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको बस्तुस्थिति बुझ्ने लगायतका काम भएका छन् । पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ । दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमीलगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र उहाँहरुका समेत अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक कार्यहरु अघि बढाएका छौँ ।
३) वडास्तरीय महिला सेल गठन: पदभार ग्रहणलगत्तै मेरो चुनावी प्रतिबद्धता अनुसार हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा समस्या समाधान गर्न महानगरका सबै वडामा ‘महिला सेल गठन’ गर्ने पहिलो निर्णय गरेकी थिएँ । सोही बमोजिम सबै वडामा गठन ‘महिला सेल’ले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिला तथा बालबालिकाहरुका लागि आवश्यक सहयोग गर्नेछ ।
४) सय दिन महानगरवासी सँगसँगै: विभिन्न संघ–संस्था, समूदाय, गुठी आदिले आयोजना गरेका १ सय भन्दा बढी कार्यक्रममा सहभागी भै महानगरवासीसँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको छ जसले काठमाडौँवासीसँगसँगै रहेर यहाँका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यसैले समस्याको समाधानका लागि आवश्यक निर्देशन दिने कार्य गरिएको छ ।
५) आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार: म संयोजक रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले छोटो समयमा आर्थिक वर्ष ०७९÷८० लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार गर्ने, बजेट तथा कार्यक्रमको प्राथमिकिकरण निर्धारण गर्ने, बजेट तथा कार्यक्रमको प्रस्तावलाई विषय क्षेत्रगत रुपमा गहन छलफल तथा विश्लेषण गरी योजना तथा कार्यक्रमा दोहोरोपना नपर्ने गरी आपसी तादम्यता तथा परिपुरकता कायम गर्ने र काठमाडौँ महानगरपालिकाको वस्तुगत अवस्थाको विश्लेषण गरी आवश्यकता पहिचान गरिए वमोजिमको बजेट तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामार्फत नगरसभामा पेश गरिएको र नगरसभाबाट स्वीकृत भई हाल कार्यान्वयनमा आइसकेको अवस्था छ ।
६) मेलमिलापकर्ता छनौट प्रक्रिया: विवादको समाधान सकेसम्म मेलमिलापको माध्ययमबाट गर्न–गराउन पदवहालीकै दिन दोस्रो निर्णयका रुपमा सबै वडा र केन्द्रमा मेलमिलाप केन्द्र सञ्चालन गर्ने उदेश्यले मेलमिलापकर्ताहरुको सूचि तयार गर्न सूचना प्रकाशन भई प्राप्त आवेदनबाट ७७ जना मेलमिलापकर्ताको सूचि कार्यपालिकाको बैठकले अनुमोदन गरिसकेको छ । प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी साना–तिना विवाद वडा तहबाटै निरुपण गर्न मेलमिलाप केन्द्रहरूलाई थप प्रभावकारी बनाउने जस्ता कुरालाई पनि प्राथमिकताका साथ अघि बढाएका छौँ ।
७) मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास: मानव बेचबिखन ओसारपसार नियन्त्रण नगर स्तरीय समितिको संयोजक रहि मानव बेचबिखन ओसारपसार नियन्त्रण कार्यविधि २०७८ को नियमानुसार वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १६ र २६ गरी जम्मा १० वटा वडामा वडा समिति गठन भइसकेको छ । बाँकी वडामा पनि आवश्यक व्यवस्था गर्ने कार्यको थालनी भैसकेको छ ।
