सम्बत २०२५ सालमा पश्चिम नेपालकाे बैतडी बझाङतिर बाढी पहीराेले थुप्रै धन, जन,पशु चाैपायाकाे क्ष’ति भएछ । राजा महेन्द्र बाढी’पहिराे राहत-उद्धारका काम निरी’क्षण गर्न बैतडी पुगे । सेनाकाे ब्यारेक’भित्र बास बसेका राजा एक बिहान चार बजे नै मर्निङ् वाकका लागि पिएस’ओबिना ब्यारेक बाहिर निस्किए ।
राजा एक डेढ घण्टा’पछि मर्निङ् वाकबाट फर्किएर ब्यारेक’मा पस्न खाेज्दा गेटमा बसेकाे सेक्यू’रिटी गार्डले ‘पासवर्ड’ माग्याे । राजाले जानी जानी ‘पास’वर्ड’ थाहा छैन भनेर आफू ‘राजा महेन्द्र’ भएकाे परिचय दिएर ब्यारेक’भित्र जान दिन अनु’राेध गरे ।
गार्डले ‘म राजा महेन्द्र सहेन्द्र चिन्दिन, बिना पास’वर्ड भित्र जाने अनुमति छैन’ भन्याे । गेटमा भैरहेकाे याे गलफत्ति एकजना सुबेदारले देखेछन् । सुबेदारले राजा’लाई चिनी हाले । ‘लाै बर्बा’द भयाे, सिपाहीले राजालाई राेक्याे’ भन्ने बुझेर सुबेदार कुदेर गेटमा पुगे ।
राजालाई सलाम गरेर आफुले मेजरबाट प्रबेश अनुमति ल्याउने ब्यहाेरा जाहेर गरे । मेजर’संग गएर उनले गेटमा भएकाे बिवरण जाहेर गर्ना’साथ मेजरकाे साताे गएर हस्याङ्फस्याङ् गर्दै गेटमा पुगेछन् । मेजरकाे आदेश पछि गार्डले बल्ल राजालाई भित्र जान दिएछ ।
राजा ब्यारेक’बाहिर निस्कँदा बसेकाे गार्ड बदली भएर गुरुङ्ग थरकाे सिपाही गार्ड बसेकाे रहेछ । आठ बजेतिर राजाले चिया नास्ता खाईसके पछि मेजर’सहित बिहान गेटमा बस्ने गार्ड’लाई बाेला’उन पठाए । मेजरकाे फेरि साताे गएर अब चाहिँ आफ्नै जागीर नरहने पक्का ठानेछन् ।
राजा’काे अगाडि गाेडा कमाउँदै खडा भएमा मेजर र त्याे गार्डकाे हालत चिन्ता’जनक देखेर राजा मुसुक्क गर्दै गार्डकाे नाम थर घर साेधे रे । मेजर’लाई आदेश दिंदै राजाले भनेछन् कि ‘सैनिक कानून अनुसार तिम्राे अधिकार भए तिमीले दिनु, नभए माथिल्लाे निकाय’बाट याे सिपाहीकाे बढुवा पत्र आजै मगाउनु ।’
(याे कथ्य म आफु सुरक्षा निकायमा कार्यरत रहँदा सेनाकै अधिकृतबाट प्रशंगबस सुनेकाे हाे) नेपालनाम्चाबाट