सन्दीपविरुद्ध राज्य नै लाग्यो: वकिल घिमिरे

Spread the love

नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएको छ ।बिहीबार कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई नियन्त्रणका लिन ठूलो संख्यामा प्रहरी तैनाथ थिए ।सन्दीपले नै सामाजिक सञ्जालमार्फत आज बिहान नेपाल आइपुग्ने र आत्मसमर्पण गरेर कानुनी लडाइँ लड्ने बताएका थिए । तर, प्रहरीले सन्दीपले कुरा सुनेनन् ।

सन्दीपका वकिलले पनि प्रहरीले सन्दीपको मागलाई अस्वीकार गरेको बताएका छन् । बिहीबार पत्रकारहरुसँग सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले आफ्नो उपस्थितिमा आत्मसमर्पण गर्न क्रिकेटर सन्दीप लामिछानेले गरेको मागलाई प्रहरीले अस्वीकार गरेको बताएका हुन् ।

नाबालिगमाथि बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न प्ररहीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि उनी बहीबार कतार एयरवेजको विमानबाट काठमाडौं आएका हुन् । उननले वकिल घिमिरेको उपस्थितिमा आत्मसमर्पण गर्ने भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।

अधिवक्ता घिमिरे बिहीबार बिहान प्रहरी वृत्त, गौशाला पुगेका थिए । तर, उनी त्यहाँ पुग्दा प्रहरी विमानस्थलमा पुगिसकेको बताए । उनले भने, ‘गौशालामा आएपछि भेटौं भनेर बसें । उहाँहरुले लिएर आउनुभयो । भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो ।’विमानस्थलबाट नियन्त्रणमा लिएलगत्तै प्रहरीले सन्दीपलाई मेडिकल जाँचका लागि केएमसी अस्पताल लगिएको थियो । त्यहाँबाट सन्दीपलाई गौशाला लगिएको छ ।

अधिवक्ता घिमिरेका अनुसार सन्दीपले निरन्तर आफू निर्दोष रहेको र प्रहरीको अनुसन्धानमा सहयोग गर्ने बताउँदै आएका छन् । तर, जाहेरी पर्दा प्रहरीले गोपनीयता कायम नगरेको, सञ्चार माध्यममा एकपक्षीय कुरा मात्र आएको घिमिरेको भनाइ छ ।

उनले भने, ‘प्रहरीले एकपक्षीय रुपमा मात्र लिएको छ । त्यसैले सन्दीपले सिंगो राज्य आफ्नोविरुद्ध लागेको महसुस गरेका छन् ।’ उनले राज्य नै आफूविरुद्ध लाग्दा सन्दीप मानसिक तनावमा रहेको समेत बताए । यसअघि सन्दीपले पनि आफू मानसिक तनावमा रहेको बताएका थिए ।

याे पनि ः

बाराका शिशिर बिक हेटौंडामा रहेकी ठुलोममीको घरमा टीका लगाउन आएका थिए । दशैंको टिका लगाएपछि घर फर्कन हेटौंडा बसपार्क पुगे । नारायणगढबाट पथलैयातर्फ एउटा बस भेटियो, तर ठेलाठेल हुने भीड ।

बुवा सुरेश बिकले ‘दशैंमा यस्तै हो, चढौं भनेपछि शिशिर बाबुछोरा ठेमलठेल यात्रु रहेको बस चढेर मधेश प्रदेशतिर हुँईकिँदै थिए । ड्राईभर छेउकै स्थान (बर्नर)मा बसेर यात्रा गरिरहेका शिशिरका बुबा सुरेश पनि स्वयं सवारी चालक हुन् । चुरिया मन्दीरबाट तल गएपछि उनले आफू चढेको बसमा ब्रेक नै नलागेको थाहा पाए, चालकलाई बस जंगलतिर मोड्न आग्रह गरे ।

हेटौंडा अस्पतालमा उपचाररत ११ वर्षीय शिशिरले अनलाइनखबरसँग भने, ‘बुबाले जंगलमा गाडी हाल्दे, ब्रेक छैन भनिरहनु भएको थियो तर ड्राइभरले हर्न बजाउँदै अगाडि लगिरहे ।जब ३ नम्बर पुल नजिकको मोडमा गाडी झार्ने जस्तो भयो, चालक हाम्फाले । यात्रुले भरिएको बस चाहिँ सडकबाट झण्डै १५/२० मिटर तल नदी किनारमा बजारियो ।