८) शिक्षा क्षेत्रमा सुधार: शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी विद्यार्थीहरुलाई प्राविधिक सीप, विद्यार्थी लकर कार्यक्रम, सुविधायुक्त शौचालय, पूर्वाधार निर्माण, डिजिटल शिक्षा, सुत्केरी विदामा बसेका महिला शिक्षकको कक्षा व्यवस्थापनको लागि सट्टा कक्षा व्यवस्थापन लगायतका कार्यक्रमहरु अघि सारिएको छ ।
९) इन्द्रजात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण: नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्वलाई अन्तर्राष्ट्रियकरण गर्दै यो पर्वको महत्वलाई विश्वसामू पनि परिचित गराउने उदेश्यले म सहितको पहलमा ईन्द्रजात्रालाई भव्य र व्यवस्थित बनाउने प्रयासहरु भएका छन् । त्यसको तयारीका लागि इन्द्रजात्रा व्यवस्थापन समितिलगायत विभिन्न गुथिहरुसँग नियमित रुपमा बैठकहरु बसी तीव्र गतिमा तयारी गर्दैैं आएका छौं ।
१०) नेपालभाषाको डिजिटल शव्दकोष निर्माण कार्य: स्थानीय भाषाको अध्ययन–अध्यापनलाई निरन्तरता दिंदै नेपालभाषाका केही डिजिटल शव्दकोष जस्ता सन्दर्भ सामग्री तयार पार्ने क्रममा रहेको छ ।
११) सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता: कार्यविधि २०७९÷०३÷१० मितिमा कार्यपालिका बैठकबाट गठन भएको योजना तथा अनुगमन समितिको संयोजक रही सम्पदा तथा पर्यटन विभाग मातहतमा रहेका सम्पदाहरुको पुनर्निर्माणका लागि छनौट भएका १० वटा योजना मध्ये १० वटाकै अनुगमन सम्पन्न भएको छ । त्योसँगै अनुगमनको कार्यलाई निरन्तरता दिइएको छ । सम्पदाको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा सकारात्मक प्रयासहरु भएका छन् । हराएका सम्पदाको खोजी गरि पुर्नस्थापना गर्ने लगायतका काम पनि यो विचमा भएका छन् ।
१२) राजश्व परामर्श समितिको गठन र कार्यान्वयन: राजश्व परामर्श समितिको गठन तदारुकताका साथ गरी आर्थिक वर्ष ०७९÷८० का लागि राजस्व सम्वन्धि नीति तर्जुमा गरिनुका साथै राजश्वका स्रोत, दायरा र दरसमेतको विश्लेषण गरी नगर कार्यपालिका मार्फत नगरसभामा पेश गरियो । आन्तरिक आयको विश्लेषण र अनुमान, कर–राजश्व, गैर कर राजश्व, सेवा शुल्क, दस्तुर आदिको दर विश्लेषण गरी राजश्व प्रशासन सुधारका लागि राजश्व ऐन २०७५ मा आवश्यक संशोधन समेतका व्यवस्था यसै समिति मार्फत नगरसभामा पेश गरी स्वीकृत भए वमोजिम कान्यान्वयनमा आइसकेको छ ।
१३) पारस्परिक र कूटनीतिक सम्बन्ध विस्तार: काठमाडौँ महानगरको दीगो विकासका लागि सहकार्यको प्रयास गर्ने हेतूले विभिन्न मुलुकका राजदूतहरुसँगसँगै युएनडीपी, आईएलओ, युनिसेफ, वल्र्ड बैँङ्क र एसियन फाउण्डेशन लगायतका प्रतिनिधिसँग छलफल गरी अनुभव आदन–प्रदान गर्ने, पारस्परिक सम्बन्ध विस्तार गर्ने कार्यको थालनी गरिएको छ ।
१४) अपाङ्गता परिचयपत्र वितरण: काठमाडौ महानगरपालिका सामाजिक सेवा विभाग अन्र्तरगत मेरो नेतृत्वमा अपाङ्गता भएका नागरिकको परिचयपत्र वितरण गर्ने कार्य भएको छ । जसमध्ये केही आवश्यक परेका व्यक्तिहरुको म स्वयँ घरघरमै गएर उक्त परिचयपत्र वितरण गरिएको छ । शारीरिक अपाङ्गता भएका, सुस्त श्रवण, वौद्धिक अपाङ्गता भएका, दृष्टिविहिन, बहिरा, अटिज्म लगायतका ५ सय ७२ नागरिकलाई अहिलेसम्म परिचयपत्र वितरण गरिएको छ ।
