केपी ओली भ्रष्ट हुन्, भ्रष्टहरुलाई चैनसँग बस्न दिइँदैनः प्रचण्ड

Spread the love

काठमाण्डु- केपी ओली भ्रष्ट हुन्, भ्रष्टहरुलाई चैनसँग बस्न दिइँदैनः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली भ्रष्टाचारी भएको आरोप लगाएका छन् ।

ओलीले प्रधानमन्त्री हुँदा ‘म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न’ भन्ने साइनबोर्ड झुण्ड्याएर भ्रष्टाचार मात्र गरेको आरोप प्रचण्डले लगाए । ‘हामीले प्रधानमन्त्रीहरूले भन्ने गरेको सुनेका छौँ । म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, भन्ने साइनबोर्ड, टाँग्ने अनि त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक अरु केही गर्दै नगर्ने, के कारणले यो भइरहेको छ ?

यो व्यक्तिको मात्रै दोष हो कि, प्रणालीमा कतै खोट छ भन्ने कुरा सबैले विचार गर्नुपर्छ’, नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीइ महाधिवेशनलाई बिहीबार राजधानीमा सम्बोधन गर्दे उनले भने, ‘प्रणालीमा सुधार गर्न आवश्यक छ ।

यस्तो प्रणाली जसले भ्रष्टाचार गर्नेलाई ठाउँ नदिओस् । एकातिर निर्वाचन प्रणालीमा सुधारेर र शासन प्रणालीमा सुधारेर विकृति विसंगतिलाई सुधार्न सकिन्छ ।’

भ्रष्टाचार बढ्नुमा कुनै एक व्यक्तिको मात्रै दोष हो वा अहिलेको शासन प्रणालीमा कतै खोट छ भन्नेबारे विचार गर्न आवश्यक रहेको उनको भनाइ थियो । प्रचण्ड अस्थिरताको कारक हो र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्ने मानिसहरु पनि रहेको बताए ।

माओवादी रहँदासम्म, बुर्जुवा, दलाल, नोकर शाह र भ्रष्टहरुलाई चैनसँग बस्न नदिने उल्लेख गरे । एकथरीलाई माओवादी, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रणाली र सबैले अधिकार पाउनुपर्छ भन्नेकुरा मन नपरेको उनको भनाइ थियो ।