बसमा सवार हेटौंडा ७ नागस्वतीकी १३ वर्षीया सोनिया श्रेष्ठका अनुसार चुरियाको ओरालो कटेपछि गाडीको गति तीव्र भएको थियो । हेटौंडा अस्पतालमा उपचाररत श्रेष्ठले भनिन्, ‘ममी, म र दिदी लास्ट सिटमा बसेका थियौं । गाडीको स्पिड बढेपछि अगाडीबाट ब्रेक फेल भयो भन्दै हल्ला हुनथाल्यो ।’

‘गाडी एकछिन एकदम स्पीड कुदेर खस्यो, त्यसपछि केही याद नै भएन । ब्यूँझँदा अर्को बसमा राखेर मलाई हस्पिटल ल्याइरहेका रहेछन् । ममी र दिदीको खबर थाहा छैन ।’
दुर्घटनामा घाइते भएका शिशिरले आफूलाई समाइरहेका बेहोस बुबा र बसको सबै यात्रु क्षतविक्षत भएको देखे, आफ्नी आमा निशा विकलाई फोन लगाए ।

अस्पतालमा उपचाररत शिशर भन्छन्, भने, ‘म ब्युँझँदा बेहोस बुवाले मलाई समाइरहनुभएको रहेछ ।’ केहीबेरमा उद्दार सुरु भयो । प्रहरी र स्थानीयले दुर्घटनामा घाइतेहरुलाई हेटौंडा, चुरिया र सहकारी अस्पतालमा लगिएको थियो ।शिशिर र उनका बुबा सुरेशलाई हेटौंडा अस्पताल पुर्‍याइएको थियो । तर अस्पताल पुग्दा सरेशको मृत्यु भइसकेको थियो । बाबु गुमाएका शिशिर उपचाररत छन् ।

ब्रेक नलागेर खसेको देखिन्छ : ट्राफिक प्रहरी
विहीबार बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो ।ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक (एसपी) नामपीराज गुरुङका अनुसार नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनाको कारण प्रारम्भिक अनुसन्धानले ब्रेक फेल नै देखिएको छ ।

‘दुर्घटना भएको स्थानमा गाडीले ब्रेक हानेको देखिँदैन, त्यसकारण पनि ब्रेक फेल हो भन्ने अनुमान गरेका छौैं,’ गुरुङले भने, ‘सिट क्षमताभन्दा बढी यात्रु राखेको देखिन्छ ।’ गुरुङका अनुसार दुर्घटना भएको ४० सिटे बसमा ४९ जना सवार थिए, तीमध्ये १६ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

अहिलेसम्म हेटौंडा अस्पतालमा १२ जना, चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा २ जना र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि चितवनका अस्पतालहरूमा रिफर गरिएको छ भने केही घाइतेको हेटौंडाकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

‘एम्बुलेन्स अभाव’ले तनाव:बागमती प्रदेश राजधानी हेटौंडा नजिकै दुर्घटना भएपनि एम्बुलेन्स पाउन मुस्किल भएको उद्धारकर्ताहरू बताउँछन् ।अस्पतालमा रहनुपर्ने एम्बुलेन्सहरू समयमै नभेट्दा केही घाइतेलाई बसमा हालेर ल्याउन परेको उद्धारकर्ताहरूले बताए । हेटौंडाबाट रिफर हुने एम्बुलेन्स नभएपछि एउटै एम्बुलेन्समा ३ जना घाइते राखेर समेत लैजान परेको हेटौंडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

भन्छन्, ‘गाउँको स्वास्थ्य चौकी गएका एम्बुलेन्स बाटो अवरुद्ध भएर रोकिँदा उतै छन् । कोही चितवनतिर छन् । कोही दशैंमा घर पनि गएका होलान्, त्यही भएर समस्या देखियो ।’ मनहरी गाउँपालिका र नेपाली सेनाको एम्बुलेन्स बोलाएर घाइतेलाई अन्य अस्पतालमा पठाइएको चौलागाईंले जानकारी दिए ।