म ५००० मिटर माथीबाट हेलिकप्टरबाट खसें दुर्घटना भयो तर बाचे – केपी ओली

Spread the love

काठमाडौं- नेपाली राजनीतिमा केपी शर्मा ओली निकै चर्चाको शिखरमा रहेको नाम हो । पटकपटक प्रधानमन्त्री समेत बनेका ओली बेलाबेला हास्यव्यङ्ग गर्ने नेताको रुपमा पनि चिनिन्छन् ।

केही समय अघि उनले बोलेका शब्दमा उनी आलोचित हुनु परेको छ । यतिबेला सामाजिक संजालमा उनी ट्रोल हुन पुगेका छन् । उनले अन्तरवार्ता दिँदै भनेका छन् कि, “मैले पटक पटक धेरै नजिकैबाट मृत्युलाई देखेको छु। मेरो कानको छेउबाट सुइँक…सुइँक गर्दै गोलिहरु गको सुनेको छु। म ५००० मिटर माथीबाट हेलिकप्टरबाट खसें दुर्घटना भयो। त्यो खस्दै गर्दाको क्षण पनि अनुभव गर्या छु। म चडेको गाडी पल्ट्यो कान्लाबाट, पल्टेर तल्लो कान्लामा झर्दाखेरीको अनुभव पनि गर्या छु। अझ धेरै कान्ला झरेको भए त अनुभव गर्नै पर्ने थिएन तर त्यो अनुभव गर्या छु एक कान्ला पल्टिएर। मोटरसाइकल दुर्घटनामा २-४ पल्ट मोटरसाइकलबाट खस्या छु। र म खोलो तर्न खोज्दाखेरी लगभग १५-२० किलोमिटर बगेर मात्र पार गर्न सक्या छु।”

यो पनि :-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेस भित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए।

उनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोटमा सही मूल्यांकन र सही समीक्षा हुन नसके नेपालको राजनीतिले स्थिरता कायम गर्न नसक्ने बताए। नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा स्थापित भइरहेको उल्लेख गर्दै देशलाई बचाउन नेपाली कांग्रेस एक हुनुको विकल्प नरहेको स्पष्ट पारे।

‘गठबन्धनको अन्तिम टुंगो सायद हुँदैछ। गठबन्धनसँगै पार्टीभित्र रहेका विविध पक्षलाई संगठित र सहमतिपूर्ण निस्कर्ष निकाल्नुपर्ने सबैभन्दा महत्वपूर्ण दायित्व हो। गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले गम्भीर अवस्था सिर्जना हुन्छ।’

उनले भने, ‘अहिले पार्टी मात्रै होइन, लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण छ। अन्तर्राष्ट्रिय द्वन्द्वको अखडाको रूपमा गइरहेको छ भने अर्कोतिर छिमेकीहरूको द्वन्द्व पनि त्यत्तिकै चिन्ताको विषय छ। यसलाई बचाउन सक्ने तागत भएको पार्टी नेपाली काँग्रेस नै हो।’

समानुपातिक तर्फको उम्मेदवार सिफारिसमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै नेता खेमराज केसीले आपत्ति जनाए। अझैपनि सूची संशोधन गरी समान रूपमा टिकट वितरण गर्नसके कांग्रेसले आगामी निर्वाचनबाट दुई तिहाईको सरकार बनाउन सम्भव नभएको उनले जिकिर गरे।

सिद्धान्तबाट विचलित कांग्रेसले केन्द्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई गाली गर्ने तर आफ्नै पार्टीमा भने समावेशी टिकट वितरण गर्न नसकेको नेता धर्म परियारले बताए।

कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित हुँदै गइरहेको भन्दै अझैपनि नेकपा एमालेलाई हराउने तागत गठबन्धनमा नरहेको जिकिर गरे। उनले टिकट वितरण समानुपातिक नभए र नेताहरू नसच्चिए आगामी निर्वाचनमा कांग्रेसले धेरै सिट जित्न नसक्ने उनले दाबी गरे।

‘अहिले शेरबहादुर देउवाज्यूको प्यानलमा विश्वकर्मा मात्रै आएको अवस्था छ। दुई जना पुरूष, दुई जना महिला विश्वकर्मा मात्रै रहँदा, दलितभित्र पनि समावेशी नहुँदा अहिले प्रधानमन्त्रीको क्वार्टरमा र सानेपामा छलफल चल्दा हामी जस्ताको आवाज त्यहाँ पुगेको छैन, पार्टी बिग्रिरहेको छ, भत्किएको छ’ उनले भने, ‘ओलीले प्रधानमन्त्री हुँदा संसद विघटन गर्नुभयो, कांग्रेस गठबन्धनको सरकार चाहियो भनेर भन्नुहुन्छ। तर केन्द्रको नीति, निर्देशन हेर्दा समानुपातिकको सिफारिस गठबन्धन हराउने षड्यन्त्र हुनुहुन्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरूलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै उनले राजाको विरोध गर्नेहरू नै आज पार्टीका राजा बनेको आरोप लगाए।

सम्मानजनक टिकट वितरण नभए आगामी निर्वाचनमा नेपाली कांग्रेस २५ सिटमा खुम्चनसक्ने बताए। उनले केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर कुर्सी र सत्ताका लागि मात्रै गठबन्धन गरिरहने र पार्टीलाई मिलाउन नसक्ने हो भने विरोधको विकल्प नभएको बताए।

‘केन्द्रमा ओलीलाई गाली गर्ने तर जिल्ला जिल्लामा गएर नेकपा एमालेलाई हराउन सक्ने तागत छ जस्तो लाग्दैन। हामीले सच्चिनुपर्छ। टिकट दिँदा समानुपातिक हुनुपर्छ। प्रधानमन्त्रीले आफ्नो पत्नीलाई समानुपातिकमा राख्ने, गृहमन्त्रीले आफ्नो पत्नीलाई राख्ने, उहाँहरूको त्याग, मेहनत होला तर यसले राम्रो सन्देश दिँदैन।’

उनले भने, ‘राजाको बिरोध गरिरहँदा कांग्रेस भित्रै राजा त भएका होइनन्? नेपाली काँग्रेस २५ सिटमा सिमित हुने त होइन, त्यसकारण नेता सच्चिनुपर्छ। केन्द्रको शक्तिको आडमा धनको प्रलोभन देखाएर त्यस्तो नियतका साथ उहाँहरू कुर्सीमा बस्नुहुन्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ।’