प्रचण्डको घर : बाहिरबाट हेर्दा सामान्य, भित्र छ भव्य

Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चितवनस्थित शिवनगरमा १४ कठ्ठा जग्गामा बनाइएको घरमा गृह प्रवेश गर्नुभयो । धेरैले यो घर बाहिरी आवरणबाट देख्दा जति सानो र सामान्य देखेपनि यो घर भित्रबाटै एक तले नै भएपनि निकै भव्य छ ।

यो हो –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर । भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको यो घर छिमेकीका अनुसार १ करोड रूपैयाँमा बनेको हो । बाहिरबाट हेर्दा यो घर सामान्य देखिन्छ, तर भित्र निक्कै सुविधा सम्पन्न छ ।

यहाँ हेर्नुहोस्– ठूलो पर्खाल । भित्र छिर्ने बित्तिकै दायाँपट्टी सुरक्षाकर्मी र अन्य सहयोगी बस्न मिल्ने कोठा निकालेर टिनको छाना हालेर अस्थायी संरचना बनाइएको छ । १० कठ्ठा जग्गामा बनेको यो घरका सबै कोठामा फर्निसिङ गरिएको छ । घरमा परिवार र पाहुना बस्ने छुट्टै घर बनाइएको छ ।

घरको मुल ढोकाबाट भित्र प्रवेश गर्ने वित्तिकै फलसिलिङ हालिएको सान्दार बैठक कक्ष छ । बैठक कक्षमा लचकदार सोफा, एसी र फ्यान जडान गरिएको छ भने सबै कोठामा एसी छन् । भुइँमा चिल्ला मार्बल प्रयोग गरिएको छ । सयन कक्ष र शय्या पनि उत्तिकै भव्य छ ।

घरको ५० फिट लम्बाइ ३५ फिट चौडाइ छ । घर निर्माणको जिम्मा लिएका शिवनगरका बेगबहादुर गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी यो घर बनाउनुभएको थियो । सबै जमिनलाई घेरिएको पर्खाल भने ज्यालादारी कामदार लगाएर निर्माण गरिएको थियो ।

धेरैले प्रचण्ड चितवनमा नै घर सर्नुभएको भनेपनि प्रचण्ड यही घरमा भने धेरै समय बस्नुहुन्न । काठमाडौँ केन्द्रित भएर राजनीति गर्दै आउनुभएका प्रचण्डको यो घरलाई लिएर अनेक टिकाटिप्पणी भइरहेको छ । तर, अहिले भने प्रचण्डको हतारमा गृहप्रवेशलाई चुनावमा मतदाता आकर्षित गर्ने मेलोका रूपमा चित्रण गरिएको छ ।

याे पनि ः

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने ‘१० भाइ’लाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ ।

तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी शर्मा ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै टिकट दिने रणनीति बनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र, जिल्ला, प्रदेशबाट सिफारिस भएर केन्द्रमा पुगेका ती नेताबारे ओलीले आन्तरिक छलफलमा छन् ।

आफू निकट केही नेतासँग छलफल गरिरहेका ओलीले विगतमा गरेको अनुशासन उल्लंघनको विषयमा आत्मालोचना गर्नुपर्ने बताउँदै आएका छन् ।

एमालेको आन्तरिक विवादमा माधवकुमार नेपाल समूहमा रहेका ती नेता पार्टी विभाजन हुँदा एमालेमै रहेका छन् । तर, अध्यक्ष ओलीले विगतमा आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा विरोधमा रहेकाले आत्मालोचनाबिना आगामी निर्वाचनमा टिकट नदिने अडानमा छन् ।

एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले पार्टीको नीति, निर्देशन, विधान सबैले पालना गर्नुपर्ने बताए ।

यदि कोही कसैबाट उल्लंघन भएमा त्यो अनुशासनको विषय हुने बताउँदै आत्मालोचना गर्दै आगाडि बढ्नुपर्ने कम्युनिस्ट पार्टीको संस्कार रहेको बताए ।

‘त्यस्तो त होइन, तर विगतमा कोही कसैबाट अनुशासन उल्लंघन भएको छ भने आत्मालोचना गर्दै पार्टी नीति, विधान, निर्देशन पाल्ना गर्दै आगाडि बढ्नुपर्छ । म पार्टीको विधान, नीति, निर्देशन मान्दिन भन्न पाइँदैन । हामी सबैले त्यो पालना गर्नुपर्छ’ थापाले भने ।

एमाले उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, पूर्वउपाध्यक्ष भीम रावलसहितका नेता विगतमा माधव नेपाल समूहमा भए पनि अहिले एमालेमै छन् । राजधानी दैनिकबाट