१५) सहरी व्यवस्थापन: महानगरपालिकाको नगरसभाबाट स्वीकृत नीति, बजेट तथा कार्यक्रम, महानगरपालिकाबाट स्वीकृत भएका कानुन, विभिन्न तहबाट भएका निर्णय समेतका आधारमा महानगर प्रमुखको नेतृत्वमा महानगरपालिकाको सवै जनप्रतिनिधिहरु र कर्मचारीहरुको समेत साथ सहयोगमा अनधिकृत संरचना हटाउने, पार्किङ व्यवस्थापनलाई प्रवद्र्धन गर्ने, बाह्य विज्ञापन सामग्रीलाई नियमन गर्ने, फुटपाथ व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक, सरकारी जग्गाहरुको संरक्षण गर्ने, हरियाली प्रवद्र्धन गर्ने र प्रदुषण घटाउने जस्ता सहरी व्यवस्थापनका कार्यहरुमा उल्लेख्य नतिजा प्राप्त भएको छ ।
थालनी गरिएका केही योजनाहरुः १) दरबार हाइस्कूल र कन्या मा.वि लाई राष्ट्रियस्तरको नमूना विद्यालयको रुपमा विकास गर्ने जस्ता कार्यक्रम पनि अघि बढाइएको छ ।
२) घरजग्गा बहालमा लिनेदिने व्यक्तिहरुका बिच हुने विवादलाई समाधान गर्न र बहाल कर असुलीलाई प्राथमिकता दिन बहाल व्यवस्था कार्यविधि तर्जूमा गर्ने गरी स्वीकृत भएपछि कार्यान्वयन गर्न राजश्व परामर्श समितिले कारवाही अघि बढाएको छ । ३) करको दायरा बृद्धि गरी बैज्ञानिक कर निर्धारण विधिलाई आत्मसाथ गर्न राजश्व परामर्श समितिबाट नगरसभाको निर्णय वमोजिम सहजिकरण भैरहेको छ ।
४) सबै मेलमिलाप केन्द्रको स्तरीकरण गरी वडा तहमै विवाद समाधान गर्नका लागि प्रयासहरु थालनी गरिएको छ । ५) सूचना प्रविधिको माध्यमबाट न्याय सम्पादनलाई छिटो, छरितो र प्रभावकारी बनाउनेतर्फ कारवाही अघि बढेको छ ।
६) न्यायिक समितिको अनुभव आदान–प्रदान गर्ने र असल तथा सफल अभ्यासहरुको अनुसरण गर्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनको आयोजना काठमाडौँ महानगरपालिकाले गर्ने भएको छ । ७) अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन प्रणालीलाई नियमित र संसगत गरी सार्वजनिक सेवालाई थप गुणस्तरीय बनाउने योजना कार्यान्वयनको चरणमा रहेको छ ।
८) गैरसरकारी संघ–संस्थाको कामकारवाहीलाई महानगरपालिकाको नीति, योजना तथा कार्यक्रमको प्राथमिकता अनुकुल बनाउनेतर्फ कारवाही अघि बढाएको छ । ९) उपभोक्ता हित, संरक्षण तथा मानवअधिकार संरक्षणका कार्यक्रमहरुलाई विशेष प्राथमिकतामा राखी नीति तथा योजना तर्जुमा गरिएको छ ।
१०) महानगरपालिकाको योजनाबद्ध र दिगो विकासका लागि यसै आर्थिक वर्ष भित्र आवधिक योजनालाई अन्तिम रुप दिई कार्यान्वयनमा ल्याउन महानगरपालिकाले आवश्यक कार्य अघि बढाइसकेको छ ।
माथि उल्लेखित कार्यहरु १ सय दिन भित्रै सम्पन गरिएका, थालनी भएका संक्षिप्त विषयहरु हुन् । यस बाहेक पनि अनगिन्ती विषयहरुमा उपप्रमुखको हैसियतले सम्पादन गर्न सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्दछ । त्यसका लागि आम महानगरवासीको चाहना, आवश्यकता र सहभागितासहित सम्पादन गर्न, गराउन हामी सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको कर्तव्य हुनेछ । आगामी दिनमा सबै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र महानगरवासीको प्रत्यक्ष वा अप्रत्यक्ष समन्वयमा कार्य हुने कुरामा विश्वस्त र प्रतिवद्ध छु ।
धन्यवाद ।